Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नागरिकता विधेयक-२०७५ः आफ्नो खुट्टामा आफैं बञ्चरो नहान्न सरकारसंग आग्रह

भरतपुर। नागरिकता विधेयक–२०७५ स्थगित गर्न सरोकारवालाले माग गरेका छन् ।

राष्ट्रिय जागरण परिषद् र चितवन जिल्ला बार एशोसिएशनद्वारा बिहीबार संयुक्तरुपमा यहाँ आयोजित अन्तरक्रियामा उनीहरुले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइको नागरिकता विधेयक २०७५ स्थगित गर्न माग गर्दै आफ्नो खुट्टामा आफैंले बञ्चरो नहान्न सरकारसंग आग्रह गरेका थिए ।

राष्ट्रिय जागरण परिषद्का संयोजक साध्यबहादुर भण्डारीले अहिलेको विधेयक राष्ट्रघाती रहेको बताउँदै सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्न माग गरे । उनले भने, “अहिलेको विधेयक विसं २०६३ भन्दा पनि खुकुलो छ । यो विधेयक विदेशीलाई नागरिकता वितरण गर्नाका लागि ल्याइएकाले यसलाई तत्काल स्थगित गरी स्वीकार्य सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गरिनुपर्छ ।”

बारका जिल्ला अध्यक्ष कमलराज पाठकले ‘नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयकले उब्जाएको प्रश्न विषयक’ कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त ऐनलाई संशोधन गर्न ल्याइएको यो विधेयक झन् कमजोर रहेको बताउँदै उनले भने, “अहिले ल्याइएको विधेयक राष्ट्रघाती भएकाले यसलाई आन्दोलनकै रुपमा अगाडि बढाउनुपर्छ नत्र यसले राष्ट्रलाई सिक्किमीकरणतर्फ धकेल्छ ।”

नेपालमा जनसङ्ख्या अतिक्रमणको समस्याले नागरिकतामा समस्या आएको चर्चा गर्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने, “अहिले ल्याइएको विधेयक रिजेक्ट गर्नुपर्छ, यो विधेयक नेपालीको हितमा छैन ।”

सीमाविद् हेमन्त सेढाईंले नेपाल–भारत सिमानामा काँडेतार लगाउनुपर्ने बताए । अर्का सीमाविद् बुद्धिनारायण श्रेष्ठले भने, “नागरिकता भनेको पार्टीको पर्चा होइन, जसले जतिबेला जहाँ पनि वितरण गर्न सकिने । खुला सिमाना जहिलेसम्म नियमन हुँदैन, त्यसबेलासम्म नागरिकताको समस्या आइरहन्छ । ”

संविधानविज्ञ पूर्णबहादुर कार्कीले कसैलाई जन्मको आधारमा नागरिकता दिँदै जाने हो भने तराई मधेसका रैथाने समुदायहरु मर्कामा पर्ने र नागरिकता वितरणमा भएको खुकुलोपनले हिमाल, पहाड र तराईमा असन्तुलन बढ्दै जाने बताए । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies