Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पहिरोको जोखिम अध्ययन शुरु

म्याग्दी । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडकमा पहिरोको जोखिमको बारेमा प्राविधिक अध्ययन शुरु भएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको नारच्याङ पुलदेखि मुस्ताङको कोवाङ खण्डको सडक स्तरोन्नति र कालोपत्रेको ठेक्का लिएको निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले पहिरोको अध्ययन गर्न प्राविधिक टोली ल्याएको हो । भूगर्भविद् सञ्जय देवकोटा, राजमार्ग विज्ञ सञ्जीतकुमार झा र वातावरणविद् पूर्णचन्द्रराल राजभण्डारीको टोलीले आइतबारदेखि स्थलगत अध्ययन शुरु गरेको शर्मा–गजुरमुखी कम्पनीका प्रतिनिधि सचिन क्षेत्रीले बताए। गुइठे, जलथले, काभ्रे, लेतेलगायत भुरुङ तातोपानीदेखि कोवाङसम्मको सडक वरपरको क्षेत्रमा पहिरोको जोखिमको बारेमा अध्ययन गरिने भएको हो । निर्माण कम्पनीले आफ्नै खर्चमा विज्ञ ल्याएर अध्ययन शुरु गरेको क्षेत्रीले बताए । विज्ञ टोलीले दिने प्रतिवेदनको आधारमा आयोजनासँग समन्वय गरेर सडकको संरचना तयार पारिने क्षेत्रीको भनाइ छ । कालीगण्डकी नदीको पश्चिमी भागको किनारै किनार निर्माणाधीन सडक भिरालो, कमजोर भूगोल र तटीय क्षेत्र भएकाले पहिरो र कटानको जोखिममा छ । गत वर्षात्मा बाढी र पहिरोका कारण शर्मा–गजुरमुखी कम्पनीले काम गरिरहेको क्षेत्रमा रु पाँच करोड मूल्य बरारबको भौतिक क्षति पुर्याएको दाबी गरेको छ । भूगोल अनुकूल, वातावरणलाई असर नपुग्ने गरी संरचना बनाएर दिगो र क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राविधिक अध्ययन शुरु गरिएको छ । बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडकलाई कालोपत्रे गर्न चार वटा प्याकेजमा काम भइरहेको छ । मङ्सिर महीनादेखि सडक स्तरोन्नतिको लागि बेनी–जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी आवतजावत रोकेर काम गर्ने व्यवस्था मिलाइएको छ । बिहान ७ः३० देखि दिउँसो ११ः३० बजेसम्म र दिउँसो २ः३० बजेदेखि ६ः३० बजेसम्म सवारी आवातजावत रोकेर सडक निर्माणको काम गरिँदै आएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies