Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सुपर घलेम्दी र नेपाल विद्युत् प्राधिकरणबीच पिपीए सम्झौता

म्याग्दी। सुपर घलेम्दी जलविद्युत् आयोजनाको विद्युत् खरीद बिक्री सम्झौता (पिपीए) भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बन्न लागेको ९.१४ मेगावाट क्षमताको उक्त आयोजनाको प्रवद्र्धक कम्पनी सुपर घलेम्दी हाइड्रोपावर प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच पिपीए सम्झौता भएको हो । हिउँदमा प्रतियुनिट आठ रुपैयाँ चार पैसा तथा बर्खामा प्रतियुनिट रु चार रुपैया आठ पैसाका दरले विद्युत् खरीद बिक्री सम्झौता भएको सो आयोजनाका संस्थापक मनप्रसाद कँडेलले जानकारी दिए । पिपीए सम्झौतापछि पूर्वाधार निर्माणको अनुमतिपत्र लिने प्रक्रिया अघि बढाइएको छ । आयोजनाले आगामी मङ्सिरदेखि पूर्वाधार निर्माण थाल्नेछ । सो आयोजनाको बाँध घलेम्दी खोलाको मुहानमा रहेको छ । बाँधभन्दा २०० मिटरमाथि विद्युत् गृह रहने सुपर घलेम्दीको सुरुङ २.५ किलोमिटर तथा पेनस्टक पाइप एक किलोमिटरको हुनेछ । मुलुकका विभिन्न क्षेत्रमा कार्यरत इञ्जिनीयरको अगुवाइमा निर्माण हुन लागेको उक्त आयोजनाले २०८० साल चैतदेखि विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीका अध्यक्ष अनन्तराज घिमिरे कम लागत र छोटो समयमा आयोजना निर्माण गरिने बताउछन् । दश प्रतिशत साधारण शेयर, दश प्रतिशत प्रभावित शेयर तथा दश प्रतिशत संस्थापक शेयर रहने उक्त आयोजनाको वित्तीय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । रन अफ द रिभर प्रकृतिको आयोजनाबाट उत्पादित विद्युत् चार किलोमिटर टाढा दाना सब स्टेशनमा पु¥याएर कालीगण्डकी कोरिडोरमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिनेछ । नारच्याङमा हाल ५ मेगावाटको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १०० मेगावाटको नीलगिरि र नीलगिरि क्यास्केट आयोजना निर्माण भइरहेको छ । एक सय ६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जको निर्माणस्थलसमेत नारच्याङ नै हो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies