Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जेसम साहित्य यात्रा भक्तपुरमा

भक्तपुर । सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट आफ्नो कला सिर्जनाका प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको कविता र अभिनय विशेष आकर्षक बनेको थियो । साहित्य यात्रालाई सम्बोधन गर्दै बस्नेतले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारको अभियानमा भक्तपुर तीव्ररूपमा नमूना बन्ने गरी लागेको बताउँदै जेसमले यसमा थप टेवा  पुर्याउने विश्वास व्यक्त गरे ।

जेसम यात्राका क्रममा भक्तपुरमा सिर्जना गरिएका कविताको वाचन र चित्रको प्रदर्शनी गर्न सुझाव दिँदै त्यसमा आफूले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका हुन् । यस्ता कार्यमा लाग्न र सहयोग गर्न आयोजक र स्थानीय सरकारलाई बस्नेतले आग्रह गरेका छन् । उनले आफू पनि नाटक लेखन, अभिनय र कविता लेखनमा विगतमा सक्रिय रहेको स्मरण गरे ।

कार्यक्रममा कवि फुलमान बल, सुरेश हाँचेकाली, अनन्त वाग्ले, पुष्करराज बुढाथोकी ‘साउँतेली’, रमेश कँडेल, अगिब बनेपाली, बालकृष्ण बस्नेत, सजनी नौवागे लगायतले गाम्चामै तत्काल कविता सिर्जना गरी वाचन गरे ।

आधा दर्जनभन्दा बढी कलाकारले क्यानभासमा गाम्चा, यस आसपास र यहाँबाट देखिने प्राकृतिक छटाको चित्र उतारेका थिए । कलाकारहरूरु लालकाजी लामा, दीपेन्द्र बनेपाली, झलक केसी, कान्छाकाजी भासिमा, प्रकाश मानन्धर, विक्रम प्रजापति, राजेन्द्र याकामी, सजनी नौबागे लगायतले क्यानभास विभिन्न प्राकृति दृश्यहरूलाई उतारेका थिए ।

कार्यक्रम संयोजक तथा कवयित्री अनिता लामाले जेसम साहित्य यात्रा सिर्जना, सौन्दर्य, सामथ्र्य, पहिचान र समृद्धिको एकमुष्ट यात्रा भएको बताउँदै मौलिक कला, संस्कृति, साहित्य र सुन्दर स्थानलाई उर्वर बनाउन यो यात्रा थालिएको चर्चा गरिन् । उनले धुलिखेलबाट शुरु भएको साहित्य यात्रा नगरकोट हुँदै गाम्चा आइपुगेको र आगामी दिनमा देशका विभिन्न भागमा पुग्ने बताउँदै जेसममा सहभागी हुन स्रष्टा र शुभचिन्तकलाई आग्रह गरेकि छिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष समेत रहेका स्रष्टा बुढाथोकीले साहित्य र पत्रकारिता दुवै समाजको ऐना भएको बताउँदै दुवैको उद्देश्य समाज विकास, सुधार र लोकको हित नै भएको बताए ।

यात्राका अभियन्ता पत्रकार, कवि बालकृष्ण बस्नेतले यात्राका माध्यमबाट सर्जकका सिर्जनाहरुलाई एकै ठाउँमा प्रस्तुत गर्नु आफैँमा सकारात्मक सन्देश भएको बताए । स्थानीयवासी सहदेव न्यौपानेको व्यवस्थापनमा भएको कार्यक्रममा युवा कलाकार, पत्रकार, साहित्यकार एवं सर्जकहरुले तीन महीना अघि सिर्जनात्मक यात्राको स्वतःस्फूर्त रूपमा इच्छुक सहभागी सबै यसको सदस्य रहने गरी शुभारम्भ गरेका थिए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies