Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

'कालो अर्थात अध्यारो अर्थात रात'

म त्यो समय सम्झिरहेछु, जतिखेर म ममबत्तीद्वारा चुरोट सल्काउथे ! र यो समय, यो आजको समय ! यो अहिलेको समय ! यतिखेरको समय... यतिखेर पनि म सोही कर्म गरिरहेछु ! यसो गर्नु उ: बेला बाध्यता थियो ! यो शहर लोडसेडिङ मुक्त भएको त्यस्तै २/३ वर्ष न भयो ! र, यतिखेर यो टोलमा बत्ती छैन ! बत्ती नहुनुको पछाडी विभिन्न कारणहरु होलान् - त्यो प्राबिधिक समस्या भयो ! सम्बन्धित मान्छेहरुले सुल्टाउलान यसलाई ! र, हुनसक्छ बत्ती भर्खरै आइदिन सक्छ ! या यो पनि त हुनसक्छ आज रातभर बत्ती नआइदिन पनि सक्छ ! भोलि पनि नआइदिन सक्छ ! अब कहिल्यै नआइदिन पनि सक्छ । ममबत्ती सल्किदै छ ! रात अध्यारिदै छ ! बाहिर बत्ती आएन भन्ने खालका गुनासोहरु बोलिरहेछन् ! हल्लाहरु कराईरहेछन् ! बत्ती आइदिए मात्रै पनि यिनीहरु चुप लाग्थे कि !(मलाई यी आवाजहरु मनपरिरहेको छैन !) टोलका कुकुरहरुलाई यति चाढै( रातको ८:३८ मै), यस्तो अध्यारिँदो वातावरण मन नपरेको हुदो हो ! आकाशको जुन आकाशमा पनि देखिएको छैन ! धारावाहिक देखीईरहने/भुकिरहने यी कुकुरहरुको आवाज बेग्लै लागिरहेको छ ! हुँदो हो - यो मलाई मात्रै लागिरहेको हुँदो हो । झ्याल खोल्छु ! पर्दा मेरो टाउको पछाडि पर्छ ! सायद ढाड तिर ! बाहिर हेर्दा देखिन्छ- बस् चकमन्नता ! सुनसान ! अँध्यारो ! शुन्यताले निमोठेको छ यो टोललाई ! कुनै बूढी बोक्सीजस्तै डरमर्दो देखिएको छ - रात ! जो हिजोको साझ देखिएको थिएन ! अस्तिको साझ पनि ! र, सायद भोलि पनि नदेखिदो हो ! हुँदो हो यस्तो आज मात्रै मैले देखेँ ! एक युगमा एक दिन एकचोटि आउँछ (गोपालप्रसाद रिमाल) ! एक युगमा एक रात एकचोटि आउँछ (म) ! कुकुरहरु भुकिरहेछन् ! चित्कारको चित्रण गर्छु म - यी भुकाइहरुमा ! एउटा अनौठो आवाज- यो रातको आवाज हो, आइरहेछ ! गैरहेछ ! भ्वाउँ भ्वाउँ....! कहिलेकाही रात कुकुर झै भुक्छ ! कहिलेकाही कुकुर रात झै भुक्छ ! हुँदो हो - यस्तो नहुँदो हो पनि ! भर्खरै एउटा बाइक कुद्यो ! अँध्यारो चिर्न हेडलाइट बालिएको रहेछ ! भर्खरै पल्लो कोठा उज्यालियो ! अँध्यारो हटाउन ममबत्ती सल्काइएको रहेछ ! भर्खरै एउटा मान्छे मोबाइल समाउदै पर मोडमा पुग्यो ! अँध्यारो पन्छाउन फ्ल्यासलाइट बालीएको रहेछ। म अच्चमित भैरहेको छु ! अँध्यारो चिर्न मान्छे किन उज्यालो बाल्छ ? उज्यालो बन्छ ? अलि अघि(साँझ) रुम आउदै गर्दा सडकका सब मोटरहरु हेडलाइट निभाएर कुदिरहेका थिए ! म हैरान भएँ ! र, भईन पनि ! र, फेरि यतिखेर रात छ, अँध्यारो छ ! मोटरहरु हेडलाइट बालेर दौडिरहेका छन् ! म हैरान भईन ! र, भएँ पनि ! मान्छे किन यत्ती उपद्रो गर्छ ? मान्छे प्रकृतिको विपक्षी बन्न किन रुचाउँछ ? उज्यालो भएपनी हेडलाइट बाल्दा हुन्छ ! अँध्यारो हुँदा हेडलाइट निभाउदा पनि हुन्छ ! यो त हामी मान्छेको आदत कम स्वभाव बेसि हो - हामिलाई प्रकृतिसँग लड्न मन पर्छ ! पौठेजोरी खेल्न मन लागिरहन्छ ! नदि बगेको मनपर्दैन- बाँध लगाईदिन्छौ ! नदि रोकिएको मनपर्दैन - बाढी बनाएर बगाईदिन्छौं! चरा उडेको मनपर्दैन - पिंजडा बनाइदिन्छौं(सिङ्गो आकाशलाई पनि) ! रुखविरुवा हुर्केको मनपर्दैन - काटीदिन्छौं ! झरना खसेको मनपर्दैन - थुनिदिन्छौं ! ताल बनेको मनपर्दैन- झारीदिन्छौं ! फुल फुलेको मनपर्दैन- चुडीदिन्छौं ! हामि मान्छे- जन्मसिद्द प्रकृतिको दुश्मन हौँ ! ! र, मृत्युपर्यन्त पनि दुश्मनी मोलिरहन्छौँ ! ओह.. लौ ! भर्खर अर्को मान्छे बेस्मारी उता दगुर्यो ! हुनसक्छ अध्यारोद्वारा लखेटियो ऊ ! आह... ला ! भर्खर फेरी अर्को मान्छे बेस्मारी यता दगुर्यो ! हुनसक्छ उद्वारा अँध्यारो लखेटियो ! झ्याल देखि ठ्याक्कै देखिन्छ- किराना पसल ! टोलभरिका मान्छे जम्मा भएछन् क्यार ! अस्पस्ट आवाजहरु आइरहेका छन् ! एउटा स्पस्ट तर रुखो आवाज आउँछ, \'ह्याँ यो रात कति अध्यारो भाको ?\', म खिस्स हासिदिन्छु ! फेरी अर्को तोते आवाज आउँछ, \'ममि रात किन कालो भएको ?\'(तोते आवाज कान हुँदै हृदयसम्म ठोकिन्छ ! झंकृत हुन्छु !) \'रात कालो छ किनभने रात तिम्रो ममिले झैं फेयर एण्ड लभली लगाउदैन !\'( दम्पतिको आपसी मुक्का प्रहार ! वरपरकाहरुको गलल हाँसो !) मलाई दिक्क लाग्छ ! झ्याल बन्द गरिदिन्छु ! पर्दा तानीदिन खोज्छु ! तर तान्दीन ! अध्यारो आफैंमा पर्दा हो ! तर मोबाइल फ्ल्यासलाइटको चामकचुमुक आइरहन्छ- अन्तत: पर्दा तानीदिन्छु ! पर्दा आफैमा अध्यारो पनि हो ! रात अध्यारो हुनुमा, अँध्यारो कालो हुनुमा र उज्यालो सेतो हुनुमा सौन्दर्यपुजकहरुको/ रङ प्रेमीहरुको टाउको दुखाइ वर्षौ देखिको हो ! म यस्ता कुरामा टाउको दुखाउदीन ! तर कालो रङ कवितात्मक रङ हो भन्नेहरुको भिडमा म आफूलाई पनि घचेट्न रुचाउँछु ! कारण तेति बिघ्न केही पनि होइन ! अँध्यारो छ , यसैले त उज्यालो छ ! अँध्यारो नहुँदो हो त माथि उल्लेखित ती कर्महरु सिद्द हुन सक्ने नै थिएन् ! उज्यालोको अस्तित्व अध्यारो हुनुमा नै छ ! उज्यालोको अस्तित्व अँध्यारो हुनु नै हो ! (र भाइस भर्सा पनि !) म