Khabar Dabali Logo
  April 5, Sun

वालिङमा खुल्यो बहुप्राविधिक शिक्षालय

वालिङ। स्याङ्जाको वालिङ १३ बोधिभञ्ज्याङमा बहुप्राविधिक शिक्षालय खुलेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) को आङ्गिक संस्थाको रुपमा आँधीखोला बहुप्राविधिक शिक्षालय सञ्चालनमा आएको हो ।बहुप्राविधिक शिक्षालयमा तीन वर्षे स्नातक तहको बाली विज्ञान विषयमा ४० जना विद्यार्थीले अध्ययन गर्ने छन् । “भदौ २७ देखि फारम वितरण गरेका हौं” शिक्षालयका प्रमुख नवीनकिशोर गैह्रेले भने ।

“ शिक्षालयका लागि नेपाल सरकारबाट ४० लाख र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट रु दुई करोड विनियोजन भएको छ” शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष कबिता गैह्रेले भने, “उक्त रकम भवन निर्माण गर्न सर्वे गर्न र शिक्षालय सञ्चालनमा खर्च हुनेछ ।”केही दिन अघिमात्रै स्वीकृति प्राप्त भएकाले भवन निर्माण भइसकेको छैन । सो शिक्षालय हाल लक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गरेको शिक्षालय प्रमुख गैह्रेले बताए ।

शिक्षालय सञ्चालन गर्न वालिङ नगरपालिका– १३ का ४१ जना स्थानीयवासीले ७० रोपनीभन्दा बढी जग्गा उपलब्ध गराइसकेका छन् । “बाली विज्ञान विषय अध्ययन गर्न अन्यत्रै जानुपर्ने बाध्यता थियो” वडा नं। १३ का अध्यक्ष आनन्द पाठकले भने,“शिक्षालयको सञ्चालनसँगै स्थानीय तहमै अध्ययन गरी आफ्नै खेतबारीमा प्रयोग गर्नसक्ने भएकाले पनि युवालाई आधुनिक र व्यावसायिक कृषितर्फ लाग्न थप ऊर्जा मिल्ने विश्वास लिएको छु ।” रासस

अशोज २ गते, २०७५ - १५:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका कर्मचारीले सुत्केरी र किरिया बिदाबाहेकका बिदा नपाउने, राजीनामा समेत स्वीकृत नहुने

कास्की । गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य...   

पाकिस्तानमा कोरोनाबाट सङ्क्रमितको संख्या २७ सय नाघ्यो, १३ जनाको अवस्था गम्भिर

पाकिस्तान । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ ।अधिकारीहरुले...   

अस्ट्रेलियामा रहेका विद्यार्थीको यथार्थ वास्तविकता बुझ्न मन्त्रीको निर्देशन

काठमाडौं । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा...   

चिकित्सकलाई पिपिई जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ)...   

नेपाल आयल निगमको निर्देशनपछि घरघरमा ग्यास पुग्याे

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ । ग्यास उद्योगले...   

मुसहर बस्तीमा चुल्हो बल्न छाड्यो, कुनै घरमा पनि एक मुठी चामल छैन

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको...   

दुर्गममा यी स्थानहरुमा हवाईमार्फत खाद्यान्न पठाउँदै सरकार

सुर्खेत । हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न...   

विदेशबाट आएका व्यक्तिमा भन्दा बाहेकमा कोरोना संक्रमण छैन : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह...   

कोरोना संक्रमित एक चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण...   

प्रधानमन्त्री ओलीद्वारा चीनप्रति ऐक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top