Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

छैटौँ पोल्ट्री दिवसको अवसरमा बिरामी अण्डा वितरण

चितवन । नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक दाना प्रतिदिन तीन हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । कुखुराको मासु प्रतिदिन नौ लाख किलो उत्पादन हुँदै आएको छ । पोल्ट्री व्यवसायले एक लाख ७० हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा रेवन्तकुमार भट्टराईका अनुसार पोल्ट्री व्यवसायले राष्ट्रिय आयमा चार प्रतिशत योगदान दिँदै आएको छ । यसै सन्दर्भमा छौटौँ राष्ट्रिय पोल्ट्री दिवस चितनवमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा आधुनिक पोल्ट्रीको शुरुआत भएको दिन विसं २०१७ पुस १७ गतेलाई स्मरण गर्दै २०७० सालबाट पोल्ट्री दिवस मनाउन लागिएको हो । दिवसको अवसर पारी आज भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामी र आफन्तलाई अण्डा वितरण गरिएको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका महासचिव डा रेवन्तकुमार भट्टराईका अनुसार दुई अस्पतालका दुई हजार जनालाई अण्डा वितरण गरिएको हो । भरतपुर अस्पतालमा अण्डाको महत्वमाथि मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेल र फिजिसियन डा भोजराज अधिकारीले अण्डा र कुखुराको मासुमा पाइने तत्व कस्तो कस्तो बिरामीलाई उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी दिएका थिए । क्यान्सर अस्पतालमा डा कृष्णसागर पौडेलले अण्डा र कुखुराको मासुबाट हुने फाइदाबारेमा जानकारी दिएका थिए । कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष प्रा डा होमबहादुर बस्नेत, महासचिव डा रेवन्तकुमार भट्टराईले दिवसको वारेमा प्रकाश पारेका थिए । –––

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies