Khabar Dabali Logo
  July 14, Tue

उपाध्यक्षको राजनिमा माग गर्दै नेकपाका जनप्रतिनिधि अनशनमा

पर्वत। पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् ।

गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको छ ।

वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुरुङले ‘लगातार तीन वटा बैठकमा बिनाजानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ ब्यहोरासहित सात दिने स्पष्टीकरण सोधेपछि बिबाद भएको हो । कार्यवाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयं उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाएका छन् ।

वडाध्यक्ष श्रेष्ठले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवाहक दिएर जापान गएका थिए । कार्यवाहक दिएको बारे श्रेष्ठले गाउँपालिकामा लिखितपत्र समेत दर्ता गराएका थिए । “मैले कार्यवाहक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षड्यन्त्र भयो,” श्रेष्ठले भने, “षडयन्त्रपूर्वक गरिएको यस्तो कामका लागि उपाध्यक्षले राजीनामा दिनुपर्छ ।”

सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष र उपाध्यक्षलाई कार्यवाहक दिएको जानकारी नगराएका कारण समस्या भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताए । कार्यवाहक अध्यक्षको हैसियतमा सदस्य न्यौपानेले कार्यपालिकाको बैठकमा समेत भाग लिँदै आएका थिए । “हाम्रो नियत पद खारेज गराउने होइन, सचेत मात्रै गराउने थियो,” उनले भने यो, “कार्यवाहक दिएर गाउँपालिकामा जानकारी गराएर गएको कुरा कार्यकारीले नभन्दा समस्या भएको हो, समाधान खोज्ने प्रयासमा छौँ ।”

उपाध्यक्ष गुरुङले पत्र पठाएपछि नेकपाबाट विजयी श्रेष्ठ जापानबाट नेपाल फर्किएका थिए । श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङलाई भित्र थुनेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले तालाबन्दीसमेत गरेका थिए । प्रहरीले ताला फोडेर दुवैजनालाई बाहिर निकालेको थियो । नेकपाका प्रतिनिधि उपाध्यक्ष गुरुङले राजीनामा दिनुपर्ने अडानमा छन् भने नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि भने उपाध्यक्षलाई माफी माग्न लगाएर समस्याको निकास निकाल्ने पक्षमा छन ।

साउन २३ गते, २०७५ - १०:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अराजकता मच्चाउने न्यु मिडियाका गतिविधितर्फ सचेत रहन आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न...   

१७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई पोष्ट गर्ने सुरज श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा...   

तनहुँ पहिरो अपडेट : मृतकको संख्या सात पुग्यो, पाँच बेपत्ता, तीन घाइते

तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिराले...   

बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’...   

उपत्यकामा ९ जनासहित १४४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १० हजार २९४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संकमितको...   

विपद्को दोष प्रकृतिलाई दिन मिल्दैन, अज्ञानता र कमजोरीले जनधनको क्षति भयो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानून,...   

मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ को मृत्यु, ४६ बेपत्ता

काठमाडौं । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता...   

आजदेखि उपत्यकामा मयुँर यातायात सञ्चालन

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले...   

शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी...   

प्रदेश सरकारकोतर्फबाट दुई विधेयक दर्ता

हेटौंडा । वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top