Khabar Dabali Logo
  April 5, Sun

तीज गीतमा एउटै स्वरः फोहरलाई बनाउँ मोहर

‘सुन्नुहोस दिदी बहिनी सुन्नुहोस् दाजुभाइ, 
वातावरण विषयको गीत वरिलै । 
सरसफाइ शुरु गरौ टोल वासी वडाले 
वातावरणमा ध्यान दिनुहोस् ठूला बडाले ।’

पोखरा । महिलाका दुःख सुख, पीडा व्यथालाई गाइने तीजका गीत पछिल्ला वर्षमा समाजका विभिन्न पक्षको चित्रण गरी सन्देशसमेत दिन थालिएको छ ।

उल्लेखीत गीत हरितालिका तीजका अवसरमा वातावरण संरक्षणलाई जोड दिँदै आयोजित एक प्रतियोगिताका अवसरमा पोखरामा गाइएको हो । नेपाली महिलाको महान पर्व तीजको अवसरमा आमाहरूले गीतमार्पmत शहरमा बढेको फोहरलाई मोहरमा बदल्न सकिने सन्देश दिँदै यस्ता गीत गाउँन थालेका हुन् ।

फोहरलाई वर्गीकरणको आधारमा कुहिनेलाई घरभित्रै र नकुहिनेलाई विभिन्न आकर्षक सामाग्री निर्माण गरेर थप आम्दानीको स्रोत बनाउन थालिएको छ । प्रयोगमा नआउने वस्तुलाई गाडीमा पठाउनु पर्नेमा तीज गीत प्रतियोगिताका सहभागी आमा समूहले जोड दिएका हुन् ।

‘माथिबाट ढलसँगै बगी आउने फोहर 
त्यही फोहरलाई सबै मिलि बनाउ मोहर । 
कुहिने फोहोर जति करेशा बारिमा, 
नकुहिने फोहोरलाई फालौ गाडीमा ।’

फोहरबाट हुने असर एवं व्यवस्थापन विषयमा पोखरा महानगरपालिका–१७ द्वारा आयोजित अन्तर आमा समूह तीजगीत प्रतियोगितामा पर्यटकीय शहर पोखरामा दिन प्रतिदिन बढेको फोहर प्रति चिन्ता व्यक्त गर्दै न्यूनिकरण गर्न जनप्रतिनिधिलाई सचेत गराइएको थियो ।

‘सबै मिलि जिताएका जनप्रतिनिधिले, 
सफा राख्न सिकाउनुस् है नयाँ विधिले ।’

कतिपय आमा समूहले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने प्लाष्टिक जलाउनुभन्दा विभिन्न सजावटका सामग्री बनाएर घरमा नै सजाउन सकिने सन्देशमूलक झाँकीसमेत प्रस्तुत गरेका थिए । आ–आफ्नो पोशाकमा सहभागी प्रत्येक समूहले कुहिने र नकुहिने फोहरको वर्गीकरण, फोहोर उचित व्यवस्थापन गरिनुपर्नेमा जोड दिँदै एक घर दुई विरुवा अभियानलाई प्रभावकारी बनाउँदै वातावरण स्वच्छ राख्न गीतको भावमा समेटेका थिए । नारी शक्ति जागरण आमा समूह आँखा अस्पताल चोकका अध्यक्ष शिशिर गोदारले – १७ नं. वडा पोखराको फोहोर फाल्ने क्षेत्र बन्दै गएकोमा दुःख व्यक्त गरे ।

‘न पेटीमा बाल्टी छ न पोलमा लाइट, 
१७ नं. वडा हुँदैछ डम्पिङ साइट ।’

पोखरा शहरको दक्षिणी भेगमा अवस्थित उक्त वडामा शिरदेखि आउने भलले मरेका जनावरसहित फोहर बगाएर ल्याउने र महानगरको फोहर उठाउने गाडी समयमा नआउँदा दुर्गन्ध फैलिएर मानव स्वास्थ्यमा असर पार्ने गुनासो छ ।

‘घरघर तुलसी रोप चोकमा वर पीपल, 
चारैतिर सफा भए वस्छन् शीतल ।’ 

कार्यक्रम संयोजक राधीका योगीका अनुसार प्रतियोगितामा वडाका १९ वटा आमा समूहले भाग लिएका थिए । फोहर व्यवस्थापन र वातावरणीय सुधारका पक्षमा आमा समूहले उठाएका समस्या समाधानका लागि सहकार्य गरेर अगाडि बढ्ने वडा अध्यक्ष तीर्थ अधिकारीले बताए । तारे होटलमा दर खाएर गहना र कपडामा रमाएर भडकिलो नभई मौलिक सांस्कृतिक संरक्षणसहित समाज, पर्यावरणीय एवं मानव स्वास्थ्य सुधारसहित उद्यमी बन्न सन्देश दिएर तीज पर्व विस्तारै रुपान्तरित हुँदै जानुलाई महत्वका साथ हेरिएको छ । रासस

भदौ २७ गते, २०७५ - १३:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भरखरै सकिएको मन्त्रिपरिषदले लकडाउनबारे गर्यो यस्तो निर्णय

काठमाडौं । आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनबारे कडा निर्णय गरेको छ । निर्णयअनुसार अब एक...   
कोरोनाको खोप पत्ता लागेको अमेरिकी डाक्टरहरुको दावी

कोरोनाको खोप पत्ता लागेको अमेरिकी डाक्टरहरुको दावी

काठमाडौं । अमेरिकाका डाक्टरहरुको दावी अनुसार उनीहरुले कोरोनाको खोप पत्ता लगाएका छन् । पिटर्सवर्ग...   

कोरोना भाइरस – चिनियाँ भ्याक्सिनको सफल परीक्षण हुँदै

काठमाडौं । चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयमसेवकको...   

डोनाल्ट ट्रम्पको घमण्ड – मास्क जरुरी छैन, म मास्क लगाउँदिनँ

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने सुझाव आफ्ना लागि नभएको भन्दै मास्क प्रयोग...   

बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी...   

भारतमा एक नेपालीमा भेटियो कोरोना संक्रमण

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी...   
राष्ट्रिय युवा संघका जिल्ला नेताको मृत्यु

राष्ट्रिय युवा संघका जिल्ला नेताको मृत्यु

पाँचथर । राष्ट्रिय युवा संघका जिल्ला सहसंयोजक एवं जिल्लाको फिदिम–५, का वडा अध्यक्ष लीलाराज तुम्बापोको...   

नेपाली सेनाले टेण्डर रद्द गर्यो, जिटुजी प्रक्रियामा जाने

काठमाडौं । नेपाली सेनाले कोरोना रोकथामका लागी स्वास्थ्य सामाग्री खरिद गर्न आव्हान गरेको खरिद प्रक्रिया...   

कोरोना कहर : विश्वभर कहाँ के भयो ? अमेरिकामा मात्रै १३ सय बढीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको...   
यी हुन् कोरोनाले रोकिएका विश्वका प्रमुख खेल (सूचीसहित)

यी हुन् कोरोनाले रोकिएका विश्वका प्रमुख खेल (सूचीसहित)

टोकियो । कोरोना भाइरस महामारीले विश्व नै ठप्प भएको बेला खेलकुद अछुतो हुने कुरै भएन । कोरोना भाइरसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top