Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्रशासनको सेवा प्रवाह चुस्त

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङले सेवा प्रवाह चुस्त बनाएको छ । कार्यालय पुग्दा ढिलासुस्ती, अव्यवस्था व्यहोरेका सेवाग्राही अहिले सन्तुष्ट छन् । प्रशासनको काम, कारबाहीप्रति जनगुनासो पनि घट्दो छ । सेवा प्रवाह छरितो र झन्झटरहित बनाउन नयाँ सुविधा थपिएको छ । कार्यालय परिसरमा पहिलोपटक सहायताकक्ष स्थापना भएको छ । त्यहाँ बस्ने कर्मचारीले विभिन्न शाखामा हुने कामबारे सेवाग्राहीलाई जानकारी दिने, कागजात मिलाइदिनेजस्ता काममा सघाउँछन् । सेवा लिन सहयोगी व्यक्ति लानुपर्ने अवस्थाको अन्त्य भएको छ । निवेदन, सिफारिश, फारममा लाग्ने शुल्क हटाइएको छ । ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति, अशक्तलाई लाममा बस्नु नपर्ने व्यवस्था गरिएको छ । इन्टरनेट सुविधाको लागि ‘फ्रि वाइफाइ’, विद्युतीय बडापत्र, विश्रामस्थल, प्रतिक्षालय बनाइएको छ । “सहायता कक्षबाटै निवेदन लेखिदिन्छौँ”, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले भन्नुभयो, “सेवाग्राहीले शुल्क तिरेर निवेदन लेखाउनुपर्ने, बाहिरी व्यक्तिको सहयोग चाहिने अवस्था छैन ।” कार्यालयले दलित, जनजाति प्रमाणितमा यसअघि लिइँदै आएको शुल्क पनि हटाएको छ । त्यस्तै दु्रतसेवाबाट राहदानी लिने सेवाग्राहीको लागि कार्यालयमै निःशुल्क रूपमा फारम भर्ने व्यवस्था मिलाइएको छ । भनसुन र अन्य मनशाय राखी हुने गलत क्रियाकलाप रोकिएका छन् । कार्यालयकै पहलमा सूचना अधिकारीको सञ्जाल गठन गरी सूचनाको संस्कृति बसाल्न प्रयास थालिएको छ । जिल्लास्थित सरकारी कार्यालयले सम्पादन गरेका काम र प्रगति सार्वजनिक गर्न मासिक रूपमा पत्रकार भेटघाट गर्ने थिति बसेको छ । व्यवस्थापकीय पक्ष सुधार गर्दा कार्यालयको सेवा प्रवाह चुस्त बनेको हो । “हामीले नागरिकप्रतिको उत्तरदायित्व बहन मात्र गरेका हौँ” प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले भन्नुभयो, “साना कामबाट पनि सुधार ल्याउन सकिने रहेछ” ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies