Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

कर्मचारी अभावमा काम गर्न समस्या भएको मन्त्री पुनको गुनासो

म्याग्दी । गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारसँग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताएको छ । बेनीमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गर्नुहुँदै मन्त्री पुनले प्रदेश सरकारमातहत कर्मचारी नभएको र भएका कर्मचारीले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परेको बताए । कर्मचारीले आफू सङ्घीय सरकारको मात्र भएजस्तो व्यवहार र कार्यशैली देखाएकामा आक्रोश व्यक्त गर्दै मन्त्री पुनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारीको गैरजिम्मेवार र असहयोगी कार्यशैलीका कारण स्वास्थ्य क्षेत्र भद्रगोल बनेको गुनासो गरे । सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयको लापर्बाहीका कारण सुगम क्षेत्रमा चिकित्सक थुप्रिने र दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारण मर्कामा परेको भन्दै उहाँले बेनी अस्पतालमा प्रमुख पठाउने विषयमा स्वास्थ्य मन्त्रालयका सचिवले आफूलाई ढाँटेको बताए । मन्त्री पुनले जडिबुटीखेती विस्तार गरेर आयुर्वेदिक औषधि उत्पादन गर्ने, योग कक्षा सञ्चालन गर्ने र जीवनशैली सुधारका लागि कार्यक्रम तय गरिएको बताए। प्रदेश सरकार अघि बढ्न खोजे पनि सङ्घीय सरकारसँग तालमेल नमिलेको उनको अनुभव थियो । यसअघि सङ्घीय सरकार मातहत रहेको आयुर्वेद स्वास्थ्य केन्द्र अबदेखि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत रहने कार्यालय प्रमुख रमेश शर्मा भुषालले बताए । उहाँले कार्यालयको सेवा प्रवाहको अवस्था र गतिविधिबारे जानकारी गराएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies