Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विपदमा वन्यजन्तुलाई जोगाउन नेपाल र भारतले समन्वय बढाउने

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले विपद्का बेलामा हुने वन्यजन्तुको क्षति रोक्न समन्वय बढाउने भएको छ । अघिल्लो वर्ष बाढीले वन्यजन्तुहरु बगाएर भारत पु¥याएकाले यस्ता विपद्बाट हुने क्षति न्यून गर्न समन्वयलाई चुस्त पार्ने सहमति भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । केही दिनअघि चितवन निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरुबीच समन्वय बैठक बसेर यस्तो निष्कर्ष निकालिएको ढकालले जानकारी दिए । अहिले वाल्मीकि टाइगर रिजर्भले हात्तीसारको संख्यासमेत बढाएकाले गैँडालगायत वन्यजन्तुको उद्धारमा अझै सक्रिय भएर लाग्ने जानकारी गराएको उनले बताए । चितवन निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भ वाल्मीकि आश्रम क्षेत्रमा जोडिएको छ । चितवन निकुञ्जका प्रमुख ढकालसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल तथा तराई भू–परिधि कार्यक्रम (ताल)का प्रतिनिधिहरु र भारतको वाल्मीकि टाइगर रिजर्भका निर्देशक चन्द्रशेखर लगायतका सुरक्षा र संरक्षण अधिकृतहरु सहभागी बैठकले यस्तो सहमति गरेको हो । “वन्यजन्तुहरु जोखिममा परे भने तत्कालै खबर गर्ने, सुरक्षा प्रदान गर्ने र उद्धारमा समन्वय गर्ने भन्ने छ”, ढकालले भने “विपद्मा हुने क्षति न्यूनीकरणका लागि यो महत्वपूर्ण प्रयास हुनेछ भन्ने ठानेका छौँ ।” गत वर्ष साउन २८ र २९ गते चितवनमा भीषण बाढी आउँदा दर्जनौँ वन्यजन्तु मरेका थिए । बाढीले बगाएर भारत र सीमा आसपास पु¥याएको १० वटा गैँडालाई चितवन निकुञ्जले उद्धार गरेर ल्याएको थियो । अहिले पनि यस्तो विपद् निम्तिन सक्ने खतरालाई ध्यानमा राखेर विपद्मा वन्यजन्तु जोखिम न्यूनीकरणका लागि समन्वय गर्न थालिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका अधिकारीहरुबीचको समन्वयले संरक्षण चुस्त हुने भएकाले छलफल तथा भेटघाटलाई निरन्तरता दिने गरिएको बताउनुहुन्छ । वन्यजन्तु अपराध आरोपमा थप एक पक्राउ  चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु अपराधमा संलग्न रहेको आरोपमा चितवनको माडीबाट थप एक जनालाई पक्राउ गरेको छ । गएको असार तेस्रो साता पक्राउ परेका भारतीय नागरिकको बयानका आधारमा माडीबाट एक जनालाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए । दुई दिनअघि पक्राउ परेका उनको विषयमा अहिले अनुसन्धान भइरहेकाले परिचय नखुलाइएको ढकालले बताए । दक्षिण चितवनको माडी सोमेश्वर क्षेत्रस्थित भारतीय सीमा नजिकैको कोरिडोरबाट असार तेस्रो साता सात जना भारतीय पक्राउ परेका थिए । त्यसमध्ये एकजना यसअघि गैँडा तस्करमा संलग्न रहेको भन्ने खुल्न आएको निकुञ्जले जनाएको छ । उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको र अन्य ६ जनाको विषयमा निकुञ्जले नै मुद्दा हेरिरहेको ढकालले जानकारी दिए । उनीहरु सोमेश्वर क्षेत्रमा बन्दोबस्तीका सामानसहित पक्राउ परेका थिए । हातहतियार भने नभेटिएकाले टोली परिचालन गरेर जंगलमा हातहतियारको खोजी भइरहेको निकुञ्जले जनाएको छ । वर्षा लागेसँगै विभिन्न सीमा क्षेत्रमा तस्करहरुको चहलपहल बढ्न सक्ने भएकाले सुरक्षामा कडा गरिएको चितवन निकुञ्जले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies