Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मोदीका सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल

पर्वत। ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ । मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ । विश्रामस्थल निर्माणको शुरुआत भने मोदी गाउँपालिका–५ बाजुङबाट गरिएको छ । अनुभव र योगदानले भरिएका ज्येष्ठ नागरिकको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएकाले यस्तो अभियान सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । पौडेलले गाउँपालिकाले महिला, बालबालिका र ज्येष्ठ नागरिकको हकहितका लागि चालू आर्थिक वर्षमा विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्न लागेको जानकारी दिए । गाउँपालिकाले विश्रामस्थल निर्माणका लागि पहिलो चरणमा वडा नं ५ बाजुङका लागि रु तीन लाख विनियोजन गरेको थियो । गाउँपालिका प्रवक्ता विमल लामिछानेका अनुसार आगामी वर्षदेखि सबै वडामा विश्रामस्थललाई व्यवस्थापन गर्ने गरी बजेट विनियोजन गरिनेछ । ज्येष्ठ नगारिकले समाज र देशका लागि पु¥याएको योगदानको कदरसमेत हुने गरी विश्रामस्थल निर्माण गर्ने अभियान गाउँपालिकाले सञ्चालन गरेको लामिछानले बताए । “आजको समाज निर्माणमा सबै अग्रजको योगदान छ”, लामिछानले भने, “अग्रजको बलिदानीपूर्ण सङ्घर्षका कारण आजको समाज स्थापना भएको हो ।” सङ्घीय सरकारले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तामार्फत सहयोग गर्दै आएकाले स्थानीय तहबाट भने विश्रामस्थल निर्माण गरी ज्येष्ठ नागरिकका अनुभव सुन्ने र दिनचर्या कटाउन सहज बनाउने गाउँपालिकाको योजना रहेको लामिछानेको भनाइ छ । मोदी गाउँपालिकामा आठ वडा छन् । बाजुङबाट ज्येष्ठ नागरिक दिवसका अवसरमा सोमबारदेखि शुरुआत भएको योजना सबै वडामा विस्तार गरी एक वडा एक ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अगाडि बढाइने गाउँपालिकाले जनाएको छ । यस वर्ष वडा नं ५ मा तयार हुनेछ भने आगामी वर्ष आठ वटै वडामा निर्माण गरिने गाउँपालिकाका अध्यक्ष पौडेलले जानकारी दिए । यसअघि सदरमुकाम कुश्माबजारस्थित कुश्मा नगरपालिका–५ ले ज्येष्ठ नागरिक विश्रामस्थल सञ्चालनमा ल्याएको थियो ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies