Khabar Dabali Logo
  July 14, Tue

१७ घर पहिरोको उच्च जोखिममा

म्याग्दी। बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेको छ ।

बेनी नगरपालिका–३ को पहाडबाट पहिरो खस्न थालेपछि फेदीमा रहेको सुर्केमेला गाउँ जोखिममा परेको हो । पहिरोले खोल्सा बनाएपछि बाढीले छेउछाउको बस्ती कटान गर्न थालेको छ । पहिरोका कारण १७ परिवार विस्थापित हुने खतरा रहेको स्थानीयवासी टीकाबहादुर रानाले बताए ।

अहिले स्थानीयवासीले आफन्त र छिमेकीकहाँ आश्रय लिएका छन् । विसं २०३१ मा राखुको भीरबाट खसेको पहिरोले सुर्केमेलामै घर पुरिँदा १२ जनाको ज्यान गएको थियो । जोखिमबारे जिल्ला विपद् व्यवस्थापन समिति, नगरपालिका र सुरक्षा निकायलाई जानकारी गराएर क्षति न्यूनीकरणको पहल गर्न आग्रह गरिएको वडा सदस्य देवबहादुर घलेले बताए । पहिरोका कारण बेनी–बरंजा सडक अवरुद्ध भएको छ । सुर्केमेला, बास्कुना र बरंजामा उत्पादित दूध बजार पु¥याउन समस्या भएको उहाँको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढालगायतको टोलीले पहिरो जोखिमयुक्त क्षेत्रको निरीक्षण गरेको छ । अवरुद्ध सडक सञ्चालन गर्न तथा थप क्षति हुन नदिन तारजाली उपलब्ध गराइने प्रजिअ अधिकारीले बताए । वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् । स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको छ ।
जिल्लाको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा सडक अवरुद्ध छ । अन्नपूर्ण गाउँपालिकाको शिख, घार, घोडेपानी, पाउद्धार र दाना क्षेत्रमा पहिरोले पोल ढलेपछि विद्युत अवरुद्ध छ ।

सडक अवरुद्ध भएका कारण विद्युत्को लाइन मर्मतमा ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख नेत्रमणि न्यौपानेले बताए ।

साउन २३ गते, २०७५ - ०९:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अराजकता मच्चाउने न्यु मिडियाका गतिविधितर्फ सचेत रहन आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न...   

१७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई पोष्ट गर्ने सुरज श्रेष्ठ पक्राउ

काठमाडौं । प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा...   

तनहुँ पहिरो अपडेट : मृतकको संख्या सात पुग्यो, पाँच बेपत्ता, तीन घाइते

तनहुँ । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर आज तनहुँमा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । पहिराले...   

बलात्कारको अभियोगमा हिरासतमा रहेका थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’...   

उपत्यकामा ९ जनासहित १४४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १० हजार २९४ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संकमितको...   

विपद्को दोष प्रकृतिलाई दिन मिल्दैन, अज्ञानता र कमजोरीले जनधनको क्षति भयो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्राकृतिक प्रकोपका घटनापछिको राहत र उद्धारका लागि कानून,...   

मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ को मृत्यु, ४६ बेपत्ता

काठमाडौं । सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता...   

आजदेखि उपत्यकामा मयुँर यातायात सञ्चालन

काठमाडौं । यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन नगरेपनि मयुँर यातायात प्रालीले...   

शिक्षाका दिगो विकास लक्ष्य कार्यान्वयनको तयारी हुँदैछ : मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दिगो विकास लक्ष्यमा समावेश शिक्षासम्बन्धी...   

प्रदेश सरकारकोतर्फबाट दुई विधेयक दर्ता

हेटौंडा । वाग्मती प्रदेशसभा सचिवालयमा प्रदेश सरकारकोतर्फबाट आज दुई वटा विधेयक दर्ता गरिएको छ । दर्ता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top