Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्राचीन महत्व झल्कने जन्ते ढुङ्गा- घरबास र पदयात्रा पर्यटनसँग जोडिँदै

पोखरा । प्रकृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका लागि पहल भइरहेका अवस्थामा शुक्ला गण्डकी नगरपालिका–११ राइपुरस्थित प्राचीन महत्वको जन्ते ढुङ्गालाई घरबास र पर्यटनसँग जोड्ने पहल थालिएको छ । परापूर्वकालमा बेहुली लिएर आएका दुई समूहका जन्ती भेट हुनासाथ उनीहरू त्यही ठाउँमा एकाएक हराएको जनविश्वासका आधारमा उक्त स्थानलाई जन्ते ढुङ्गा भन्ने गरिएको हो । उक्त स्थानमा नेपाली समाजमा विशेष गरी विवाहमा बजाइने नौमती बाजाका आकृति कुदिएका ढुङ्गालाई स्थानीयले बाजाका नमूनाका रूपमा लिने गरेको स्थानीयवासी अग्निधर शर्माले जानकारी दिए । नेपाली समाजमा परम्परागत नौवटा बाजाको सामूहिक बाजालाई नौमती बाजा भनिन्छ । पञ्चे बाजाको विस्तृत रूपमा समेत लिइने नौमतीमा पञ्चे बाजाका अतिरिक्त चार वटा अन्य बाजा थपिएको हुन्छ । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनही, कर्नाल, नरसिङ्गा बाजा हुन् जसमा सनही र दमाहाका दुईदुई वटा सेट हुन्छ । जन्ते ढुङ्गा पुग्ने पर्यटकले छरपस्ट छरिएका ढुङ्गामा विवाहका क्रममा बजाइने तिनै दमाहा, झ्याली, ट्याम्को, ढोलक, सनही, कर्नाल, नरसिङ्गा बाजाको सहजै अनुमान गर्दछन् । राइपुर गाउँबाट करीब १० मिनेटको हिँडाइ पछि जन्ते ढुङ्गा पुग्न सकिने स्थानीय समाजसेवी तारापति भट्टराईले बताए। उनका अनुसार बाजाका आकृति कुँदिएका ढुङ्गामा बाजामा जस्तै विभिन्न आवाज आउने गर्छ । जन्ते ढुङ्गाको महत्व समेतका आधारमा यहाँस्थित जङ्गललाई जन्ते ढुङ्गा सामुदायिक वनका रूपमा स्थानीयले संरक्षणसमेत गर्दै आएका छन् । वन कूल ७० हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गल फैलिएको छ । जन्ते ढुङ्गासहित यहाँको जङ्गल संरक्षणका लागि स्थानीय सन्तबहादुर दर्नाललाई कर्मचारीका रुपमा नियुक्त गरिएको छ । जङ्गलभित्रै स्थानीय सक्रियतामा बराहको मन्दिर निर्माण पनि शुरु भएको छ । राइपुरबाट धौलागिरि, अन्नपूर्णलगायतका उच्च हिमाली शृङ्खला एवं पहाडी दृश्य एक साथ अवलोकन गर्न सकिने बताउँदै भट्टराईले यहाँको प्राकृतिक दृश्यावलोकनसँग जन्ते ढुङ्गालाई सँगसँगै जोडेर अघि बढाइने बताए। तनहुँको दुलेगौँडाबाट शुरु भई स्याङ्जाको रामबाछा जोडिने ७२ किमी दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)यही मार्ग भएर जाने भएकाले मिलेनियम ट्रेक व्यवस्थापन समितिले यस क्षेत्रमा घरबास कार्यक्रम सञ्चालनका लागि पहल गरेको समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । स्थानीय सक्रियतासँगै यहाँका पाँच घरमा घरबास कार्यक्रम शुरु भइसकेको छ । रमणीय हिमाली दृश्यको अवलोकनका साथै यहाँ रहेको प्राचीन महत्वको जन्ते ढुङ्गा क्षेत्रलाई समेटेर पर्यटनको विकास गरिने लक्ष्य राखिएको छ । घरबास कार्यक्रमका साथै यहाँ प्रचलित भजन, चुड्कालगायतका स्थानीय सँस्कृतिलाई पनि सँगसँगै अघि बढाउने सोच राखिएको छ । मिलेनियम ट्रेकअन्तर्गत पदयात्रा मार्गमा पर्ने जन्ते ढुङ्गा, गुफा, दरबार आदिलाई जोड्दै तिनीहरूको पर्यटन बजारमा प्रचारप्रसार गर्नु आवश्यक रहेको महसचिव गुरुङको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies