Khabar Dabali Logo
  April 2, Thu

यस्तो मेयर जसले गरे आफ्नो तलबबाट विद्यार्थीलाई सहयोग

पर्वत । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले आफ्नो तलब भत्ताबाट विपन्न परिवारलाई सहयोग गरेका छन् ।

नगर प्रमुख भएबापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गरेका जोशीले तलब भत्ताको रकमले सहयोग प्रदान थालेको हो । नगरप्रमुख जोशीले “राजनीति जनताका लागि गर्ने हो पैसा कमाउनका लागि होइन” भन्ने उदाहरण देखाउँदै आफ्नो सबै तलब भत्ता जनतालाई बाँड्न थालेको बताए । उनले कुश्मा नगरपालिकास्थित जगदम्बा प्राविका २६ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गरेको हो । जोशीले आइतबार पनि कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविका एक छात्रलाई वार्षिकरुपमा चाहिने शैक्षिक सामग्री र पोशाक वितरण गरे ।

आर्थिक अवस्था विपन्न भएका परिवारलाई सहयोग गर्ने उद्देश्य आफूले लिएको बताउँदै जोशीले आफ्नो तलब रकम सबै जनताकै करको रकम भएकाले जनतालाई नै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गत आर्थिक वर्षमा नगरपालिकाबाट प्राप्त भएको सबै रकम उनले विभिन्न क्षेत्रमा सबै सहयोग गर्ने यसअघि नै घोषणा गरेको हो ।

करका दायरा बढ्दै जाँदा यतिबेला करको विरोध भइरहेको छ । प्रदेश सरकारले स्थानीय तहले उठाएको करबाट नै स्थानीय जनप्रतिनिधिको पारिश्रमिकको व्यवस्थापन गर्ने निर्णय यसअघि नै गरिसकेको छ । नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेसँंगै करका दायरामा समेत स्थानीय तहले वृद्धि गरिरहेको अवस्थामा कुश्मा नगरपालिकाले कर नबढाउने जनाएको छ ।

भदौ ४ गते, २०७५ - ११:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउन’को अवज्ञा गर्ने एक हजार सवारी साधन कारवाहीमा

दाङ । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ...   

प्रदेश १ बाट शङ्कास्पद ५४ जनाको नमूना सङ्कलन

विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड—१९) का शङ्कास्पद ५४ जनाको नमूनामा सङ्कलन गरिएकोमा ४२...   

कोरोना भाइरसको जोखिमका कारण १७ जना बन्दी रिहा

वीरगञ्ज । कोरोना भाइरस (कोभिड— १९)को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना...   

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना...   

अस्ट्रेलियामा कोरोनाभाइरसको खोपको पशु स्वास्थ्य प्रयोगशालामा परीक्षण शुरु

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस...   

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतिलाई कोरोना संक्रमण

तेल अभिभ । इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य...   

अमेरिकामा कोरोना भाइरसबाट छ हप्ताको शिशुको मृत्यु

कनेक्टीकट । संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका...   

भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित ह्वात्तै बढ्यो, २४ घन्टामा ४३७ नयाँ थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको...   

मेडिकल सामग्री लिन वाइड बडी जहाज चीनको ग्वाङजाओतर्फ, आजै राति काठमाडौँ फर्कने

काठमाडौं । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...   

जतिसुकै नेपाली भए पनि भारत सरकारले उतै प्रबन्ध गर्नुपर्छ – उपप्रम पोखरेल (विशेष अन्तर्वार्ता)

काठमाडाै‌ । नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top