Khabar Dabali Logo
  July 7, Tue

व्यक्तिको नामको जग्गा मन्दिरको ठहर भएपछि..

पोखरा। व्यक्तिको नाम देखिएका पोखरा लेखनाथ महानगरपालिका–३ स्थित नारायणस्थान मन्दिरको ५० रोपनी जग्गालाई गुठी संस्थान काठमाडौँले सोही मन्दिरको जग्गा भएको ठहर गरेको छ ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले आज यहाँ पत्रकार सम्मेलन गरी नौवटा कित्तामा रहेको सो जग्गा गत साउन ३० गते नारायणस्थान गुठीको नाममा कायम गरिएको सो अवसरमा जानकारी गराइयो ।

सो समितिका अध्यक्ष महेश पराजुलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानकै जग्गा ठहर गरी कानूनबमोजिम गुठीको स्वामित्व नभएसम्म हक हस्तान्तरण हुननसक्ने व्यवस्थातर्फ आवश्यक सचेतना अपनाई सो गुठीको जग्गा संरक्षण गर्नका लागि २०७३ साल माघ १० गते गुठी संस्थानमा पत्र पठाएपछि सो जग्गा नारायणस्थान गुठीमा प्राप्त भएको बताए ।

नारायणस्थान धार्मिक क्षेत्र विकास समितिले उक्त जग्गा पोखरा लेखनाथ नगरपािलका–१४ मा ६ वटा कित्ता, वडा नं १६ मा दुई र १३ मा एउटा कित्ता रहेको जानकारी गराइयो ।

विसं १९४२ मा ब्रह्मचारी गणेश गिरीले सो मन्दिरमा स्थापना गरिएका लक्ष्मीनारायणको पूजापाठ, अतिथि सेवा, कृष्णजात्रा र पूजारीको खान्की समेतका ५० रोपनी जग्गा दानपत्र गरेका थिए ।

भदौ ९ गते, २०७५ - १३:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो । सोमबार...   

पहिरोको कारण बेँसीशहर–चामे सडक अवरुद्ध

लमजुङ । अविरल वर्षाले पहिरो जाँदा गए रातिदेखि बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । पहाडी जिल्ला लमजुङ...   

ओली–प्रचण्डबीच आजपनि ‘वान टु वान’ वार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल...   

हिलाम्मे सडक : हरेक वर्ष करोडौँ बजेट विनियोजन हुने तर बनेन पुल, यात्रुलाई सकस

सुर्खेत । कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्मे भएको छ । सडकमा यातायातका साधनमात्रै...   

कटेजमा ताल्चा : बैंकमा ऋण, तनावमा पर्यटन व्यवसायी

झापा । झापा, कन्काई नगरपालिकाका डिपी आचार्य अहिले तनावमा छन् । इलामको सूर्योदय नगरपालिकास्थित अन्तुमा...   

सिन्धुपाल्चोकको जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध...   

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

पेरिस। पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको...   

किस्ता भुक्तानीका लागि ताकेता गरेपछि यातायात व्यवसायीले बैँकमा बुझाए गाडीको चाबी

कास्की । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका...   

रसुवागढी नाकाबाट आजदेखि सामान आयात शुरू

रसुवा । रसुवागढी नाकाबाट आजदेखि चिनियाँ सामग्री नेपाल भित्रिन थालेको छ । कोभिड –१९ जोखिमका कारण गत...   

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, अर्का घाइते

कास्की । पोखरामा आज भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति घाइते भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top