Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

भक्तपुर। भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ । सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले गत असार २७ र २८ गते आएको बाढीले डुबान क्षेत्रमा ल्याएर थुपारेको फोहोर र अन्य फोहोर सफाइ गरेको थियो । कलाकार रवीन्द्र खड्काको प्रमुख आतिथ्यमा भएको आजको सफाइ अभियानमा २० टन फोहोर संकलन गरिएको छ । अभियानमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, स्थानीय नेता तथा कार्यकर्ता, माउण्ट भ्यू स्कूल र एसएस कलेजका विद्यार्थी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं अभियन्ता गरी करीब ५०० को सहभागिता थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले खोला मिचेर बनाइएका संरचना र व्यक्तिको नाममा गरिएका खोला अब सार्वजनिक जग्गाका रुपमा फर्काइने बताए । उनले खोला मिच्ने प्रवृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर खोलाको जग्गा व्यक्तिको नाममा गरिएको पाइएकाले अब त्यस्ता जग्गालाई साविकअनुसार सार्वजनिक रुपमा नै फर्काइने उद्घोष गरे । हनुमन्तेको बाढी बस्तीमा पस्नबाट रोक्न हनुमन्ते करिडोर निर्माण, हनुमन्तेलाई पानीको बहाव क्षेत्र आठ मिटरको फराकिलो बनाइने र खोलाको दायाँबायाँ डिलमा पर्खाल लगाउने उनले बताए । कार्यक्रममा कलाकार रवीन्द्र खड्काले यस प्रकारको सामाजिक कार्यमा आफू जतिखेर पनि आउन तयार रहेको बताउँदै सबै मिलेर लागे सफाइ अभियान सफल भएर हराभरा, सफा भक्तपुर बनाउन सकिने विचार व्यक्त गरे ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies