Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्लाष्टिक नाई भन्नु ल !

चितवन । के तिमी चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै छन् । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ । ती सुरक्षाकर्मीले तपाईंले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईंले कपडाको झोला पाउनुहुने छ । जहाँ लेखिएको छ, ‘प्लाष्टिक नाई भन्नु ल !’ त्यही झोलामा तपाईंका सामग्री रहने छन् । तत्कालका लागि प्लाष्टिकका झोलाबाहेक अन्य सामग्री लैजान पाए पनि सुरक्षा पोष्टमा टिपाएर कपडाको झोलामा राखेर लान पाइने छ । फर्कंदा ती सामग्रीका खोल आफूसँगै फिर्ता ल्याउनुपर्ने छ । अन्यथा तपार्इं कारवाहीमा पर्नुहुने छ । पहिलो चरणमा झोलाबाट शुरुआत गरिएको यो अभियान क्रमशः पानीका बोतल, खानेकुरा हुँदै पूर्णरूपमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जले मङ्गलबार वृहत कार्यक्रमको आयोजना गरी निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र अभियानको शुभारम्भ गरेको छ । जनप्रतिनिधि, कर्मचारी, सरोकालवाला निकायलगायतको सहभागितामा निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । सहभागीले निकुञ्जको सो अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । सो अवसरमा प्रदेश नं ३ को वातावरण समितिका सभापति रमा आलेमगरले प्लाष्टिकलाई पुनः प्रयोग गर्न र अभियानलाई सार्थक बनाउनुपर्ने बताए । तीन वर्षभित्र प्रदेशलाई प्लाष्टिकमुक्त प्रदेश बनाउन र १० वर्षभित्र इन्धनबाट चल्ने गाडी निषेध गर्न लागेको भन्दै उहाँले यस्ता अभियान सफल पार्न सबैले साथ र सहयोग पु¥याउनुपर्ने बताए । प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल र रामलाल महतोले निकुञ्जभित्र प्रदुषण कम गर्न निकुञ्जसँग जोडिएका क्षेत्रमा प्लाष्टिकको प्रयोगमा कमी ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का र वन तथा भूसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्सालले अभियान सफल पार्न मध्यवर्तीका बासिन्दाको सहयोग आवश्यकपर्ने बताए । कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्जभित्र प्लाष्टिकको झोला नलैजान, त्यसको विकल्पमा कपडाको झोला प्रयोग गर्न, प्लाष्टिकको बोतलसँगै प्लाष्टिकजन्य फोहरलाई निकुञ्जभित्र नछोड्न र त्यसलाई बाहिर सुरक्षा जाँच गर्ने ठाउँको डस्विनमा राख्न आग्रह गरे। निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रीउजस्ता खोलाबाट वर्षाको समयमा बगेर आउने प्लाष्टिक तत्काल सफा गरिने भएको छ । निकुञ्जकका कर्मचारी, वाह्य पर्यटक र निकुञ्जको बाटो भएर जाने यात्रुबाट प्लाष्टिक सङ्कलन हुने गर्दछ । निकुञ्जमा रहेका वन्यजन्तुले ती प्लाष्टिक खाएर मृत्युसमेत हुने गरेको छ भने वर्षाँैसम्म नसड्ने हुँदा वातावरणीय सन्तुलनमा खलल ल्याउने बताइन्छ । सो अवसरमा आफ्नो प्रस्तुतीकरण गर्दै हिमालयन क्लाइमेटका प्रमुख कार्यकारी अधिकृत सिलसिला आचार्यले विगत ७० वर्षदेखि नेपालमा प्लाष्टिक प्रयोग हुन थालेको भन्दै यसले दीर्घकालीन असर पार्ने बताए । दैनिक दुई करोड प्लाष्टिकका झोला नेपालमा प्रयोग हुने गरेको उनले बताए । यी झोला पेट्रोलियम उत्पादन भएकाले जलवायु परिवर्तनमा नकारात्मक असर पर्छ । प्लाष्टिककै कारणले प्रत्येक वर्ष विश्वमा एक लाखभन्दा बढी जलचर मर्ने गरेको भन्दै उहाँले आगामी १२ वर्षभित्र प्लाष्टिक व्यवस्थापन गर्न नसके जलवायु परिवर्तनमा ठूलो असर पर्ने बताउनुभयो । विश्वका ५० देशले प्लाष्टिकका झोला प्रतिबन्ध लगाएको पनि उहाँले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुसहितको बासस्थान हो । विसं २०३० असोज ४ गते स्थापना भएको सो निकुञ्ज ९५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मध्यवर्ती क्षेत्र ७२९ वर्ग किलोमिटर छ । यो देशका पाँच जिल्लामा पर्दछ । सन् १९८४ मा निकुञ्ज युनेस्कोको सूचीमा परेको थियो । निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणी पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गूर बाँदरलगायत पर्छन् । निकुञ्ज घुम्न आन्तरिक र बाह्य गरी वार्षिक झण्डै दुई लाख पर्यटक आउने गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies