Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बसपार्कको जमिन अतिक्रमण : ४३ वर्षमा पनि बनेन पोखरा बसपार्क

पोखरा । पोखराको मुख्य बजार पृथ्वीचोकमा ४३ वर्षअघि बसपार्क निर्माण गर्न अधिग्रहण गरिएको जमिन अतिक्रमणको चपेटामा साँघुरिँदै गएको छ । आधुनिक बसपार्क बनाउने योजनाका साथ २०३२ सालमा सरकारले जमिन अधिग्रहण गरे पनि जमिन अतिक्रमणमा पर्दा बसपार्क बन्न नसकेको हो । सरकरले बसपार्कका लागि २ सय ५ रोपनी जमिन अधिग्रहण गरेको थियो । अधिग्रहण गरिएको मध्ये १९ रोपनी जमिन पृथ्वी राजमार्गमा परेर काटिएपछि १ सय ८६ रोपनी बाँकी रहेको थियो । अधिग्रहण गरी सकेको जमिन सट्टापट्टाको नाममा ०६० सालमा तत्कालीन नगर विकास समितिका पदाधिकारीले जग्गाधनीलाई बस पार्कको २० रोपनी ५ आना र होटल व्यवसायीलाई १६ रोपनी १४ आना गरी ३८ रोपनी जमिन दिएका थिए । सोही कारण बसपार्क बन्न नसकेको पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले बताए । पृथ्वी राजमार्गले काटेर बचेको १ सय ८६ रोपनी जमिनमा ०६४र६५ सालमा बस पार्क बनाउन योजना तयार गरी निर्माण प्रक्रिया अघि बढाउँदै गर्दा भूमाफियाले आफूलाई पदबाटै हटाएको पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष लामिछानेले सुनाए । त्यसबेला ५ सय सवारीसाधन अट्ने, टर्मिनल भवन, आधुनिक शौचालय, सभाहल, प्राथामिक उपचार केन्द्र, हरियाली पार्कसहितको १० करोडको लागत स्टिमेट गरी बस पार्क बनाउने प्रक्रिया अघि बढाइएको लामिछानेले सुनाए । तर बसपार्क बनाउने र प्लटिङ गरी जमिन बिक्री माफियाबीचको द्वन्द्वका कारण बस पार्क नबनेको उनले बताए । अहिले पृथ्वीचोकको १ सय ४८ रोपनी १२ आना बसपार्कको जमिन पोखरा उपत्यका नगर विकास समितिको नाममा दर्ता छ । बाँकी जमिन पनि अतिक्रमणकै चपेटामा परेको छ । विकास निर्माणका विषयमा एक भएर अघि बढ्ने भन्दा पनि भोटको राजनीतिमा रमाउने राजनीतिक पार्टीको अभ्यासले बसपार्क अलपत्र परेको पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले बताए । उनले भने, ‘भोटको राजनीति चलिरहेसम्म बसपार्क बन्न सक्दैन ।’ पोखरा बसपार्कका जमिनमा हाल करिब ५ सय सुकुमबासीले टहरा बनाएर बसेका नगरविकास समितिको आँकडा छ । वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूको उचित व्यवस्थापन गरेर बसपार्क बनाउन सकिने भए पनि राजनीतिक दल उदासीन रहेको उनले सुनाए । समितिलाई अधिकारविहीन बनाउँदा सबै राजनीतिक पार्टीबीच सहमति बनाएर बसपार्क बनाउनेलगायत काम गर्न नसकेको उनले ठम्याइ छ । नियमित गर्ने काम पनि खोसेर महानगरपालिकाले उपत्यका नगर विकास समितिलाई नाम मात्रको कार्यालय बनाएको उनले आरोप लगाए । अतिक्रमणमा परेको बसपार्कको जमिनको छिट्टै छानबिन गरिने महानगरका मेयर मानबहादुर जिसीले बताए । छानबिनपछि बसपार्कलाई सिटी बसपार्कको रूपमा विकास गरिने उनले जानकारी दिए । लेखनाथको लामेआहालमा प्रदेशस्तरको बसपार्क बनाउन प्रस्ताव गरिएको र अन्य दुई ठाउँमा पनि त्यस्तै बसपार्कका लागि जमिन हेरिएको मेयर जिसीले बताए । छुट्टै पर्यटन बसपार्क पनि बनाउने महानगरको योजना रहेको उनले सुनाए । पोखरास्थित यातायात व्यवस्था कार्यालय गण्डकीमा पाँच हजार पाँच सय २६ वटा सार्वजनिक सवारीसाधन रुट इजाजत लिएर चल्दै आएका छन् । यसैगरी ५ हजार ठूला तथा मिनी बसले वटा रुट इजाजत लिएर दैनिक कुनै न कुनै समय पोखरा हुँदै गुड्छन् । यति धेरै सवारीसाधन पोखरामा कुनै न कुनै माध्यमबाट गुड्ने गरे पनि गण्डकी प्रदेशको राजधानी पोखरामा अहिलेसम्म एउटा पनि व्यवस्थित बसपार्क बन्न सकेको छैन । जसका कारण सवारीसाधन सडकमै पार्किङ हुँदै आएका छन् । गण्डकीमा ४६ हजार २ सय ३८ कार, बस, ट्र्याक्टर, ट्रक, जिप, भ्यानलगायत चारपांग्रे सवारी दर्ता रहेको यातायात व्यवास्था कार्यालय गण्डकीका सूचना अधिकारी डम्बरबहादुर चन्दले जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies