Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

रत्नमन्दिर र हिमागृहलाई संग्रहालय बनाइने

कास्की । पूर्वराजपरिवारले प्रयोग गरेको पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित रत्नमन्दिर र हिमागृहलाई संग्रहालय बनाउने तयारी भएको छ । गण्डकी प्रदेश सरकारले संघीय सरकारको अनुमति लिएर नेपाल ट्रस्टमातहतमा रहेका रत्नमन्दिर र हिमागृहलाई संग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दुवै स्थानलाई संग्रहालयका रूपमा विकास गरी सर्वसाधारणसँगै पर्यटकका लागि खुलाउने तयारी भइरहेको बताए । प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारमा रहेको रत्नमन्दिरलाई संग्रहालयका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने पर्यटनमन्त्री लम्सालले बताए । नेपालीसँगै संसारभरका पर्यटकलाई नेपालको शासनसत्ताबारे अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने स्थलका रूपमा विकास गरी संग्रहालयको रूप दिने उनको भनाइ छ । यसलाई ‘लेक म्युजियम’ र जैविक विविधता अध्ययन गर्ने स्थल बनाएर पर्यटकीय गतिविधि बढाउन सकिने मन्त्री लम्सालले वताए । केही महिनाभित्रै पोखरामा एउटा नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने प्रदेश सरकारको तयारी छ । पूर्वराजपरिवारले विन्टर प्यालेसका रूपमा प्रयोग गर्दै आएको रत्नमन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रूपमा संग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने स्थानीयले समेत माग गर्दै आएका थिए । रत्नमन्दिर पूर्वराजपरिवारका सदस्यहरू पोखरा आउँदा बसोवास गर्ने ठाउँ हो ।‌ वीरेन्द्र शाहको नाममा रहेको रत्नमन्दिर राजनीतिक परिवर्तनसँगै सरकारको स्वामित्वमा आएको थियो । ०१४ मा राजा महेन्द्रले पोखरा आवतजावत गर्दा बस्न मिल्ने गरी कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गरेका थिए । महेन्द्रका पालामा बनेको दरबार पछि पुस्तान्तरण हुँदै वीरेन्द्रको नाममा आएको थियो । १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ०६७ देखि नेपाल ट्रस्टको स्वामित्वमा छ । रत्नमन्दिरमा के छ पत्तो छैन रत्नमन्दिर र हिमागृह कस्तो छ र के–कस्ता सामान छन् भन्ने अझै पत्तो छैन । सरकारको मातहतमा आएको एक दशक हुन लाग्दासमेत सर्वसाधारणका लागि रहस्यमय नै छ । काठमाडौंमा नारायणहिटी दरबारलाई संग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गरे पनि पोखरामा त्यसो हुन ढिलाइ भएको गुनासो छ । ती स्थानलाई कहिले अतिथिगृह, निजी क्षेत्रलाई भाडामा दिने, जैविक विविधता पार्क, ताल संग्रहालय, पर्यटकीय सूचना केन्द्र बनाउने त कहिले विदेशी संस्थालाई भाडामा दिने, अन्तर्राष्ट्रिय अध्ययन केन्द्र बनाउने पहल पनि भए कुनै निर्णय हुन सकेको थिएन । यसअघि वन मन्त्रालयले जर्मनीको नेचुरल हिस्ट्री म्युजियमसँग मिलेर ‘इन्टरनेसनल सेन्टर फर हिमालयन बायोडाइभर्सिटी सेन्टर’ खोल्ने अवधारणा बनाएको थियो । दरबार हत्याकाण्डपछि सुनसान राजा महेन्द्र भ्रमण क्रममा पोखरा आएका वेला ताल किनारमा बसेपछि ठाउँ मन परेर यहाँ रत्नमन्दिर बनाएका थिए । स्थानीयसँग जग्गा किनेर ०१३ मा निर्माण सुरु भएर ०१५ मा रत्नमन्दिरको निर्माण सम्पन भएको हो । सो ठाउँमा हेलिप्याडसमेत छ । ०५८ मा राजा वीरेन्द्रको वंशनाश भएपछि यो दरबारमा चहलपहल कम हुँदै गएको थियो । दरबार हत्याकाण्डको रात तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र रत्नमन्दिरमै बसेका थिए । राजा भएपछि केही समय बसेका थिए । ०६२/६३ को जनआन्दोलनका वेला पनि तीन महिनादेखि यहीँ बसेका थिए । १९ माघ ०६१ को कदमपछि ज्ञानेन्द्रले वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश दरबार, सम्पत्ति आफ्नो नाममा हक सारेका थिए । तर, रत्नमन्दिर भने वीरेन्द्रकै नाममा रहेकाले नेपाल सरकारको स्वामित्वमा आएको हो । हिमागृह हिमागृह रत्नमन्दिरभन्दा केही पूर्वमा छ । यो पनि नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रमका नाममा हिमागृह बनेको थियो । ९ पुस ०३८ मा अधिराजकुमार हिमालयबाट पत्नी प्रिन्सेप शाहलाई सो घर उपहार दिइएको थियो । १० कात्तिक ०४६ मा प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको थियो । फेवाताल किनारमै रहेको हिमागृहको क्षेत्रफल १० रोपनी ४ आना छ । सुविधासम्पन्न रत्नमन्दिर रत्नमन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको मन्दिरको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिएका छन् । प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छ । बंगला शैलीको रत्नमन्दिरमा बेतका खाटलगायत घरायसी र सजावटका सामान छन् । तत्कालीन राजा महेन्द्रले भारतबाट ल्याएका पलङलगायत बेतबाट बनाइएका फर्निचर छन् । दरबारले विदेशी पाहुनासमेत त्यहीँ राख्ने गरेको थियो । तालघरमा तत्कालीन राजाहरूले विदेशी पाहुनासँग भेट गर्थे । नेपालका लागि विभिन्न देशका राजदूतले ओहोदाको प्रमाणपत्र चढाउने कार्यक्रम पनि हुन्थ्यो । बेलायती महारानी, चीनका राष्ट्रपतिलगायत रत्नमन्दिरमा बसेका थिए । नेपालका तत्कालीन प्रधानमन्त्री बिपी कोइराला पनि तत्कालीन राजा महेन्द्रको विशिष्ट पाहुना बनेर बसेका थिए । यसबारे बिपीले आफ्नो आत्मवृत्तान्तमा पनि लेखेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies