Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

फूलानी : सरल कथाहरूको लयवद्द उडान

नेपाली फिल्मलाइ कसैले कागबेनी कसैले लुट त कसैले पशुपति प्रसाद सग जोडेर समृद्ध भएको बहस गर्छ्न । नेपाली सिनेमामा मौलिकताको स्वाद पस्क्ने र हिरोइज्मलाइ माथ खुवाउने चलचित्र पशुपति प्रसाद पनि हो । जुन चलचित्रलाई प्राण भर्ने काम खगेन्द्र लामिछानेले गरे ।  गाउँका रेडियोहरुमा रात्रिकालीन समयमा बज्ने नाटक कथा मिठो सारङ्गीको सुनेर निदाउने एउटा बर्ग नै नेपालमा छ । त्यस बर्गले खगेन्द्रलाई रेडियो मार्फत चिन्यो । फिल्म मार्फत उनको खास पहिचान नै बनिसकेको छ । आम मान्छेका लागी उनी एक सफल एक्टर हुन । अब कुनै पनि फिल्म नखेलेपनी नेपाली समाजमा खगेन्द्र राम्रो एक्टर हुन भन्ने इतिहास बनिसक्यो । खगेन्द्रलाई रङ्गिन पर्दाको हिरो बनाउने काम काठमाडौंका नाटक घरहरूले गरेका हुन । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"212397\"] मलाई चाहिँ खगेन्द्र राम्रो कथाकार हुन भन्ने कुरा उनको पुस्तक फूलानी पढेपछि ज्ञात भयो । फूलानी मैले उति चासो दिएको कथा सङ्ग्रह थिएन । रङ्गकर्मी आशान्त शर्माले खगेन्द्रको दातको डोव कथाको कहानी नबताएको भए म यो किताब पढने थिइन होला ।  समकालीन कथा जगतमा सरल बिम्ब र भाषामा यति लयवद्द किताब सायद ठघ साल वरिपरि निस्केको छ जस्तो लाग्दैन । फूलानीका कथाहरु सरल छन । कथाका पात्रहरु साधारण छन । कथाको क्यानभास फराकिलो छ । कतिपय कथाहरुको बुनोटमा स्थानीय स्याङ्जा बाग्लुङ र त्यस वरिपरि प्रयोग हुने जन भाषाको प्रयोग घच्ची तरिकाले गरिएको छ। यो कारण यो कथा सङ्ग्रह क्लिस्ट कोठे साहित्य हुनबाट जोगिएको छ । घनघसे स डाँडामाथिको प्रेम सबाउसापको साइकल जस्ता कथामा स्थानीय जनजीवनको रोचक भाशिका प्रयोग भएका छ्न । कथाहरुलाइ उकृश्ठ बनाउने काम यस्ता भाशिकाको प्रयोगले गरेका छ्न । कथा पढ्दा कतै झर्को र झन्झट लाग्दैन । [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"212398\"] नेपाली कथामा आफ्नुपन नहुनु भाषागत शैलीको अभाव पनि हो ।खगेन्द्रको विशेषता भनेको सरल भाषा र शैली पनि रहेको देखिन्छ । अधिकाम्स कथाहरुमा वाक्य गठन प्रक्रिया एकदम सरल छ चुस्त छ ।छोटो वाक्यबाट पनि भावको तिव्र बिस्तार गरिएको छ । उनको कथाको केन्द्रिय विशेषता बियोग पनि हो । उनको कथाको टुङ्याउनी दुस्खद दुर्घटना जस्तो भएको छ । मिलन भन्दा बिछोड उनको लेखनी पहिचान नै बनेको छ । फूलानी राम्रो प्रेम कथा हो । तर बिछोडको रङले रङ्गिएको । धेरै कथाहरुको शैली फिल्मी पनि छ । प्रत्येक कथा फिल्मको लागि उपयुक्त पनि छन । यश सङ्ग्रहको एकाध कथामा त फिल्म पनि बनिसकेको छ । खगेन्द्ले कतै कसैले फिल्मको पटकथा खोजे भनेपनि फिल्मको लागी पनि होस भनेर यो लौरो नभाची साप मार्ने काम गरेका हुन जस्तो पनि लाग्छ। तर उनले कथाको मर्म र साहित्यिक ओजलाई मर्न दिएका छैनन् । समकालीन पुजी बजार आएको भोगवादी सोचलाई प्रहार गरिएको प्राध्यापकको कार बियोग एक घच्ची कथा हो ।यो सङ्ग्रह सबैभन्दा उत्कृष्ट कथा पनि हो । आजको बजारले मानिसलाई कसरी उपभोक्ताकरण गर्छ रु आफ्नु सपना भन्दा मानिस बजारिया समान लाई किन धेरै प्रेम गर्छ ।कथाको पात्र सुश्री र नन्दप्रसाद बहुत यसको राम्रो उदाहरण हुन ।कला चिन्तनको मृत्यु कसरी हुँदैछ । कथामा रोचक बर्णन छ ।कथाले कलाको सिण्डिकेटको पर्दाफास गरेको देखिन्छ । प्रोपेसरहरु यो कथा पढ्दा उहाँहरुको पेसर बढन पनि सक्छ । नेपाली कथा क्षेत्रले यश किसिमको कथा सङ्ग्रह पाउनु सुखद छ । बधाई खगेन्द्र लामिछाने जी ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies