Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जब पत्रकारनै ध्यानमा बसे...

बागलुङ। सधैँ समाचारको खोजीमा दौडिरहने यहाँका पत्रकार शनिबार भने ध्यानमा मस्त थिए । व्यस्त दैनिकी छलेर केहीबेर तनावमुक्त समय बिताउन पाउँदा अघिपछि भन्दा प्रफुल्ल देखिन्थे । झण्डै चार घण्टा पत्रकारले आफ्ना लागि छुट्याए । आफूलाई चिन्ने कोसिस गरे । पत्रकार महासङ्घ बागलुङ शाखा र ओशो अमृतम् ध्यान केन्द्र बागलुङले ध्यान शिविरको चाँजोपाँचो मिलाएका थिए । केही घण्टा भए पनि ध्यानमा बस्न पाउँदा पत्रकारले आत्मिक शान्ति र सुखको अनुभूति गरे । अधिकांश पत्रकारलाई त्यो पहिलो अनुभव थियो । “सकारात्मक ऊर्जा प्राप्त भयो”, पत्रकार विजय रानाले भने, “स्वस्थ शरीर र मनका लागि ध्यान अन्यन्त जरुरी रहेछ ।” उनले ध्यानले मानिसमा उन्नत विचार र चिन्तनको बीजारोपण गर्ने विचार राखे। केन्द्रीकी सञ्चालिका ज्योत्सना शाक्य ‘मा आत्मो’ ले ध्यानले मानिसलाई मुक्तिको मार्ग देखाउने उल्लेख गरे । लोभ, मोह, ईष्र्या कुण्ठाबाट विकृत मानव हृदयलाई स्वच्छ राख्न ध्यान जरुरी भएको उहाँको भनाइ छ । उनले ध्यानका विभिन्न विधिबारे अभ्यासमूलक प्रवचन दिएका थिए । “आशोले २०० ध्यानका विधि पत्ता लगाएका छन्”, शाक्यले भने, “हामीले ध्यानका सामान्य विधि मात्रै अपनाउन सके पनि धेरै फाइदा छ ।” उनले ओशो कुनै धर्म सम्प्रदायमा विभाजित नभएको प्रष्ट पारे । योग, ध्यान र तनाव व्यवस्थापनबारे पत्रकारलाई प्रशिक्षित गर्न शिविर राखिएको शाखाका अध्यक्ष दिल शिरीषले बताए । “शिविरले कार्यक्षेत्रमा ऊर्जाका साथ खट्न पक्कै बल मिलेको छ”, उनले भने, “समाजमा सकारात्मक सन्देश प्रवाह भएको हाम्रो विश्वास छ ।” उहाँले जुनसुकै विचार वा वादका सकारात्मक पक्षलाई ग्रहण गर्दा अन्यथा नहुने तर्कसमेत गरे । सधैँ अरुका लागि समय दिने, भौँतारिने पत्रकारले आफँैलाई खोज्न, चिन्न ध्यान शिविरले सघाएको शिरीषको भनाइ छ । सोही अवसरमा ओशो तपोवनका तर्फबाट पत्रकार महासङ्घलाई उपहार प्राप्त पुस्तकहरु पनि हस्तान्तरण गरिएको थियो । केन्द्रले यसअघि बागलुङ कारागारका कैदीबन्दीहरु बीच पनि ध्यान शिविर चलाएको थियोे । योग र ध्यानका कार्यक्रमलाई विस्तार गर्दै लगिने केन्द्रका अध्यक्ष लीला खड्काले बताए । “मानिसलाई ध्यानका बारेमा सचेतना फैलाउन आवश्यक छ”, उनले भने, “शारीरिक र मानसिक दुवै हिसाबले स्वस्थ रहन यसले सघाउँछ ।” ध्यान शिविर पत्रकार महासङ्घ बागलुङ शाखाको हलमा भएको थियो । शिविरमा १५ क्रियाशील पत्रकार सहभागी थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies