Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि बैद्य कहाँ कयौं पटक धाए । जति धाएर औषधि सेवन गरेपनि उनको रोग निको नभएपछि उनलाई गाउँकै मान्छेहरुले सल्लाह दिए ‘सिन्धुपाल्चोकको तातोपानी धारामा नुहाएपछि निको हुन्छ रे ।’ उनै गाउँलेको सल्लाह अनुसार अधिकारी २०३५ सालमा तातोपानी धारामा नुहाउन आए । त्यतिबेला तीन दिन तातोपानी धारामा नुहाएर गएपछि अहिलेसम्म उनलाई कम्मर दुखेको छैन् । अधिकारीलार्इ तातोपानी धाराको अर्को पनि विश्वास छ । उनका गाउँले साथीहरु केहि समय अघि तातोपानी धारामा ८/१० दिन नुहाएर गएपछि उनीहरूको पनि रोग निको भएर हिड्न थालेका छन् । \"\" अहिले अधिकारी चार दिनदेखि तातोपानी धारामा नुहाइरहेका छन् । घुँडा दुख्ने समस्याले सताउन थालेपछि अधिकारी एक महिना तातोपानीमा बसेर नुहाउनका लागि आएका हुन् । आफ्नो नातीसँगै तातोपानी आएका अधिकारीलाई तातोपानी धारामा नुहाएपछि ढाड दुख्ने, खुट्टा दुख्नेलगायत रोग निको हुने विश्वास छ । ‘डाक्टर निको हुन्छ मात्रै भन्छन् तर कहिले निको भएन्’ अधिकारीले खबरडबलीसँग कुरा गर्दै भने ‘पहिला पनि कम्मर दुख्ने रोग निको भएको थियो, अहिले बुढेसकाल लागेर पनि दम पनि बढ्यो, खुट्टा पनि दुख्न थालेकाले तातोपानीमा नहुाउन आएको हुँ ।’ त्यस्तै रामेछापका कुलविर श्रेष्ठ पनि रोक निको हुन्छ भन्ने विश्वासले तातोपानी धारामा नुहाउन आएका छन् । टाउको दुख्ने र रिंगटा लाग्ने धेरै भएपछि उनी तातोपानी नुहाउन आएका हुन् । करिब एक बर्षदेखि श्रेष्ठलाई जति औषधि खाएपनि टाउको दुख्ने र रिंगटा लाग्ने निको नभएपछि तातोपानी नुहाउन आएको बताउँछन् । २०७२ सालको विनाशकारी भुकम्पदेखि सुनसान जस्तै रहेको तातोपानी धारामा अहिले भने पर्यटकको चहलपहल शुरु हुन थालेको छ । जुरे पहिरो, विनाशकारी भुकम्प र भोटेकोशी बाढीको कारण तातोपानी धारामा नुहाउन आउनेको संख्या ज्यादै कमि थियो । तातोपानी धाराका अध्यक्ष भन्छन्-विद्यार्थी र वृद्धवृद्धालाई निशुल्क \"\"तातोपानी धारा निर्माण उपसमितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार कात्तिक महिनादेखि तातोपानीमा नुहाउन आउनेको संख्यामा वृद्धि भएको छ । भुकम्पको बेलादेखि सुनसान जस्तै देखिने तातोपानीमा अहिले सडक मर्मत भएसँगै पर्यटकहरु आउन थालेको श्रेष्ठको भनाई छ । गत बर्ष भोटेकोशी नदिमा आएको बाढीले तातोपानी धाराको बाथटप पनि बगाएपछि अहिले नयाँ बनाउनका लागि आर्थिक अभाव भएको उनले बताए । गाउँपालिकामा धाराको लागि बजेट दिन पनि ढिलाई गरेको उनको गुनासो छ । अहिले तातोपानी धारामा नुहाउनको लागि एक जनाले १० रुपैयाँको टिकट काटे पुग्छ । तर यदि बाथटपमा गएर नुहाउने हो भने थप १ सय रुपैयाँ तिर्नुपर्छ । श्रेष्ठका अनुसार धारामा नुहाउनका लागि विद्यार्थी र वृद्धवृद्धालाई भने निशुल्क गरिएको छ । तर बाथटपमा नुहाउनका लागि भने उनीहरुले आधा मात्र शुल्क तिरे पुग्छ । वडाध्यक्षको गुनासोः सरकारको अपहेलना गर्यो \"\"तातोपानी धारा धार्मिक र पर्यटकस्थल भएको भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठ बताउँछन् । आफुहरु निर्वाचित भएर आएपछि सरकारी पक्षले तातोपानी धारा सुधारको लागि पहल हुन नसकेको बताउँछन् । सरकारले नै अपहेलना गरेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् । सरकारले पर्यटक प्रवद्र्धन र विकासका लागि छुट्याएको गन्तव्यहरुमा तातोपानीलाई प्राथमिकतामा नराखेको प्रति वडाध्यक्ष श्रेष्ठले दुखेसो पोखे । जिल्लाको पाँचपोखरी थाङपालधाप गाउँपालिका, भोटेकोशी नदीमा र्याफ्टिङ, बन्जिजम्प र हेलम्बुलाई सरकारले पर्यटक प्रवद्र्धन र विकासका लागि छुट्याएको गन्तव्यहरु सूचीमा राखिरहँदा तातोपानी भने छुटेको थियो । तातोपानीमा आवतजावतका लागि सडक बनिसकेको उनले बताए । तातोपानीमा अहिले खाना र बस्नका लागि होटलहरु पनि खुलिसकेका छन् । त्यसैले आन्तरिक तथा वाह्य पर्यटकहरुलाई तातोपानी स्वागत गर्न तयार रहेको वडाध्यक्ष श्रेष्ठले खबरडबलीलाई बताए । त्यस्तै बाथ रोग, ढाड दुख्ने, नसा, खुट्टा दुख्ने, टाउको र प्यारालाइसेस हुनेहरुलाई तातोपानी धारा उपयुक्त रहेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies