Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

जडीबुटी खेतीमा जम्दै : जनमुक्ति सेनाका पूर्वकमाण्डर

तेह्रथुम ।  परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न सफल पनि छन् । त्यस्तै युवामध्ये एक हुन्, मेन्छ्यायेम गाउँपालिका–६ का विनोद अधिकारी । उनी तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका कम्पनी कमाण्डरसमेत थिए तर द्वन्द्व समाप्त भएर विस्तृत शान्ति सम्झौता भएपछि उनको दैनिकी परिवर्तन भयो । अहिले उनले टिना जडीबुटी बहुउद्देश्यीय कृषि फार्म दर्ता गरेर जडीबुटीको व्यवसाय गर्दै आएका छन् । ०७४ सालमा फार्म दर्ता गरी व्यावसायिक बनेका अधिकारीले अहिले कृषि फार्ममा थुप्रै जातका जडीबुटी लगाएका छन् । फार्ममा चिराइतो, पाखनवेद, नागबेली, ठूलो ओखती, लोक्ता, मझिटो इन्द्रेणी, लोठसल्ला, सतुवा, वन लसुन, अलैँचीलगायत ५० बढी जातका जडीबुटी पाइन्छ । यसका साथै चियाको नर्सरी पनि गर्ने गरेको अधिकारीले बताए । शुरुआतमा रु पाँच लाख ५० हजारले थालेको जडीबुटी खेतीमा हालसम्म रु २८ लाख बढी लगानी भइसकेको उनले बताए । पचास रोपनी आफ्नो जग्गा र भाडामा लिएको १५ रोपनी जग्गामा सञ्चालित फार्मबाट उनले वार्षिक रु १० लाख मुनाफा कमाउने लक्ष्य राखेको पनि बताए । अहिले कमाइ अलि कम छ । उद्देश्य अनुसार लगानी र मेहनत गरिरहे पनि खेती थपिँदै गएकाले आम्दानी बढ्ने क्रममा मात्रै भएको उनले बताए । माओवादी द्वन्द्वकालमा उनले फष्ट डिभिजन विप्लव श्रीजन स्मृति ब्रिग्रेड, इलामको दानाबारीमा ०५८ सालदेखि दुई वर्ष बिताएका थिए । २०६३ देखि २०६४ सम्म दुई वर्ष हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा समूहको सदस्यसमेत भएर काम गरेको उनी बताउछन् । उनले २०६२÷०६३ को जनआन्दोलनपश्चात् विस्तृत शान्ति सम्झौता भएपछिको सेना समायोजनबाट बाहिरिएको बताए । सेना समायोजनमा नपरेपछि उनले साधारण जीवन नै रोजे । अहिले पनि उनलाई राजनीतिमा धेरै चासो छैन । थोरै राजनीति र धेरै व्यावसायिक बन्ने योजना बनाएको उनी बताउछन् । माओवादी सशस्त्र द्वन्द्वपछि घर फर्किएर उनले धेरै कमाउने भन्दा पनि थोरै तर आफ्नै देशमा कमाउने सोच बनाएको बताए । त्यही सोचेर पाँचथर स्थायी घर भएका अधिकारी मेन्छ्यायेम गाउँपालिकामा बसाइँ सरे । त्यसपछि उत्पादनमूलक व्यवसाय सञ्चालन गर्ने विचारले कृषि क्षेत्रमा लागेको उनी बताउछन् । नेपालमा पनि काम गरे पैसा कमाउन सकिने भन्दै यही देशमा केही उदाहरणीय काम गरेर देखाउने योजनामा रहेको उनको भनाइ छ । विनोदलाई जडीबुटी खेती र व्यवसायमा श्रीमती मथुराले सघाउछिन् । श्रीमान्–श्रीमती दुईले फार्मको काम गर्ने गरेको र आवश्यक पर्दा अन्य कामदार पनि लगाउने गरिएको अधिकारीले बताए । “घर, परिवार तथा देशभन्दा टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन”, अधिकारी भन्छन्, “अझ म त पुरानो राज्य व्यवस्था परिवर्तनका लागि लडेँ, परिवर्तन पनि आयो, तर नेता माथि पुगे पनि नेपाली जनताका लागि भने खुशीका दिन आउन बाँकी नै छ ।” व्यवसाय थालेको छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका अधिकारी जडीबुटी व्यवसायमा सन्तुष्ट छन् । बिहानदेखि साँझसम्म अधिकारी जडीबुटी रोपण, हेरचाह, पानी हाल्ने तथा गोडमेलमै व्यस्त हुनछन् । “पैसा कमाउन जागीरै खानुपर्छ, अनि विदेशै जानुपर्छ भन्ने सोच त्याग्नुपर्छ”, उनी  भन्छन् । चिया नर्सरीका लागि गाउँपालिकाले रु एक लाख ५० हजार सहयोग गरेको र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडबाट रु २५ हजार प्राप्त गरेको अधिकारीले बताए । व्यवसायलाई अझै बढाएर लैजाने र उत्पादित वस्तुलाई नेपालका स्थानीय बजारका साथै छिमेकी राष्ट्र चीन र भारतसम्म पनि बिक्री गर्न लैजाने योजना रहेको अधिकारीले बताए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies