Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

‘मायालु डाँडा’ मा पर्यटकको भीड बढ्न थालेपछि....

गलेश्वर । ‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था (मोना) ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् । सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको ‘मायाँलु डाँडा’ (लभ्ली हिल) मा हिजोआज म्याग्दीका मात्रै होइन, देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिका साथै विदेशीको समेत भीड लाग्न थालेको छ । लभ्ली हिलमा रेलिङ, गोलघर, खाजाघर लगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्याम रुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्ली हिल बन्न पुगेको छ । म्याग्दी सदरमुकाम बेनी बजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्ली हिलमा अहिले दिनहुँजसो सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । स–साना बालबालिकादेखि पाका उमेरका मानिस लभ्ली हिलमा पुग्ने गरेका छन् । लभ्ली हिलको डिलबाट सुन्दर र आकर्षक देखिने बेनी बजारलाई पिठ्युँमा पारेर तस्बीर खिच्न खासगरी तन्नेरी पुग्ने गर्छन् । लभ्ली हिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ । पहिले केही सिमित मानिस पुग्ने ठाउँ पछिल्लो पटक लभ्ली हिल बनेपछि समूह–समूह बनाएर दैनिक रुपमा युवा पुस्ता पुग्ने गरेका छन् । सामान्य समयमा समेत लभ्ली हिलमा मानिसको उपस्थिति देखिन्छ भने शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा त झन् भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवतीका लागि लभ्ली हिल आकर्षणको गन्तव्य बनेको छ । प्रवासी म्याग्देलीलाई साझेदार बनाएर नयाँ अवधारणाअनुसार हाँडेभिर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि लभ्ली हिलमा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हीराबहादुर थापाले बताए । म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजनाअन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो । कूल रु ५७ लाख, आठ हजार, २६० लागत अनुमान गरिएको पदमार्गको निर्माणमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य सङ्घले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने गरी यसअघि नै समझदारी पत्रमा हस्ताक्षर समेत गरिसकिएको छ । बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलबाट बेनी बजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाज लगायतका क्षेत्र देख्न सकिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिका सहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तको समेत मनमोहक दृश्यावलोकन गर्न पाइन्छ । बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ । केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्ली हिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् । लभ्ली हिल पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यू टावर, पौडी पोखरीलगायत बालबालिकादेखि वृद्धवृद्धा सम्मलाई रमाउने स्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसायसमेत फस्टाउने सम्भावना रहेको छ । लभ्ली हिलमा गत आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभ्ली हिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ । कूल १२ लाखको लागतमा लभ्ली हिलमा गोलघर (भ्यु प्वाइन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेञ्चलगायतका पूर्वाधारको निर्माण गरेसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies