Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जीर्ण घरले स्थानीय त्रासित

भक्तपुर - भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीको भूकम्पले जीर्ण बनाएको अष्टमाया मानन्धरको घर हालैको वर्षाले भत्कियो। उक्त जीर्ण घर भत्किँदा घरसँगैको बाटोमा हिँड्न जोखिम भएको छ । गोल्मढीको सो गल्लीभित्रका एक दर्जन घर जीर्ण छन्। तर ती घरमा बसोबास छैन र घर खाली छन्। त्यसकारण गल्ली नै उजाड भएको छ । सोही गल्ली परतिरको अर्को गल्लीमा पुग्ने बाटो पनि जीर्ण घर भत्केकाले अवरुद्ध छ। दिनहुँ जस्तो पर्ने पानीले गर्दा भूकम्पले जीर्ण बनाएका गल्लीका सबै घर भत्किने गर्दा आवगमनमा जोखिम भएको छ। अाजकाे नागरिक दैनिकमा याे खबर छ - यता गोल्मढी नजिकैको इनाचोदेखि नागपोखरी पुग्ने गल्लीभित्र पनि पाइलैपिच्छेको घरमा टेको लगाइराखिएको छ। मान्छे हिँडिरहने घरैपिच्छे टेको लगाइराखिएको यी घरहरु पनि वर्षाले कहिले भत्केर दुर्घटना होला भन्ने अनिश्चितामा स्थानीयहरु आवागमन गरिरहेका छन्। भूकम्प गएको ती वर्ष बितिसक्दा पनि पुननिर्माण त कता हो कता जीर्ण घर भत्काउनै बाँकी नै छ। जीर्ण घर भत्काउन नसकिँदा वर्षामा ती घर भत्किएर दुर्घटनामा परिने डर सर्वसाधारणलाई परेको छ। स्थानीय कृष्णभक्त सुवाल भक्तपुर नगरको पूर्व सूर्यमढीदेखि पश्चिम भार्वाचोसम्मको घनाबस्तीमा यो समस्या जताततै रहेको बताउँछन्। विशेष गरी वर्षायाममा सतर्क रहनुपर्ने खाँचो उनी औंल्याउँछन् । ‘यो समस्या नगरको मुख्य बजारमा केही कम भए पनि पाँचतले मन्दिरका अगाडिपछाडिका स्थानमा भने समस्या छ,’ उनले भने, ‘यसकारण यो विषयमा सम्बन्धित निकायको ध्यान जानुपर्छ। रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु जाति भनेजस्तै समयमै यस विषयमा सरोकारवाला गम्भीर हुनुपर्छ।’ राष्टिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय भक्तपुरका प्रमुख ध्रुव गैंडाका अनुसार सहरी क्षेत्रमा धेरै घरका भग्नावशेष हटाउन बाँकी छ। उनका अनुसार के कति हटाउनु पर्ने भन्ने यकिन तथ्यांक कार्यालयमा छैन। एउटा घरको भग्नावशेष हटाउँदा पूरै टोलका घर भत्कने भकाएकाले चाहेर पनि कतिपय भग्नावशेष हटाउन नसकिएको उनी जनाउँछन्। ‘सहरी क्षेत्रमा घरको भग्नावशेष हटाउन धेरै समस्या छ,’ उनले भने, ‘पीडित आफैंले हटाउन नसकेको खण्डमा सम्बन्धित नगरपालिकासँग गुहार माग्न सकिन्छ। त्यँहाबाट पनि नभएमा हामीलाई पनि सम्झिन सकिन्छ।’ भक्तपुर इकाईले राखेको तथ्यांकअनुसार चारवटा नगरपालिका रहेको यस जिल्लामा २८ हजार तीन सय दुई भूकम्पपीडित लाभग्राहीको सूचीमा छन्। पीडितहरुमध्ये १२ प्रतिशतले मात्रै तेस्रो किस्ता पाएकोले पीडितलाई दिइने अनुदानको समयावधि थप्न स्थाीनीयले माग गरेका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies