Khabar Dabali Logo
  April 4, Sat

पोखरालाई शैक्षिक केन्द्र बनाइने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने बताएका छन् ।

संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला समन्वय समिति कास्कीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भौगोलिक अवस्थितिसमेतका आधारमा पोखरा सबैकिसिमका सम्भावनाको स्थल भएको बताए। पोखरामा समयसापेक्ष गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्थाको विकास गरिने उल्लेख गर्दै मुख्यमन्त्री गुरुङ्गले आगामी २० वर्षभित्रमा पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट पाँचौँ शैक्षिकस्थल बनाउने लक्ष्य राखिएको बताए ।

सामुदायिक विद्यलायमा पढाउने तर आफ्ना बालबच्चा निजी विद्यालयमा पठाउने प्रवृत्ति निरुत्साहन गरिनुपर्नेमा जोड दिँदै उनले सबैको सामूहिक प्रयासमा मात्र शिक्षाको गुणस्तरीयता सम्भव हुने उल्लेख गरे । गण्डकी प्रदेश विश्व विद्यालयल स्थापना गरी स्वदेशी एवं विदेशी विद्यार्थीको आकर्षण केन्द्र बनाइनेमा जोड दिँदै मुख्यमन्त्री गुरुङ्गले त्यस्ता स्थल राजनीतिकरुपमा नभई प्राज्ञिक क्षेत्रबाट सञ्चालन गरिने बताए ।

मुख्यमन्त्री गुरुङले सरकारबाट २०७४ मा उत्कृष्ट घोषित कास्कीका सामुदायिकतर्फ शीतलादेवी मावि, संस्थागततर्फ मदरल्याण्ड आवासीय मावि, त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसतर्फ पृथ्वीनारायण क्याम्पस र कक्षा ११÷१२ सञ्चालितमध्येमा अमरसिंह माविलाई सम्मान गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले केही सामुदायिक विद्यालयले पठनपाठनमा उदाहरणीय बन्दै आएको बताउँदै शैक्षिक गुणस्तरीयता अभिवृद्धिमा प्रदेश सरकारको सक्रिय रहनेछ भनेका छन्।

अशोज २ गते, २०७५ - १५:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्यकर्मीलाई पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्यकर्मीलाई पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौ । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ)...   

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या शनिबार सम्म ६८ पुग्यो, दुई हजार ९०० सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ...   

सर्लाहीमा आगलागी हुँदा चार घर जलेर नष्ट, ४२ लाखको क्षति

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा विद्युत् चुहावट भई आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट...   

लकडाउनपछि पोल्ट्री व्यवसाय मारमा

खोटाङ । कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा...   

लकडाउनभर नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमा पुर्याइँदै

कास्की । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले...   

चीनमा शनिवार कोरोनाका कारण मृत्यु हुनेको स्मृतिमा मौनधारण

वेइजिङ । चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरिएको छ । स्थानीय...   

सिन्धुपाल्चोकबाट लकडाउनको मौका छोपी बढी मूल्य लिने व्यापारी पक्राउ

चौतारा । कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा...   

स्वास्थ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउ

दुल्लू । नौमुले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीलाई धम्की दिने दुई जना पक्राउमा...   

नेपालमा थप तीन जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ । यो सँगै नेपालमा कोरोनाको संक्रमित संख्या...   

कोरोना सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक फरार भएपछि…

गलकोट । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top