ममबत्ति निभाईदिन्छु ! व्याप्त अध्यारो छाउँछ- मृत्यु जस्तै ! हलुका उज्यालो सायद ममा हुँदो हो - म आफ्नो कोठाको चिजवस्तुहरु ठम्माउन सकिरहेछु ! अँध्यारो - सब्बै चिज/बस्तु र हरेक अनुहारलाई आफ्नै अनुहारमा ढाल्न सक्छ ! त्यो कुनाको रातो डस्ट्बिन पनि यतिखेर रात जस्तै अँध्यारो देखिएको छ ! त्यो ह्याङरमा झुण्डीरहेको पहेलो मफलर पनि यतिखेर रातकै अनुहारको छ ! ढोका देखि मसम्म आइपुगेको मल्टिप्लकको सेतो तार पनि कालो रङमा ढलेको छ ! रात मायावी छ ! आमाको माया जस्तै ! आफैमा निर्लिप्त गराउने तागत राख्दछ ! एउटा न्यानो अनुभूत - जीवन जस्तै ! ममबत्ती फेरी बाल्छु ! पग्लीरहेको ममबत्तिमा चुरोट झोस्छु !...चुरोट पीईसक्छु ! ममबत्ति फेरी निभाईदिन्छु ! बाहिर कोलाहल अलिक मत्थर हुँदै गएको छ ! कुकुर भुकाइ अझ बढीरहेछ ! एक रात बत्ति नआइदिदा यी कुकुरहरुको यत्रो कर्कशता ! मलाई हामि मान्छेप्रति कुकुरहरुको सरासर व्यंग झैँ लाग्दछ यो ! मलाई थाहा छ - यी कुकुरहरुलाई मान्छे भुकेको मनपर्दैन् ! र, हामि मान्छेहरुलाई ? म प्रायः निदाउनु अघि हर रात कुकुर भुकाइको आवाज नै सुन्ने गर्दछु ! ममबत्ति फेरी बाल्छु ! ममबत्ति बालेर रात हेर्ने धोकोले ! तर यो सम्भव भैदिएन् ! रात हेर्न सकिदैन ! रात जम्मामा महशुश हो ! र, दिन ? दिन जम्मामा एक अवलोकन ! एक दृस्टी ! बस् यत्ति ! यसकारण पनि मलाइ रात काव्यात्मक लाग्छ - यो झन्झटिलो छैन/अप्ठ्यारो छैन/अटेरी छैन ! ममबत्ती निभाइदिएँ, भर्खरै अँध्यारो भैदिन्छ ! ममबत्ती बालें- यी, भर्खरै उज्याल्यो भैदियो ! ममबत्ती निभाएर भोलि बिहान म यो कोठा अँध्यारो बनाउन कहाँ सक्छु र ? दिन सार्हो अटेरी छ ! बेसि अपजसिलो छ ! उज्यालो - कुनै हठी राजा जस्तो छ ! तानाशाह जस्तो छ ! अहमले पुलकित छ ! स्वभावतः घमण्डी ! *** रातको ब्राह बज्न ब्राह मिनेट नै बाँकी छ ! ति तमाम हल्लाहरु चुपचाप लागिसकें(कुकुरका भुकाइ छाडेर ) ! उज्यालो लेस मात्रै पनि छैन् ! झ्याल हुँदै पसीरहेका चिसो बतासलाई मेरो न्यानो जीउमा बहेलिन दिन्छु ! बास खोज्दै आएका - बरा चिसा बतासहरु ! ओत खोज्दै आएका ! न्यानो हुन आएका !... केहि बेर त्यसै उभीइरहन्छु ! आकाशमा कतै बाट खुडे जुन टुपुल्किन्छ ! मलाई चिच्चाउन मन लाग्छ ! ए उठ्यो शहरबासिहरु - तिमारुको इच्छा थोरै भएपनि पुरा भयो ! तर यी शहरवासीहरु अन्तिम घुट्को जाँड धोकेर घुरीसकेका छन् ! मेरो चिच्चाहट व्यर्थ सावित होइदिन्छ ! म पर्दा जम्मै उघार्छु ! चिसो हावा जस्तै गरि मन्द उज्यालो पनि कोठा भित्र छिर्छ ! म आफूलाई व्यर्थ पाउँछु ! ति तमाम सोचहरु व्यर्थ होइदिन्छन् ! थोरै उज्यालो पनि प्रयाप्त पाउँछु- यतो व्यापक अध्यारो चिर्न ! मलाई आफ्नो निर्माणाधीन मानसिक सन्तुलन र सोचका पर्खालहरु लडाउन मन लाग्दैन् ! म पर्दा जम्मै तानीदिन्छु ! झ्याल ड्यामडुम लगाईदिन्छु ! सुरुको अवस्थामा फर्कन मलाई समय लाग्छ ! बलिरहेको ममबत्तीमा मेरो ओठ झोस्छु ! लामो धुवाँ ! फोक्सो न्यानो हुन्छ ! मन पुलकित हुन्छ ! र फेरी चुरोटको ठुटो बलिरहेको ममबत्तीमा झोसीदिन्छु ! आनन्द लाग्छ ! अध्यारोमा हराउंछु ! आफूलाई हेर्न खोज्दिन ! बस् आखा ट्वाल पारेर बसीरहन्छु ! आह...यो अन्धाकारमय सौन्दर्यता ! यो रहस्यमय माहोल ! यो सुगन्धित स्वतन्त्रा ! यो मातलाग्दो आत्मियता ! *** रातको दुइ बजेर सात मिनेट गएछ ! मलाई पिसाब लाग्छ ! तातो पिसाब चिसो मार्वलमा हुत्ताएर ब्ल्यांकेट भित्र लुकाउँछु- आफूलाई ! लाग्छ- यो प्राणहिन ब्ल्यांकेट मेरै प्रतीक्षामा थियो ! बल्ल यो प्राणयुक्त भएको छ ! हुँदो हो यो मेरो बहुलठ्ठी सोचाइ हुदो हो ! अध्यारोमा अंकुरित सोचाइहरु यस्तै हुँदा हुन् ! बहुलठ्ठी किसिमका ! बतास झ्याल सुमसुम्साउदै फर्किरहेछन् ! र, यी बतासले बोकी ल्याएका मिठा आवाज मलाई गुनगुनाइरहेछन्, मलाई यस्तै लाग्छ ! अनि यो एकान्त ! म ढुक्कले सास निलीदिन्छु अनि फ्यालीदिन्छु ! अर्कै मादकत्व छ यहाँ ! बेग्लै स्वाद छ - यी हावामा ! यी हावाहरु यति स्वादिस्ट मलाई प्रथमपटक लागेको हो ! सायद यो कुनै प्राचिन युगको एक उर्वर समयको झल्को हुँदो हो ! रात अझ ध्वासें हुँदै छ ! आफ्नो सुन्दरताको चरम अवस्थामा पुग्दै छ - रात ! आफ्नो सौन्दर्यको अत्तर छर्कीरहेछ ! अरे अरे ! समयको यो प्राणविहिन अवस्था ! उफ्फ़... मेरो छाति भुक्क फुल्छ ! चरम आनन्दले ! परम सुखले ! आत्मसन्तुष्टिको त्यो अवस्था जहाँ - हामि आफूलाई नै बिर्सन्छौ ! कल्पनाको उडान ! युटोपियाको निर्वास ! आह...यो रात यति प्रिय किन भैरहेछ ? यो गाढा अध्यारो यति आत्मीय किन बनिरहेछ ? यो काले/ध्वासें रात किन मसँग टासीईरहेछ ? म ओठ तन्काइदिन्छु ! चुमिदिन्छु ! यो रातलाई ! एउटा लामो चुम्बन ! उफ्फ... रातको यो डरलाग्दो प्रेमिल आलिंगन ! स्व: बोधको एउटा स्थिति ! उफ्फ़...मेरो हृदय फेरि भुक्क फुल्छ ! *** बिहानको साढे चार बजे ! यो आकर्षण ! यो मोह ! यो अकल्पनीय सुख ! मन र मस्तिष्क मानौं एकै हुन्छ ! एउटै हुन्छ ! यो रात ! यो अध्यारो ! अनि यो सुन्दरता ! म कताकता डराउछु पनि ! \'ज्यादा खुसि र ज्यादा पीडाबोध आत्महत्याको प्रमुख लक्षण हुन् !\' मलाई कुनै अखबारी पृष्ठको एउटा कुनो झल्यास्स याद आउँछ ! म हुत्त्त हुत्तिन्छु ! डोरी चुडेको चंगा झैँ ! र ठोकिन्छु- बादलहरुसंग ! र लफ्रक्क भिज्छु ! मलाई अब फेरी पृथ्वीमा ओर्लन मन छैन ! अँह मलाई समयको यो नमिठो झापड कदापि स्वीकार्य छैन ! त्यै समय अचानक कोठाबाट अध्यारो भाग्छ ! मन चिसो हुन्छ ! जिउ तातो ! दिमाग मानौ बसालेको चिया हो- उम्लिरहेछ ! एक्कासि कोठा उज्यालो हुन्छ ! मलाई भाउन्न छुटेर आउँछ ! थुचुक्क बस्छु ! मलाई स्वीकार्य छैन उज्यालो ! अहँ मलाई बिल्कुल स्वीकार्य छैन यो उज्यालो ! आखाँ चिम्लिन्छु ! आफूलाई त्यो कल्पनाको दुनियाँदेखि ओराल्न हम्मेहम्मे पर्छ ! आँखा बिस्तारै खोल्छु ! कोठामा अध्यारो लेस मात्रै पनि छैन ! पुन: आँखा चिम्लनछु ! पुन: आँखा उघार्छु ! \'तैट ! बत्ति पो आएछ\' - होस् सम्हालेपछी मनमनै म यत्ति बोल्छु ! मलाई मेरो कोठाको सिलिंगको रङ मनपर्दैन ! त्यो पहेलो मफलर पहेलो नै रहिरहेको मनपर्दैन ! त्यो रातो डस्टबिन रातो रहिरहेको मनपर्दैन ! मलाई किताबका कभरको रंग मनपर्दैन ! किताबका सेता पानाहरु मनपर्दैन ! पर्दाको फिक्का पहेलो रंग देखि दिक्क लाग्छ ! पेंटिंगका पहेला र हरिया रंग सँग घृणा पलाउँछ ! टेबुल र बेन्चका खैरा रंगहरु देखेर उदेक लागेर आउँछ ! मलाई आफ्नै छालाको रंग मनपर्दैन ! आफैले लगाईरहेको हरियो जकेट र निलो पाइन्ट खोलेर फ्याल्न मनलाग्छ ! जुरुक्क उठेर बत्ति निभाउछु ! कोठामा कतैबाट मधुरो प्रकाश छिरेको भान हुन्छ ! कालो रंग एक्कासि लुप्त भयो ! रात बिस्तारै हराउँदै गैइरहेछ ! र, हरेक चिजवस्तुहरु आफ्नो अनुहारमा क्रमश: देखिदै आइरहेका छन् ! कन्चटनेर तातो महसुस गर्छु ! निधार चिटचिट गर्छ ! म कोठामा आफूलाई बिल्कुल एक्लो र श्रापित पाउँछु ! ल्यापटपको कालो रंगको किबोर्ड बाहेक मलाई केहि मनपर्दैन ! मोबाइल स्वत: चार्ज भैरहेको हुन्छ ! पहेलो रंग फ्रन्ट क्यामरानेर टिमिकटिमिक गरिरहेको हुन्छ ! चार्जिंग प्लगबाट थुतिदिन्छु !...बल्लतल मोबाइलको कालो स्क्रिनसँग मेरो प्रेम हुन्छ ! ममबत्ति पग्लिएर वैदिक संस्कृति(प्रा.शिवगोपाल रिसाल)को कभर पेज खराब भएछ ! नजिकैको चुरोटको बट्टा उठाउँछु ! रित्तो बट्टा पल्लो कुना तिर बताईदिन्छु ! उठेर चिया उमाल्छु ! बिहानको पाँच बजेर तेह्र मिनेट गएको छ ! मोजा छेडेर छिरेको भुइँको चिसोले दिमाग अझ अशान्त बनाउँछ ! *** चिया गिलासमा हाली पिउन सुरु गर्दा बाहिर मान्छेको हल्ला सुरु भैसकेको हुन्छ ! क्लोसट्रल र रक्तचापका भुडीवाल घनिष्ठ साथिहरु घरदेखि बाहिरिने क्रम सुरु भएको छ ! ल्याम्पपोस्टहरु शितले नुहाएर झन उज्याला र झनै प्रकाशिला देखिएका छन् ! म पर्दा लगाईदिन्छु ! मलाई यो उज्यालो कदापि स्वीकार्य छैन ! तर आवाजहरु पर्दा छेडेर कोठाभित्र भित्रीरहन्छन् ! मर्निङ वाँकमा बजारिएला खुट्टाका आवाजहरुले मानौ मेरो छातीमा लात बर्साइरहेछन् ! मोटरबाइकहरु हेडलाइट बालेर दौडीरहेका छन् ।(रिस उठछ- मिर्मिरे उज्यालोमा केको चटक हो? बाटो देखिएकै त छ ।) भजन सुनिन्छ । रेडियोको विभिन्न अस्पष्ठ आवाज आउँछ ! शंख/घन्ट बज्न थाल्छन् ! झ्याल र ढोका खोलिएका आवाजहरु आउन थाल्छन् । कोठा अझ उज्यालिदै जान्छ । हल्लाहरु क्रमशः बढ्दै गैरहेछन् । कुकुरहरू भुक्न छाडिसकेका छन् ।अब मान्छेहरु भुक्न थालेका छन् । हास्न थालेका छन् । सुस्केरा निकाल्न थालेका छन् । लामालामा हाइ- काढिरहेछन् । म एकफेर रातको त्यो एकान्तमा फर्कन खोज्छु ! तर त्यो सुनसान अब कहाँ ? त्यो चुपचाप अब खै कहाँ ? म जबर्जस्ति चिया पिउँछु ! निन्द्रा अझ पनि आइपुगेको छैन मेरो आखाँमा ! म आँखा पुन: आँखा चिम्लन्छु ! तर आखाँमा कसोकसो घामका किरणहरु परे झैं लाग्छ ! आँखा बिझाउँछ - एक्कासि ! आँखा खोल्छु, हो त- पर्दाको एक कुनो बाट घाम मलाई चिहाइरहेछ ! म आंतकित हुन्छु ! टाउको समातेर रुन थाल्छु ! मलाई स्विकार्य छैन उज्यालो ! अहँ मलाई बिल्कुलै स्विकार्य छैन यो उज्यालो ! ढोकामा कसैले ढक् ढक् गर्छ ! आँसु पुछेर ढोका तिर लम्किन्छु ! को हो ? बाहिरबाट कुनै आवाज आउदैन ! ढोका उघार्छु ! कोहि देखिन्न ! म ढोका ढ्यापीदिन्छु । अब कोठा लगभग लगभग उज्यालो भैसकेको छ ! सर्टरहरु खोलिएको रुखो आवाज आइरहेछन् ।गाडिहरु कुद्न थालेका छन् । बाक्ला जकेटमा घुसारेर आफूलाई मान्छेहरु आआफ्ना काम तिर दौडने बेला हुन लागिसकेछ । म झ्यालबाट आफूलाई हटाउछु । बिहानको छायाँ फिक्का कालो रंङमा ढलिसकेछ । उफ्फ..यो बिहान किन भयो ? यो उज्यालो किन भयो ? फेरि एकफेर ढोकामा ढकढक सुनिन्छ । मलाई रिस उठ्छ् । यति बिहान आएर को मसँग मजाक गरिरहेछ । हत्त न पत्त ढोका उघार्छु । ढोका बाहिर एउटा सानो चिट हुन्छ । शितले भिज्दै गरेको । उठाउँछु ! पढ्छु ! र च्यातिदिन्छु । चिटमा लेखिएको थियो । \'किन रिसाएको ? किन आत्तिएको ? किन डराएको ? के नै भएको छ र ? उज्यालो न भएको हो ! बिहान न आएको हो ! शान्त हुनुस् !!\"
  • कथा
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies