Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

रासायनिक मलबिनै आलु रोप्‍न बाध्य

भक्तपुर । रासायनिक मलको अभावमा जिल्लाका किसानले कम्पोस्ट मलको भरमा आलु रोप्न थालेका छन्। मागअनुसार आपूर्ति नहुँदा जिल्लामा रासायनिक मल अभाव भएको हो। बजारमा रासायनिक मल नपाएपछि कम्पोस्ट मलकै भरमा आलु रोप्नुपरेको यहाँका किसानहरू बताउँछन्। उनीहरूका अनुसार रासायनिक मल कुर्दाकुर्दै आलुको बीउ छिप्पिँदै आएको थियो। बीउ छिप्पिएपछि रोप्न समस्या हुने भएकाले रासायनिक मल नभए पनि कम्पोस्ट मलको भरमा आलु रोपेको जिल्लाको चाँगुनारायण नपा–५ छालिङका किसान जगत सुवाल बताउँछन्। अाजकाे अन्नपुर्ण पाेष्ट  दैनिकमा खबर छ - उनले रासायनिक मल आपूर्ति गर्ने जिल्लाका धेरै कृषि सहकारीका मल बिक्री केन्द्र धाउँदा पनि मल पाउन नसकिएको गुनासो गरे। ‘मल पाइने आशमा हप्ता दिन कृषि सहकारीका मल बिक्री केन्द्र धाएँ’, उनले भने, ‘कतै रासायनिक मल पाउन सकिएन तर बीउ भने छिप्पिँदै आए।’ उनले रोप्ने बेला राख्न नसकिए पनि आलुको बीउ उम्रिएर उकेरा लगाउने बेलामा राख्ने सुनाए। कृषि प्राविधिकका अनुसार कम्पोस्ट मलको भरमा मात्रै आलु उत्पादन राम्रो हुँदैन। आलुका लागि रासायनिक मलमा पनि पोटास नभई हुँदैन। युरिया कम भए पनि फसफोरस र पोटास मल आलुका लागि नभई नहुने वरिष्ठ कृषि प्राविधिक शिव यन्द्यो बताउँछन्। ‘आलुका लागि कम्पोस्ट मल नभई हुन्न तर यसले मात्रै आलु उत्पादन राम्रो हुँदैन’, उनले भने, ‘आलु धेरै र राम्रो फलाउन युरियाभन्दा फसफोरस र पोटास मल नभई हुन्नँ।’ तर बजारमा आलुकै लागि अति आवश्यक फसफोरस र पोटास मलको अभाव भएको सिद्धि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पुण्यराम दुमरु बताउँछन्। भक्तपुरमा रासायनिक मल आपूर्ति गर्ने कृषि सहकारी संयोजक दुमरुले भक्तपुरमा ६ महिनादेखि फसफोरस र पोटास मलको अभाव भएको जानकारी दिए। ‘हामी नियमितजस्तो कृषि सामग्री कम्पनी लिमिटेडमा रासायनिक मल आए नआएको बुझिरहेका छौं’, उनले भने, ‘तर पर्याप्त मल नआउँदै अधिकांश खाली हात फर्कनुपरेको छ।’ उनका अनुसार सहकारीमा रासायनिक मल लिन आउने किसानको संख्या बढिरहेको छ। मौसमअनुसार पुस महिनाभित्र आलु रोपिसक्नुपर्छ। मलको अभावमा आलु रोप्न ढिलाइ भए उत्पादन पनि कम हुने किसानहरू बताउँछन्। मल अभावले गहुँखेतीमा समेत रासायनिक मल हाल्न नपाएको किसानहरू बताउँछन्। तत्कालीन जिल्ला कृषि विकास कार्यालयका अनुसार भक्तपुरमा गहुँ तथा आलुखेती र यस सिजनका तरकारीको लागि कुल तीन हजार आठ सय मेट्रिक टन मल आवश्यक पर्छ। जसमा युरियामात्रै दुई हजार एक सय मेट्रिक टन मल आवश्यक पर्ने कार्यालयको तथ्यांक छ। त्यस्तै एक हजार एक सय मेट्रिक टन डीएपी, पोटास चार सय मेट्रिक टन र अन्य दुई सय मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ। भक्तपुरमा सात हजार पाँच सय हेक्टरमा गहुँ र आलुलगायत तरकारी खेती हुन्छ। त्यसमध्ये गहुँमात्रै तीन हजार ६ सय हेक्टरमा लगाइने तथ्यांक छ। आलु भने एक हजार एक सय २५ हेक्टरमा लगाइँदै आएको छ। जसबाट २१ हजार दुई सय मेट्रिक टन आलु उत्पादन हुने कृषि विकास कार्यालयको तथ्यांक छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies