Khabar Dabali Logo
  April 2, Thu

गैँडाकोटमा मेयर भर्सेस उपमेयरः अार्थिक पारदर्शी नभएको भन्दै उपमेयरले गरिन तालाबन्दी

नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ ।
उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीको माग राख्दै कार्यालयमा गरेकोे तालाबन्दी र नगर प्रमुख छत्रराज पौडेलले उपप्रमुखले नियमविपरीत कार्यालयमा तालाबन्दी गरेको आरोप लगाएपछि दुबैपक्ष बिचको विवाद चुलिएको थियो ।

आर्थिक पारदर्शीता र सुशासनको माग गर्दै गैंडाकोट नगरपालिकाको कार्यालयमा मङ्गलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेलसहितको छलफलपछि खोलिएको थियो ।

आर्थिक वर्ष २०७४/७५ को अषाढ महिनाको हिसाबकिताब हेर्न पाउने सहमति बनेपछि ताला खोलिएको गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले बताइन् ।

हिसाबकिताब जाँचबुझका लागि प्रमुख कोष नियन्त्रक महेशशरण भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ

पटकपटक नगरकार्यपालिकाको बैठकमा आर्थिक पारदर्शिताका लागि माग गर्दा पनि सुनुवाइ नभएको हुँदा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उपप्रमुख कँडेलको भनाइ थियो भने नगर प्रमुख पौडेलले उपप्रमुखले नियमभन्दा बाहिर रहेर आरोप लगाएको र आर्थिक पारदर्र्शीता रहेको दाबी गरेकि छिन् ।

उक्त नगरपालिकाबाट भएका विकास निर्माणलगायतका खर्चको हिसाबकिताब जिम्मेवार जनप्रतिनिधिलाई जान्नबाट बञ्चित गराएको आरोपमा उपप्रमुखलगायत बहुमत सदस्यले मङ्गलबार तालाबन्दी गरेका थिए । रासस

भदौ २८ गते, २०७५ - १०:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

स्वास्थ्यसमाग्री खरिदकर्ता रहस्यमयी ओम्नी ग्रुप : खोतल्दै जाँदा यस्तो भेटियो !

काठमाडौं । सरकारद्वारा बहुचचिर्त स्वास्थ्य सामाग्री खरिद प्रक्रिया स्विकृत गरेको ओम्नी कम्पनि विवादमा...   

अमेरिकामा एकैदिन १०४९ को मृत्यु, साढे २६ हजार संक्रमित

अमेरिका । अमेरिकामा कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । बुधबार...   

कोरोना अपडेट : भयावह बन्दै स्थिति, मृतक संख्या ४७ हजार नाघ्यो, साढे ९ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ हजार नाघेको छ । हाललसम्म कोरोनाका कारण ४७...   

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबिच स्वास्थ्य सामाग्रीदेखि सिमानाका नेपालीबारे छलफल

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र...   

स्पेनमा थप तीन जना नेपालीमा कोरोना

काठमाडौं । स्पेनमा थप तीनजना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास...   

काठमाडौंका ६ स्थानबाट ग्यास बिक्री गरिँदै, कहाँ–कहाँबाट ? (सूचीसहित)

काठमाडौं । काठमाडौंका ६ स्थानबाट नेपाल ग्यास बिक्री गरिँदैछ । नेपाल ग्यास उद्योगले बुधबारदेखि शुक्रबारसम्म...   

कोरोना परीक्षण उपकरण धनगढी पुग्यो : अब परिक्षण सुरु हुने

धनगढी । सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका...   

रुघाखोकीले तीन सय परिवार प्रभावित

बाजुरा । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका...   
सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

सेनाले बनायो ३० ‘हाइकेयर’ सहित १०० शय्याका आइसोलेसन

काठमाडौं ।  कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ। महामारीबाट २००...   
कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

कोरोनाभाइरसः विशेष उपकरण बनाउन खोज्ने वैज्ञानिकको नाकमा चुम्बक अड्किएपछि…

मानिसहरूलाई कोरोनाभाइरस सङ्क्रमणको सम्भावनाबाट जोगाउन एउटा विशेष उपकरण बनाउन लागेका एक अस्ट्रेलियाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top