Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्यक्षद्वय देश बाहिर भएको बेला नेकपामा भने रँडाको मच्चिएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वयले एकलौटी गरेको भन्दै असोज १२ गते दिउँसो बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा ‘चियापान’ नाम दिइएको एउटा भेला नै गरे, अनि सुरु भयो नेकपाभित्र वाकयुद्ध ।

“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ!” pic.twitter.com/5I9Lvwc7je

— Bishnu Rimal (@BishnuRimal) September 28, 2018
अहिले सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकारसमेत रहेका नेकपाका नेता विष्णु रिमाल र नेकपाकै अर्का नेता योगेश भट्टराईबीच आरोप प्रत्यारोप शुरु भएको छ । शुक्रबार रिमालले “मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू गरिन्छ ” भन्दै ट्वीट गरे ।

शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !

— Yogesh bhattarai (@yogesbhattarai) September 29, 2018
रिमालले ट्वीट गरेको २४ घण्टा नबित्तिै भट्टराईले रिमाललाई काउन्टर गरे \'सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा ! । रिमालको ट्वीटले अोली सरकार ढाल्नका लागि नेता नेपाल लागि परेको भन्ने प्रस्टै बुझिन्छ । \"\" नेता नेपाल देश बाहिर भएको बेला अध्यक्षद्वयले प्रदेश इन्चार्ज, अध्यक्ष चयन गरेका थिए । असोज ५ गते बसेको सचिवालय बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको थियो । ११ असोजमा बसेको संसद् बैठकमा नेकपाका नेपाल प्रतिपक्ष जस्तै सरकारको बिरुद्धमा उत्रिए । नेता नेपालले शुरुमै भावुक शैलीमा प्रस्तुत हुँदै भनेका थिए \'मेरो देश डुब्न लाग्यो किनारा लगाइदेउ, माझि छौ कोहि छौ कि किनारा लगाइदेउ, देश डुब्न लाग्यो देशै बचाइदेउ\' । देशमा भइरहेको बलात्कार, एसिड प्रहार जस्ता घटनाले प्रश्न उठिइरहेको उनले रोष्टममा उभिएर भने । भ्रष्टाचार व्यापक छ, रोक्ने कुनै निकाय छ कि छैन् भन्दै प्रश्न गरे । जनताले काम र परिणाम हेर्ने बताउँदै नेता नेपालले भने ‘यो कानले सुन्न पर्ने थिएन्, जुनै जोगि आएपनि कानै चिरिएको ।’ ‘परिणाम दिएपछि बल्ल हामिले शिर ठाडो पारेर हिड्न पाउँथ्यौं । बसमा यात्रा गर्ने नेताहरुले त झन कान नै थुनेर हिड्नुपर्ने अवस्था छ ।’ ‘हिजो मैले एउटा भिडियो हेरेको थिएँ, हाम्रा मन्त्री, सांसद र नेताहरुले हेर्नु भएको कि भएन् थाहा छैन्, गृहमन्त्री ज्यू कहाँ हुनुहुन्छ थाहा छैन्, खुलेआम नेपाल टुक्राउने अभिव्यक्ति दिने राष्ट्रद्रोहिरुलाई पनि त्यत्तिकै छुट दिन्छन् ।’ बौद्ध–साखुको बेहाल बाटोको भिडियो गीतको प्रसंग निकाल्दै काम नगर्नेलाई पुरस्कृत, अपराध गर्नेलाई पनि पुरस्कृत गरेको देख्दा दिक्क लाग्छ ।’ \"\" नेता नेपालको यी भनाईले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीप्रति तिर हानिरहेको प्रष्टै हुन्थ्यो । त्यति मात्रै होईन गृहमन्त्री रामबहादुर थापा बादलको पनि चर्को आलोचना गर्दै भने ‘गृहमन्त्री कहाँ छन्, के गर्दै हुनुहुन्छ थाहा छैन् ।’ नेपाल निकट एक नेताले खबरडबलीलाई बताएअनुसार घानाबाट फर्किएपछि नेपालले ओलीसँग छलफल गरेका थिए । प्रदेश इन्चार्ज र अध्यक्ष चयनको दोष ओलीले इश्वर पोखरेल र झलनाथ खनाललाई थोपरेका छन् । ती नेताका अनुसार नेपालसँग ओलीले पोखरेल र खनालको जोडबलले चयन गरिएको प्रतिक्रिया दिएका थिए । तत्कालिन माअोवादीले एक वटा प्रदेशमा मात्रै इन्चार्ज पाएको थियो भने तत्कालिन एमालेले ६ वटा प्रदेशमा इन्चार्ज पाएको थियो । एमालेले पाएको ६ वटा प्रदेशमध्ये प्रधानमन्त्री ओली समुहले तीन वटा प्रदेश र अर्का नेता माधव नेपाल समुहले तीन वटा प्रदेश इन्चार्ज पाएको छ । त्यस्तै सात प्रदेशका २८ जना पदाधिकारी मध्ये तत्कालिन माओवादी केन्द्रले १२ जना पाएको छ । तत्कालिन एमालेबाट ओली समुहका १२ र माधव नेपाल समुहका ४ जना पाएका छन् । त्यसोत केहि समय अघि प्रधानमन्त्रीअोली नेता/कार्यकर्ताहरूलार्इ पार्टी र सरकारप्रति चाैतर्फि प्रहार भइरहेकाले अरिगांल बन्न सुझाव दिएका थिए । त्यसले सामाजिक सञ्जाल तातिरहेको बेला अहिले रिमाल र भट्टरार्इको अारोप-प्रत्यारोपले सामाजिक सञ्जाल तातेको छ । अझ कतिपय विपक्षिहरूले प्रधानमन्त्री अोलीले अरिगांल बन्न निर्देशन दिएपछि नेता नेपाल अरिगांल बनेको भन्दै सामाजिक सञ्जाल रङ्गिएको छ ।

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies