Khabar Dabali Logo
  June 3, Wed

अलैँची किसानको दुःखेसोः विदेश जाम त उमेर छैन, नजाम त दुःख पाइने भइयो

लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्केका थिए ।

‘‘गाउँका साथीले अलैँची लगाएको देखेर विदेशवाट छुट्टीमा आउँदा मैले पनि अलैँची लगाएर फेरि विदेश नै फर्किए । यता गाउँका साथीले अलैँचीबाट राम्रो आम्दानी गरेको भन्ने सुनेर विदेश छोडेर गाउँमा अलैँची खेती विस्तार गरेँ । विदेशवाट फिर्किएपछि सबै जग्गामा अलँैची लगाएँ । विदेशमा जसोतसो वार्षिक तीन÷चार लाख रुपैयाँ कमाउन सकिन्थ्यो, तर घरमा नै बसेर अलँैचीबाट मात्रै वार्षिक १० लाख भन्दा बढी आम्दानी हुन्थ्यो ।

शुरुवाती चरणमा त विदेशको भन्दा अलैँचीबाट तीन गुणा बढी आम्दानी पनि भएको थियो । तामाङ भन्छन्, “पहिला त्यति धेरै उत्पादन गरेको अलैँचीबाट अहिले मुस्किलले वार्षिक रुपमा एक लाख रुपैँया पनि हात पर्न मुस्किल भएको छ । विदेश छोडी गाउँमा नै केही गर्ने भन्दै बसियो । अलैँचीको भाउ घट्यो, अलैँचीमा पनि अनेक रोग लागेको छ । पहिला प्रतिकिलो अलैँची बिक्री गर्दा दुई हजार रुपैयाँदेखि दुई हजार २०० पाउने गरेकामा अहिले रु पाँच÷छ सयमा बिक्री गर्नुपर्छ ।” कमाउने उमेर हुदाँ विदेश छोडेर गाउँमै बसियो अहिले अलैँचीबाट कम आम्दानी भएपछि विदेश जान पनि नसकिने र यहीँ पनि बसेर कमाइ नहुने अप्ठ्यारो अवस्थामा परेको उनी बताउछन् ।

‘‘विदेश जाम त उमेर छैन, त्यति बेलाको जस्तो जोस् जागर छैन, नजाम त पहिलाको जस्तै दुःख पाइने भइयो,’’ उनले दुःखेसो पोखे । अलैँचीखेती शुरु गर्नु पूर्व जुन सपना देखेका थिए, त्यही सपना सपनामा मात्रै सीमित भएको छ, उनलाई ।

अहिले अलैँचीबाट कम आम्दानी भएपछि घर व्यवहार चलाउन गाह्रो भएको अनुभव सुनाउछन् । गाउँमा नै अरु काम गरु त भएको सबै बारीमा अलैँची लगाएँ । ‘‘अर्को वर्ष केही हुन्छ, कि भन्ने आशमा गोडमेल गरेको छु । गाउँ छोडेर अन्त जाउँ भने कहाँ जाउँ । न जोस् जाँगर छ, न त पैसा नै छ’’ उनले दुःख व्यक्त गरे ।

‘‘हामीले अहिलेसम्म गरेको दुःख त माटोमै मिल्यो’’ उनले भने । अलैँची किसानको समस्यालाई हेरी सरकारसँग अलैँची खेतीका लागि केही सुविधा वा राहतको व्यवस्था गरिदिन आग्रह गर्छन् ।

गाउँमा सबैले अलैँची लगाएको देखेर राम्रो कमाइ होला भन्ने आशमा उनले सबै जग्गामा अलैँची रोपेको बताए । ‘‘खेती हुने सबै जग्गामा अलैँची लगाए । अहिले अलैँचीको मूल्य घटेर दुःख गरेजति आम्दानी छैन’’ उनले भने “पहिला अलैँची बिक्रीबाट आएको पैसा बैँकमा राखेको थिएँ, अहिले त्यही पैसा निकालेर खाएको छु ।’’ अलैँचीबाट आम्दानी कम भएपछि अहिले उहाँले घरमा भेँडा, बाख्रा पाल्न थालेको छ । त्यही बिक्री गरी घरखर्च चलाउनु परेको उनको भनाइ छ ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा मात्रै २० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा नै अलैँची उत्पादन बढी भएकाले गतवर्ष अलैँचीको मूल्यमा गिरावट आए पनि यो वर्ष क्रमिकरुपमा सुधार भएको अलैंची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

जिल्लामा अलैँचीको गुणस्तरमा विस्तारै सुधार भएकाले निराश नहुन अलैँची कृषकलाई आग्रह गरे । ‘‘अहिले गुणस्तरीय अलैँची उत्पादनमा हामी सबै लागेका छौँ’’ उनले भने, “अलैँची कृषकको बारीमा गएर अलैँची टिप्नेदेखि आधुनिक भट्टीमा सुकाउने तरिका सिकाएका छौँ ।” जिल्लामा गुणस्तरीय अलैँची उत्पादन भएको उहाँले दाबी गरे ।

जिल्लामा ९५० हेक्टर क्षेत्रफल जग्गामा अलैँचीखेती गरिँदै आएकामा हाल ६५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन भएको छ । गतवर्ष ७२१ क्वीन्टल अलैंँची उत्पादन भएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ । यो वर्ष थप १०६ हेक्टर क्षेत्रफलमा अलैंचीखेती विस्तार गरिएको छ ।

खेती विस्तार गरिए पनि यसवर्ष अलैँची उत्पादन घट्ने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ९अलैंची जोन० कार्यालयका वरिष्ठ जोन अधिकृत गोविन्दराज कोइरालाका अनुसार जिल्लाका आठ स्थानीय तहमा अलैँचीखेती गरिएको छ । करीब ८०० देखि एक हजार ७०० मिटर उचाइमा हुने अलंँैची गर्मी र जाडोमा हुने दुई थरीका हुन्छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैंँची उत्पादन हुँदै आएको छ । रासस

कात्तिक १७ गते, २०७५ - १५:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकामा हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भयो !

अमेरिकामा हिंसात्मक हुदै गएको प्रदर्शन एकाएक शान्तिपूर्ण भयो !

एजेन्सी । हिंसात्मक आन्दोलन भइरहेको अमेरिकामा अहिले भने आन्दोलनको स्वरुप परिवर्तन भएको छ । प्रहरी...   

काठमाडौंकि छ वर्षकी बालिकाले जितिन् कोरोना

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ...   

शे–फोक्सुण्डो निकुञ्जद्वारा १७ थान भरुवा बन्दुक बरामद

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सेना र कर्मचारीसहितको गस्ती टोलीले १७ थान भरुवा...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, ६५ लाख संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने,...   

प्रदेश २ मा ८ सय ५९ जनामा कोरोना सङ्क्रमण

जनकपुर । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित...   

रुकुमपश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष...   

‘अहिलेकै अवस्थामा कर तिर्न सक्दैनौँ, लकडाउन खुलेपछि थप एक महिना म्याद दिन व्यवसायीको माग

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र...   
प्रधानमन्त्री र विज्ञबीच परामर्श, विज्ञले दिए यस्तो सुझाव

प्रधानमन्त्री र विज्ञबीच परामर्श, विज्ञले दिए यस्तो सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा...   

विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाल पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई आज प्रहरीले काठमाडौँबाट...   

विदेशी नागरिकसँग मिलेर ठगीको आरोपमा १५ प्रहरीमाथि अनुसन्धान

काठमाडौं । ठगी कार्यका लागि विदेशी नागरिकलाई सघाएको आरोपमा अध्ययगमन विभागले सुरक्षामा खटिएका १५...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top