Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

लखेट्दै लगेर बलात्कार

म्याग्दी । चार जना किशोर किशोरी अन्नपूर्ण गाउँपालिका ५ पाउद्धारमा रहेकी दिदीको घरमा हिँडे । उनीहरु १२ देखि १५ बर्ष उमेर समूहका थिए । अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ - डिरहेका बेला ट्याक्टर भेटिएपछि त्यसैमा चढे । पहिरोका कारण ट्याक्टर गन्तव्यमा पुग्न सकेन । ट्याक्टरले राति करिब ८ बजे अन्नपूर्ण गाउँपालिका ६ घारको धरमपानी खोला नजिकको मुना बाल विकास भवन नजिकै ओराल्यो । ठाउँ एकान्त थियो । रात परीसकेकाले उनीहरु अलमलमा परे । बास खोज्दै गर्दा गाँजा, चुरोट तान्दै गरेका तीन युवा प्रकाश छिनाल, अर्जुन परियार र नवीन परियारको नजर १५ बर्षीया किशोरीमाथि पर्यो । उनीहरुले अपरिचित बालिकाहरुलाई जिस्काउँदै हातपात गरे । आक्रमण हुन थालेपछि बालबालिका मोटरबाटो हुँदै आएको बाटो भाग्न थाले । युवाले भवानीथानसम्म लखेटे । सडकमा बत्ती थिएन । भाग्दै गरेकी १५ बर्षीया किशोरीलाई मुख थुन्दै एकान्ततिर लगे । ८ २० तिर बिजुली आयो । बत्तीको उज्यालोले बाँकी तीन बालबालिकामा साहास आयो । उनीहरु स्थानीयको घरमा पुगे । रातको समयमा रुदै कराउँदै आएका अपरिचित किशोरकिशोरी देखेपछि स्थानीय लीलबहादुर खड्काले सोधीखोजी गरे । उनीहरुले आफूहरुमध्ये एक जनालाई तीन युवाले मुख थुनेर अपहरण गरी लगेको बताए । त्यसपछि अरु स्थानीय भेला भए र बालिका खोज्दै हिँडे । उनीहरुले सडक मुनिको एक खाली गोठमा बालिका रोएको सुने । उनीहरु त्यहाँ पुग्दा बालिका बलात्कृत भइसकेकी थिइन् । तीन जनामध्ये नवीन र अर्जुन भागेको स्थानीयले देखे । तत्काल घार प्रहरी चौकीमा खबर गरे । प्रहरीले बालिका उद्धार गरी चौकी लैजाने क्रममा बाटोमै बलात्कारमा संलग्न युवालाई पक्राउ गरी चौकी पुर्यायो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies