Khabar Dabali Logo
  April 2, Thu

विद्यार्थीमाथि हातपात प्रकरणः छानविन समिति बनाउने तयारी

नवलपरासी । सुनवल नगरपालिकास्थित एक सामुदायिक विद्यालयका शिक्षकले विद्यार्थीमाथि गरेको दुव्र्यवहारसहित हातपात गरेको घटनाबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउन माग गरिएको छ ।

सुनवलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारीले विद्यार्थीमाथि दुव्र्यवहार गरेको घटना बाहिर आएपछि स्थानीयवासीको माग बमोजिम छानबिन समिति बनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए ।

दुव्र्यवहार गर्ने शिक्षकद्वयलाई विद्यालयबाट हटाउनुपर्ने माग गर्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । उनीहरूलाई नहटाएसम्म थप सशक्त आन्दोलन गर्ने पीडित विद्यार्थी अर्जुन गुप्ताले जानकारी दिनुभयो ।

केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ । विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरे ।

कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए ।

विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरूमाथि हातपातसमेत गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ ।

उजुरी पछि विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्वन गरेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले जानकारी दिए ।

विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारबाहीको माग राख्दै सुनवल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । उक्त नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुव्र्यवहार र हातपात भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको हो । रासस

भदौ २८ गते, २०७५ - १०:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

काठमाडौं । सरकारद्वारा बहुचचिर्त स्वास्थ्य सामाग्री खरिद प्रक्रिया स्विकृत गरेको ओम्नी कम्पनि विवादमा...   

अमेरिकामा एकैदिन १०४९ को मृत्यु, साढे २६ हजार संक्रमित

अमेरिका । अमेरिकामा कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बुधबार...   

कोरोना अपडेट : भयावह बन्दै स्थिति, मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । हाललसम्म कोरोनाका कारण ४७...   

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच स्वास्थ्य सामाग्रीदेखि सिमानाका नेपालीबारे छलफल

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र...   

स्पेनमा थप तीन जना नेपालीमा कोरोना

काठमाडौं । स्पेनमा थप तीनजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास...   

काठमाडौंका ६ स्थानबाट ग्यास बिक्री गरिँदै, कहाँ–कहाँबाट ? (सूचीसहित)

काठमाडौं । काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदैछ । नेपाल ग्यास उद्योगले बुधबारदेखि शुक्रबारसम्म...   

कोरोना परीक्षण उपकरण धनगढी पुग्यो : अब परिक्षण सुरु हुने

धनगढी । सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका...   

रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुरा । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका...   
सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ। महामारीबाट २००...   
कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top