Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तरकारीले बजार नपाउँदा किसान निराश

बनेपा । दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् । किसानले बारीमा फलाएको गोलभेँडा, काउली, खुर्सानी, प्याज, लसुन, काँक्रोलगायतका तरकारी स्थानीय स्तरमा बिक्री नहुने र बजारसम्म पु¥याउनको लागि सवारीसाधनको सुविधा नहुँदा बिक्री नहुने समस्या रहेको बताउँछन् । नाग्रेगगर्चेका किसान मानध्वज लामाले उत्पादन गर्दै आएको तरकारी गाउँमा नै बिक्री गर्दै आएको भएपनि सोचेअनुसार बिक्री नहुँदा निराश भएको बताउछन्। ‘‘धेरै उत्पादन गर्दा भने जस्तो बिक्री नभएपछि अलिअलि गरेर उत्पादन गर्दै आइरहेको छु’’ लामाले भने,“अहिले मेरो बारीमा गोलभँेडा, काउली, बन्दा र लसुनलगायतका तरकारीखेती गरिएको छ ।” तरकारी उत्पादन गर्दै आएका त्यहाँका किसानले यसअघि धेरै गोलभेँडा फलाएपछि बिक्री नहुँदा असन्तुष्टी बढेको छ । यस गाउँमा धेरैजसो तरकारीखेती आफूले गरेको र अरुलाई पनि उत्पादन गर्न सुझाव दिएको बताउने लामाले आफ्नै कारणले खेती गरेर फलाएको गोलभेँडा बिक्री नभएपछि सबैजनाले उल्टै गाली गरेको उनको भनाइ छ । ‘‘बजारमा पठाऔँं गाडीको समस्या छ, नपठाऔँ त उत्पादन भएको तरकारी बिक्री हुँदैन’’ उनले थपे, “पहिला हामीलाई तरकारी धेरै उत्पादन गर्न सकेको खण्डमा हामी बजार व्यवस्थापनको लागि पहल गर्छौं भनियो तर अहिले जति हारगुहार गर्दा पनि वास्ता गरेन ।” आफ्नो खेती देखेर गाउँलेलाई पनि तरकारी खेती गर्न लोभ लागोस् भनेर नमूनाको रुपमा काम गर्दै आएको उनको भनाइ छ । तरकारी फलाएर बजार नपाएपछि त्यहाँका किसानले शहरमा बस्ने छोराछोरीलाई पठाउनेदेखि आफन्तलाई बाँडेर सिध्याएको किसानको भनाइ छ । ‘‘हामीले वडा कार्यालयसँग सङ्कलन केन्द्र बनाइदिन माग गरेका छौँ ।’’ लामाले भने, ‘‘त्यति मात्र गरिदिए पनि हामीले गरेको दुःखको कदर हुनेथ्यो ।’’ अर्का किसान अशोक मोक्तानले टनेल खेतीमा काँक्रो र गोलभेँडा लगाएर राम्रो उत्पादन गरेपनि सोचेजस्तो बजार नपाएको बताए । अलिअलि त गाउँमा नै भएको होटलमा त केही मात्रामा गाउँमा केहीले किन्ने गरे पनि फलेका तरकारी सबै बिक्री गर्न नसक्दा त्यसलाई व्यवस्थापन गर्न नै समस्या हुने गरेको उनको भनाइ छ । ‘‘उत्पादन भएको तरकारी बिक्री हुने गरेको भए किसानमा थप जागरुक पैदा हुन्थ्यो, तर आफूले गर्छु भने पनि ढुवानीको समस्याका कारण बजार व्यवस्थापन नभएपछि किसानहरु अन्य व्यवसायतर्फ आकर्षित हुन थालेका छन्’’, मोक्तानले भने, “उत्पादन भएका तरकारी बिक्री गर्न नपाउँदा तरकारी खेतीप्रतिको आकर्षण घट्दै गएको छ ।” मकवानपुरको टिस्टुङ पालुङमा दुई वर्ष तरकारी खेती गरेर गाउँमा नै फर्कनु भएका गाउँमा उदाहरण बनेर देखाउँछु भन्ने हिम्मत बोकेर काम गर्दा पनि त्यो खालको वातावरण पाउन नसकेको उनले बताए । नाग्रेगगर्चे महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष लक्ष्मी लामाले महिलाको आयआर्जनको मुख्य स्रोत भनेको कृषि नै भए पनि यसको बजार नभएको कारणले गर्दा आम्दानी खासै नभएको बताए । ‘‘कृषिमा तरकारी खेतीबाट बजार राम्रो नभएका कारण खासै आम्दानी हुँदैन, कुखुरा बाख्रा बेचेर आएको पैसा चाही महिला दिदीबहिनीले सहकारीमा जम्मा गर्न आउने गरेका छन्’’ लामाले भने । सो क्षेत्रमा तरकारी खेतीका लागि सहयोग गर्दै आएका संस्था कारितास नेपालका जिल्ला संयोजक सुवास सापकोटाले आयआर्जनमा टेवा पुर्याउनको लागि सहयोग गर्दै आइरहेको बताए । ‘‘हामीले बोसिपारिक साविक तीनवटा गाविस (हालको तीनवटा वडा सानोवाङथली, नाग्रेगगर्चे र माझीफेदा) मा पशुपालन सम्बन्धी बाख्रा किन्न र गोठसुधार गर्न एवं कृषि क्षेत्रमा बीउबीजन र टनेला सेट नै दिएर सहयोग गरिरहेका छौँं ।’’ त्यससँगै फलफूल र मौरीपालन लगायतका कामको लागि सहयोग गर्न प्रतिघर रु २२ हजारको दरले तीन वटा वडाका एक हजार तीन घरधुरीलाई आर्थिक सहयोग गरेको उनले बताए । त्यससँगै गाउँपालिका र वडा कार्यालयसँग मिलेर संयुक्त रुपमा सङ्कलन केन्द्र स्थापना गर्न कार्य अगाडि बढिरहेको उनले बताए । सो वडाका वडाध्यक्ष दिनेश लामाले किसानले उत्पादन गरेको तरकारीलाई बजार सम्म पुर्याउनको लागि तरकारी सङ्कलन केन्द्र स्थापना गर्ने विषयमा सङ्कलन केन्द्र खोल्न बजेटको व्यवस्था गरिसकेको बताए । ‘‘गाउँपालिकाले यसैवर्ष नौवटा वडामा नौ वटामा सङ्कलन केन्द्र स्थापना गर्न बजेट छुट्याइएको छ’’ लामाले भने, “केही वर्ष अगाडि सम्म यहाँका मान्छेले शहरबाट गाउँमा आउँदा प्रत्येकले प्लास्टिकमा गोलभेँडा लिएर आउने गर्थे, अहिले त्यो छैन, आफ्नै घरबारीमा उत्पादन गरेर खाने र बिक्री गर्न सक्ने सम्मको भएको छ ।” सो वडाको ४४७ घरले टनेल पाइसकेको छ । सहयोगी सस्ंथा कारितासले तरकारी खेतीको लागि सहयोग गरी थप हौसल्ला दिएको उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies