Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

पुल निर्माणले मनाङको यात्रा सहज

मनाङ। मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले रु दुई करोडमा पुल निर्माण गरेको हो । पुल निर्माणले मनाङ लमजुङको यात्रा सहज भएको छ । खोलामा बाढी आउने र यात्रु अलपत्र भएर बस्नुपर्ने समस्या हटेको छ । “अब त पुल बन्यो हाम्रो यात्रा सहज बन्यो, समयमा नै गन्तब्यमा पुग्न सजिलो भयो,”स्थानीयवासी पार्वती गुरुङको भनाइ छ । पुल नहुँदा खोलाले धेरै दुःख दिएको तीतो अनुभव सवारी चालक नेत्रबहादुर गुरुङले सुनाउनुभयो । “सानो देखेर खोलामा गाडी हाल्यो बीचमा अड्किएर खोलामै बसेँ । गाडी बिग्रिएर रु ५० हजार लगाएर मर्मत गरेँ । पुल बनेर सहज भएको छ, अब त्यस्तो समस्या हुँदैन ।” बेँसीशहर चामे सडकखण्डमा पर्ने यस खोलामा नेपाली सेनाले निर्माण गरेको बेलीबृज २०७२ साल असार ३१ गतेको बाढीले बगायो । त्यसबेला स्थानीयवासीको पहल र जिल्ला विकास समिति मनाङको सहयोगमा काठको अस्थायी पुल बनाई सवारीसाधन आवतजावत नियमित गरियो । अस्थायी काठको पुल एक वर्ष पनि नटिकेनपछि खोलाबाट नै सवारीसाधन आवतजावत गरिरहेका थिए । सडक डिभिजनसँग २०७५ असार मसान्तसम्ममा सम्पूर्ण काम सक्ने सम्झौता गरेर पुलको ठेक्का लिएको क्यारवाहन कन्सलटेन्सीले एक महिनापछि काम सम्पन्न गरेको छ । यस सडकखण्डमा पर्ने पिसाङ खोला, तिमाङ खोला सब्जेखोलामा अझै काम पूरा भएको छैन । लमजुङ र मनाङ जोड्ने मुख्य नाका नै म्यार्दी खोला भएकाले आफूहरुले यसलाई पहिलो प्राथमिकता दिएको कन्सलटेन्सीका इञ्जिनियर नारायण लामाले बताए । उनका अनुसार भौगोलिक विकटताका कारण समयमा काम सम्पन्न गर्न कठिन भएको र सम्झौताभन्दा ढिला हुन पुगेको हो । लामाका अनुसार यस सडकखण्डमा पर्ने तिमाङ खोला, पिसाङ खोला र स्यार्कु खोला पनि क्यारवाहन कन्सलटेन्सीले नै लिएको छ । रु २२ करोडमा मनाङका पाँच खोलामा मोटर चल्ने पुल निर्माण गर्ने जिम्मा लिएको हो । सबै खोलामा २०७५ असार मसान्तसम्ममा काम सकाउने सम्झौता छ । सम्झौताअनुसार काम भएन नि भन्दा कन्सलटेन्सीका प्रबन्ध निर्देशक चन्द्र थकाली भन्छन् – “भौगोलिक विकटता नै प्रमुख कारण भएको र आफूहरुले समयमा काम थाले पनि हिउँदमा अत्यधिक चिसोले सिमेन्टको काम गर्न सकिएन ।” वर्षामा अत्यधिक पानी पर्ने र हिउँदमा काम गर्न नसक्नु ढिलाईको प्रमुख कारण रहेको बताईन्छ । उनले भने, “अब बाँकी रहेका खोलामा ७० प्रतिशत काम पूरा भइसकेको र दशैँतिहारको बीचमा सबै खोलामा पुल निर्माण गरी मनाङको सडकमा कुनै पनि खोलाले छेक थुन नगर्ने बताए ।” यो सडकखण्डको प्रमुख समस्य बनेको यस म्यार्दी खोला यात्रु र चालकको समस्याको समाधान भएको छ । जसले मनाङको यात्र सहज बनेको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies