Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

इन्द्रावती गाउँपालिका–१ का वडाध्यक्ष लामा विरुद्व अख्तियारमा उजुरी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का वडा अध्यक्ष श्री लामाका विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामी उजुरी परेको छ । साविकको सिम्पालकाभ्रे गाविस रहेको उक्त वडामा गएको आर्थिक बर्षमा आफ्नै वडामा सञ्चालित विभिन्न आयोजनाहरुमा आर्थिक अनियमिता गर्न वडा अध्यक्ष लामाको समेत सम्लग्नता रहेको भन्दै सिम्पाल काभ्रेका स्थानीयले उजुरी दिएका हुन् ।

स्थानयीले आफ्नो नाम नराखी वडा अध्यक्ष लामा विरुद्व अख्तियामा हालिएको उजुरीमा सो वडाका सडक, सिंचाई, विद्युत तथा खानेपानी लगायत आयोजनाहरुमा आर्थिक अनियमिता भएको उल्लेख गरिएको छ ।

सामजिक सञ्जाल फेसबुकमा समेत राखिएको उक्त पत्रमा भनिएको छ– ‘इन्द्रावती गाउँपालिका –१ साविकको सिम्पालकाभ्रे ७,८ र ९ स्थित नवलपुर हुँदै छारे, सिम्पाल स्याउलेको लागि पहिल्यै निर्माण भएको १० किमी कच्ची मोटरबाटो मर्मतको लागि भन्दै गाउँपालिकाबाट आव ०७४÷०७५ का लागि ३९ लाख रकम छुट्याएकोमा उपभोक्ता समितिले करिब १.५ किमी मात्रै सडक मर्मत गरी वाँकी रकम काम नै नगरी उपभोक्ता समितिका अध्यक्ष साङगे लामा र सचिव रमेश भन्ने खामसुङ तामाङ समेतले हिनामिना गरेका छन् ।’

त्यस्तै उक्त वडामै रहेको ह्याप्ला खोला सिंचाई आयोजनालाई १४ लाख परेकोमा काम  पुरा नभई समितिका अध्यक्ष रेल बहादुर तामाङ र सदस्य मिङमार तामाङ तथा वडाध्यक्ष श्री लामा समेत संलग्नतामा पुरानै पाईपलाई कायम गरी ४ लाखको मात्र काम गरेर बाँकी रकम हिनामिना गरेको उल्लेख छ ।

त्यस्तै सोही वडाको विद्युतिकरणमा विद्युत मर्मत संभारका लागि दुईलाख ५० हजार परेकोमा कुनै काम नगरी समितिका अध्यक्ष सागर तामाङ तथा वडा अध्यक्ष लामाको मिलेमतोमा रकम हिनामिना गरिएको उल्लेख छ ।

त्यस्तै सोही वडाको साविक ४, ५ र ६ मा सञ्चालनमा रहेको सिङपाङ्गकु खानेपानी आयोजनाको लागि दुईलाख परेकोमा समतिका वडा अध्यक्ष भक्तेलाल तामाङ र वडा अध्यक्ष लामा समेतको संलग्नतामा रकम हिनामिना गरेको उल्लेख छ ।

स्थानीयले उपभोक्ता समितिका अध्यक्षदेखि वडा अध्यक्षका विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता नम्बर १८५९० रहेको उजुरी दिए पछि अख्तियारले छानविनको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपालचोकलाई गत साता पत्र काटेको थियो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा अख्तियारको पत्र आएको कुरा उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी असमान तामाङले उक्त उजुरी विरुद्व छानविन थालिएको बताए ।

जिल्ला प्रशासन कार्यालयमा अख्तियारको पत्र आएको छ, ‘आरोपित सबैसंग बयान भईसकेको छ स्थलगत रिपोर्टपछि एकहप्ता भित्रमा सबै तथ्य बाहिर ल्याउछौं’, प्रजिअ तामाङले भने, ‘यदि दोषी ठहरिए कारवाही गछौं’ ।

उनका अनुसार वडा अध्यक्षदेखि सबैसंग बयान लिने काम सकिएको छ । ‘हाम्रो वडामा सडक, सिंचाई लगाएत आयोजनाहरुमा पारदर्शी नभएको हो जनताले मूल्याङ्कन गर्दा पनि आर्थिक अनियमिता भएको प्रष्टै देखिन्छ’, स्थानीय चिनलाल तामाङले भने । उनका अनुसार हरेक आयोजनाहरुमा सोही वडाका वडा अध्यक्ष श्री लामा मुछिएका छन् ।

यस सन्दर्भमा सोही वडामा सडक मर्मतको लागि भन्दै परेको ३९ लाख आयोजनामा आफ्नो कुनै संलग्नता नहेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष साङ्गे लामाले बताए । मैले आर्थिकको कुनै जिम्मेवारी लिएको छैन, सबै सचिवले नै कारोबार गरेको हो वडा अध्यक्षलाई पुरानो ऋण छ भन्दै पाँच लाख दिएको कुरा सचिवले सुनाउनु भएको हो‘, अध्यक्ष लामाले भने ।

त्यस्तै सिंचाईको लागि परेको १४ लाखका सन्दर्भमा आफुले आर्थिक जिम्मा नलिई कामको रेखदेख मात्र गरेकोले आर्थिक हिसाबकिताब समितिका सदस्य मिङमार तामाङले जानकारी नदिएको ह्याप्ला खोला सिंचाई उपभोक्ता समितिका अध्यक्ष रेलबहादुर तामाङले बताए । समितिका सदस्य मिङ्मारले आफुलाई १३ हजार मात्र दिएको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए ।

विभिन्न आयोजनाहरुमा आर्थिक अनियमितामा मुछिएका वडा अध्यक्ष लामाले आफुले कुनै आर्थिक घोटाला नगरेको जिकिर गरे । ‘जिल्ला प्राविधिकहरुको जाँचपास र वडाका सिफारिस तथा हाम्रो अनुगमन पछि मात्र उपभोक्ता समितिलाई भुक्तानी भएको छ कसरी अनियमिता हुन्छ ?’ वडा अध्यक्ष लामाले प्रतिप्रश्न गर्दै भने ।

आफु विरुद्व अख्तियारमा बेनामी उजुरी दिएर आर्थिक अनियमिता गर्यो भन्नु आफ्नो चरित्र गर्ने हिसावले आएको उनको भनाई थियो । आयोजनाहरु आर्थिक बर्षको अन्तिममा आएको हुनाले काम शतप्रतिशत सम्पन्न भएको भन्न नसकिने सिंचाई डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजन प्रमुख प्रकाश अधिकारीले बताए ।

‘प्राविधिक स्टेटमेन्ट र जाँचपास र वडाको सिफारिसमा हामीले भुक्तानी दिन्छौं कतै कमजोरी भएको रहेछ भने हामी पुनः अनुगमन गछौं’ डिभिजन प्रमुख अधिकारीले भने । यस सन्दर्भमा इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङसंग बुझ्न खोज्दा उनीसंग सम्पर्क हुन सकेन ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies