Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चिडियाखानाको नयाँ भान्साघर

ललितपुर । जावलाखेलस्थित सदर चिडियाखानामा ८३७ जनावरका लागि नयाँ भान्साघर बनाइएको छ । राणाकालीन संरचना भत्काएर आधुनिक र फराकिलो भान्साघर बनाइएको उक्त चिडियाखानाले जनाएको हो । भान्साघर ठूलो हुँदा पकाउन र सरसफाइ गर्न सहज भएको छ । पहिले सानो भान्सामा कोचिएर पकाउन पर्दा कठिन हुन्थ्यो अहिले नयाँ भान्साघर बनेपछि पकाउनेसँगै खाना भाग लगाएर दिन पनि सहज भएको असिस्टेन्ट क्युरेटर गणेश कोइराला बताए । “ चिडियाखानामा अध्ययन÷अनुसन्धानका लागि धेरै विद्यार्थी आउने गरेका छन् । ” उनी भन्छन्, “साँघुरो भान्साका कारण पहिले उनीहरूलाई देखाउन र सिकाउन सहज थिएन । आधुनिक खालको भान्सा भएकाले सरसफाइ गर्न पनि सहज भएको छ ।” चिडियाखानामा मुख्य र सहायक गरेर दुई किसिमका भान्साघर छन् । मुख्य भान्सामा नै सबै जनावरका लागि खानेकुरा पकाइने गरिएको छ । मुख्य भान्सामा पकाइएका खानेकुरा कुन बर्गका जनावरका लागि कति र कुन खोरका लागि कति भन्ने छुटयाएर सहायक भान्सामा लगिन्छ । असिस्टेन्ट क्युरेटर कोइराला भन्नुहुन्छ, “सहायक भान्साबाट नै जनावरलाई आवश्यक मात्रामा खानेकुरा र फलफूल दिइन्छ ।” एक दशक पहिलेदेखि चिडियाखानामा पुराना संरचना भत्काएर नयाँ निर्माणका क्रममा भान्साघर पनि निर्माण गरिएको हो । राणाकालमा बनेका पुराना खोर सबै हटिसकेका छन् । चिडियाखानामा अहिले पहिले भालु बस्दै आएको एउटा खोर मात्र बनाउन बाँकी छ । उनी भन्छन्, “त्यो पनि हामीले पहिले यस्तो खोर थियो भन्ने यहाँ आउने आगन्तुकलाई देखाउनका लागि राखेका हौँ ।” पुनःनिर्माणभन्दा अघि चिडियाखानामा झण्डै ९० वर्ष अघिका संरचना थिए । चिडियाखानाको मुख्य भान्सासँगै जनावरका खोर, कार्यालयलगायतका भवन सबै सुधारका क्रममा रहेको व्यवस्थापक डा चिरञ्जीवी खरेलल बताउछन् । उनी भन्छन्, “साठी प्रतिशत पुराना संरचना पुनःनिर्माण भइसकेका छन्। जीर्ण भइसकेका र समयानुकूल नभएका खोर हटाएर हामीले आधुनिक खोर बनाइरहेका छौँ ।” चिडियाखानामा सूचना प्रविधिलाई डिजिटल बनाउने तयारी भइरहेको छ । आगन्तुकले चिडियाखाना छिर्नासाथ भित्रका बारेमा जानकारी पाउन् भन्नका लागि टिकट काउन्टर नजिकै डिस्प्ले राख्न लागिएको छ । सो डिस्प्ले आगामी वर्षदेखि सञ्चालनमा ल्याइने गरी योजना अघि बढेको चर्चा गर्दै व्यवस्थापक डा खरेलल भने, “भित्र छिर्नासाथ आगन्तुकले कुन जनावर हेर्ने हो, त्यसका बारेमा र चिडियाखानाका बारेमा विस्तृत जानकारी पाउन सक्छन् ।” नक्साका आधारमा आगन्तुक आफूले हेर्न चाहेको जनावरको खोरमा पुग्न सक्नेछन् । सूचना कक्ष र मोबाइल एप्सका लागि पनि गृहकार्य अघि बढेको उनी बताछन् । पहिले फोहरले ढाकिएका गोही अब सफा बनाउन स्वचालित उपकरणले पानीले गोही सफा गर्ने काम भइरहेको छ । विसं १९८९ मा शुरु भएको चिडियाखानाको व्यवस्थापन २२ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले गरिरहेको छ । नेपाल सरकार र कोष बीच ३० वर्षका लागि संरक्षण गर्ने सम्झौता भएको थियो । चिडियाखानामा वार्षिक झण्डै ११ लाख मानिस अवलोकन गर्न आउँछन् । एक सय चौबिस प्रजातिका ८३७ जनावर यहाँ छन् । यहाँ स्तनधारी, घस्रने, माछा, चरालगायतका प्रजातिका जनावर छन् । नेपालको एक मात्रै यो चिडियाखाना विस्तारको योजनासमेत अघि बढेको छ । सरकारले सूर्यविनायकस्थित जंगलमा प्राणी उद्यान केन्द्र सञ्चालनको तयारी गरिरहेको छ । राणा प्रधानमन्त्री जुद्धशमशेरले व्यक्तिगत मनोरञ्जनका लागि स्थापना गरेको चिडियाखाना नै सदर चिडियाखाना भएर सर्वसाधारणका लागि समेत खुल्ला गरिएको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies