Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

तपाईं घर बनाउँदै हुनुहुन्छ ? अब सम्पुर्ण सेवा उपमहानगरपालिकामै

बुटवल। तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट नउठाउनुस् । तपाईंलाई यसको सेवा बुटवल उपमहानगरपालिकाले आफैं प्रदान गर्ने भएको छ । बुटवल उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्शा न्यूनतम शुल्क लिएर आफैं बनाइदिने कार्यक्रम अघि सारेपछि नगरवासीलाई सुविधा पुग्ने भएको हो । अब नगरवासीलाई नक्शाको कामका लागि अनावश्यक रकम खर्चिनुपर्ने र भरपर्दो प्रविधिक खोज्नुपर्ने झण्झट हुने छैन । बुटवल उपमहानगरको आर्थिक वर्ष २०७५/७६ को नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने भुइँतलामा एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्शा न्यूनतम शुल्क लिएर तोकेको प्रविधिज्ञले बनाइदिने निर्णय गरेको हो । यस किसिमको सेवा प्रदान गरेपछि तोकिएको मापदण्डअनुसार घर बन्ने आशा उपमहानगरपालिकाले राखेको छ । यस्तो कदमले नगरपालिकामा नक्शा स्वीकृति दिँदा कुनै समस्या नआउने बुटवल उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनीयर सुमन श्रेष्ठ बताउछन् । बुटवल उपमहानगरपालिकाले अगाडि सारेको यो कार्यक्रम मुताविक आजदेखि सेवा लिन चाहने नगरवासीका लागि सार्वजनिक आह्वान गरिएको छ । नगरपालिकाले नक्शा डिजाइन बापत भुइँ तलाका लागि रु ५ हजार र सो भन्दा माथि थप रु ३ हजार शुल्क तोकेको छ । नक्शा डिजाइनका लागि निजी प्रविधिज्ञले नगरपालिकाले तोकेको भन्दा तीन गुणा बढी शुल्क लिने गरेका छन् । उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत नगरका जनतालाई सुविधा दिन एमआरटि परिधिभित्र रहेका घरको नक्शा डिजाइन गरी पेश गर्ने तथा घरको प्राविधिक निरीक्षणसम्मका सम्पूर्ण कामहरु उपमहानगरपालिका आफैंले गरिदिने गरी डेस्क सञ्चालन भएकाले सर्वसुलभ र गुणस्तरीय सेवा लिन इच्छुक नगरवासीलाई आह्वान गरेको छ । सेवाग्राहीले नक्शाको कामका लागि ब्यहोर्नु परेको झण्झट र अन्योलको अन्त्य गर्न यस खालको कार्यक्रम शुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी बताए । उनले उपमहानगरपालिकाले अगाडि सारेको यो कार्यक्रमबाट जनताले घरको नक्शा डिजाइनका लागि सर्वसुलभ तथा गुणस्तरीय सेवा समयभित्रै पाउने दावी गरे । उपमहानगरपालिकाले प्राविधिक जनशक्ति करारमा राखेर सेवा प्रदान गर्ने भएकाले नगरवासीले घर नक्शा बनाउन ब्यहोर्नु परेको एकाधिकार तोडिने समेत नगर प्रवक्ता रेग्मी बताउ । बुटवल उपमहानगरपालिकामा पछिल्लो समयमा घर निर्माणको काम निक्कै बढ्दो छ । नगरभित्र वार्षिक रुपमा झण्डै १ हजार ५०० भन्दा बढी घर निर्माण हुने गरेको तथ्याँक छ । उपमहानगरपालिकाले अगाडि सारेको यो योजनाले नगरभित्र घर निर्माण गर्ने अधिकांश नगरवासी लाभान्वित हुने उनी बताउछन् । बुटवल उपमहानगरपालिकाको यस किसिमको कार्यक्रमले नगर क्षेत्रमा निर्माण हुने घरको गुणस्तरीयता मापनमा एकरुपता आउने र जनतालाई घर नक्शा निर्माणदेखि घर निर्माणसम्मको सम्पूर्ण प्रक्रिया नै सस्तो हुने योजनाविद् तथा प्रदेश ५ प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा। प्रकाश कुमार श्रेष्ठ बताउछन् । घर नक्शा निर्माणदेखि स्वीकृत गर्नेसम्मका प्रक्रियामा कार्यालयले समेत सेवाग्राहीको एउटै कामका लागि पटक पटक मूल्याँकन गर्नुपर्ने परिपाटीको अन्त्य हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने उनको विश्लेषण छ । नगरपालिकाले सार्वजनिक गरेको सूचना मुताविक सेवाग्राहीले घर नक्शा निर्माणका लागि जग्गाधनी पुर्जा, राजीनामा, चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्शा, फाइल नक्शा, घर धनीको फोटो र चारकिल्ला विवरणलगायतका कागजात सहित आवेदन गर्नुपर्ने छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies