Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

हिमपातको कारण चौँरीगाई बेंसीतिर

रसुवा। रातभरको भारी वर्षाका कारण आज यहाँको उत्तरी क्षेत्रमा हिमपात भएको छ । रातभर पानी परेको र समुद्री सतहदेखि करीब दुई हजार १०० मिटरसम्म हिमपात हुँदा उत्तरी रसुवाको जनजीवन प्रभावित भएको छ । उत्तरी क्षेत्रका लाङटाङ, चन्दनबारी, गतलाङ, थुमनको नाकथली, यार्साको माथिल्लो भेकलगायत क्षेत्रको जनजीवन बढी कष्टकर भएको छ । जाडोको जोखिमबाट सुरक्षित राख्न स्थानीय तहमार्फत आफूले समन्वय गरिरहेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए । अहिले सदरमुकाम धुञ्चेको तापक्रम भने माइनस २ डिग्री सेल्सियस छ । हिमपातले पशुको चरण क्षेत्रसमेत प्रभावित बन्दै गएकाले माथिल्लो भेकमा रहेका करीब ५०० चौँरीगाई तल्लो क्षेत्रको बेंसीतर्फ सारिसकिएको चौँरीपालक अगुवा कृषक सोनामनुर्पु घलेले जानकारी दिए । हिमपातको चिसोबाट सुरक्षित रहन न्यानो लुगा लगाउन, तातोपानी र तातो तातो खाना खान तथा हिँडडुल गर्दा लठ्ठी प्रयोग गर्न रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले सुझाव दिए । हिमपातको चिसोबाट जोगिन विपन्न बर्गको छनोट गरी उत्तरी क्षेत्रको गतलाङ, चिलिमे र लाङटाङ क्षेत्रका केही बासिन्दालाई गत हप्ता नै कम्बल वितरण गरिएको छ । हिमपातका समयमा स्थानीय नागरिकलाई पर्न सक्ने असर न्यूनीकरण गर्न आफूहरू तयार रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । हिमपातका कारण कुनै गाउँबस्तीका बासिन्दा स्थानान्तरण गर्नु परेमा नजीकको प्रहरी चौकी वा विपद् व्यवस्थापन समितिलाई तुरून्त खबर गरिदिन स्थानीयवासीलाई आग्रह गरिएको प्रजिअ पौडेलले बताए । यस्तै गए रातिदेखि विद्युत् सेवासमेत अवरूद्व हुँदा विद्युत्को सहायताले हुने सबै काम प्रभावित भएको यहाँका सरकारी अधिकारीले बताएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies