Khabar Dabali Logo
  April 2, Thu

सिर्दिबास घट्टेखोलामा आएको बाढीले छ घर बगायो

गोरखा । गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ ।

केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए।

लगातारको वर्षाले बढेको खोला थुनिएपछि पानी एक्कासी नागचेततर्फ बग्यो, गाउँपालिका अध्यक्ष गुरुङले भन्नुभयो, “बाढी बस्तीमा पसेपछि नागचेतमा व्यापार व्यवसाय गर्दै आएका मानिसको घर बगायो ।” शुक्रबार दिउँसोदेखि नै घट्टेखोला कहिले यता कहिले उता बग्ने गरेको स्थानीयवासीले आफूलाई जानकारी दिएको भन्दै उनले खोला नागचेततिर फकिर्दा बस्तीमा क्षति पुगेको बताए । “तीन दिनदेखि लगातार पानी परेको थियो, साँझ गडगड आवाज आयो, के हो भनेर हेर्दा खोला पो रहेछ”, स्थानीय बहादुर गुरुङले भने ।

पहिरोले स्थानीय रनबहादुर गुरुङ, मैया गुरुङ, काली गुरुङ, बहादुर गुरुङ, कुमारी गुरुङ र सुरमान गुरुङको घर बगाएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । पहिरोले घर बगाएपछि पीडितलाई नजिकैको सुरक्षित स्थानमा राखिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय गोरखाले घट्टेखोलालाई पहिरोले छेकेर बस्तीमा खोला पसेको जनाएको छ । बस्तीमा खोला पसेपछि पाँच घरमा क्षति पुगेको जानकारी आएको भन्दै अन्य १० घरपरिवारलाई पनि सुरक्षित स्थानमा सारिएको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको र घटनास्थलतर्फ प्रहरी पठाइ सकिएको नेपालको भनाइ छ । एक्कासी बाढी बस्तीमा पसेपछि घरभित्रका लत्ताकपडा, खाद्यान्यलगायत कुनै पनि सामान बाहिर निकाल्न नपाएको पीडितले बताएका छन् ।

भदौ ३० गते, २०७५ - ०७:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगर विपद् कोष खडा, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन

भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले ३ करोड रुपैयाँको नगर विपद् कोष स्थापना...   

चीनबाट थप स्वास्थ्य सामाग्री ल्याउन आज नेपाल एयर ग्वान्जाओ जाने

काठमाडाैं । चीनबाट थप स्वास्थ्य सामाग्री ल्याइँदै छ । स्वास्थ्य सामाग्री ल्याउन नेपाल एयरले बिहीबारका...   

प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको...   
‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

नेपालगन्ज । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु...   
निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान अस्ट्रेलियन दूतावासले गरेको चार्टर्डमा साढे ४५...   

कोरोना संकटका कारण बेलायतमा हुने जलवायु सम्मेलन स्थगित

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बेलायतको ग्लास्गोमा हुने तय भएको जलवायु सम्मेलन...   

भारतमा पछिल्लो १ दिनमै कोरोना भाइरसले २३ जनाको मृत्यु, ६१५ नयाँ संक्रमित

काठमाडौैं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा निरन्तर बढ्दै गएको छ...   
नाकामा पहरा दिन्छन् लिमीवासी, आफन्तको फोनमा ‘लकडाउन’को जानकारी

नाकामा पहरा दिन्छन् लिमीवासी, आफन्तको फोनमा ‘लकडाउन’को जानकारी

हुम्ला । हिमाल पारीको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रासबाट पूरै गाउँलाई...   
कोरोना संक्रमणबाट हलिउड अभिनेता ज्याकको निधन

कोरोना संक्रमणबाट हलिउड अभिनेता ज्याकको निधन

एजेन्सी । प्रसिद्ध हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको...   

भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त

काठमाडौं । भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top