Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

वर्षा याममा लामखुट्टेबाट जोगिन विज्ञको यस्तो सुझाव

चितवन। वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् । चितवनको भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी गर्मी र पानीको सम्मिश्रण र यो समयमा भौतिक निर्माणले खाल्टाखुल्टीसमेत बढ्ने हुँदा लामखुट्टे हुर्कन ठूलो सहयोग पुग्ने बताछन् । डेङ्गु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्यूपा हुर्काउँछ । डेङ्गु मात्रै होइन, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरियालगायत रोग लामखुट्टेबाटै सर्छ । डा अधिकारी भन्छन्, “यो समयमा लामखुट्टेबाट बच्नु भनेको धेरै रोगबाट बच्नु हो ।” लामखुट्टेबाट सर्ने रोगबाहेक अन्य सरुवा रोग, भाइरल इन्फ्लुएन्जा, स्क्रब टाइफस र लेप्टो स्पाइराको पनि यही बेलामा बढी संक्रमण हुने डा अधिकारी बताउछन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी एडिस एजेप्टाई नामको लामखुट्टेको विकास हुने मौसम अहिले भएको बताउछन् । उनी डेङ्गुको संक्रमणप्रति सचेत हुन सर्वसाधारणलाई आग्रह पनि गर्छन् । हरेक साउनदेखि कात्तिकसम्म डेङ्गु रोग लाग्ने खतरा हुन्छ । त्यसैले, जिल्लाका विभिन्न स्थानीय तहसँग मिलेर लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गरिएको उनी बताछन् । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा दीपेन्द्र खतिवडा गर्मी र पानीसँगै लामखुट्टेको प्रजननमा वृद्धि हुने भएकाले मलेरिया, डेङ्गुलगायत अन्य रोगको संक्रमण हुने भन्दै लामखुट्टे हुर्कने अवस्था नदिन आग्रह गर्छन् । घर वरपर सरसफाइ गर्ने, झाडी हुन नदिने र पानी जम्न नदिनेलगायत उपाय अपनाउनुपर्ने उहाँको भनाइ छ । अहिलेको गर्मी मौसममा खानेकुरा, पानी र हावामा बढी संक्रमण हुन्छ । यो बेला झाडापखाला, रुघाखोकी, ज्वरो, टाइफाइड, स्क्रब टाइफस, डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस र चिकनगुनियाको संक्रमण हुनसक्ने चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल बताउछन् । गर्मीमा सरुवा रोग नै बढी हुने उनको भनाइ छ । गर्मीले खानामा छिटो संक्रमण हुने हुँदा फुड पोइजन हुने खतरा बढी हुन्छ । वातावरण प्रदूषणले विभिन्न सरुवा रोग निम्तिने डा लम्सालको भनाइ छ । यस्तै, टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने संक्रमण देखिन्छ भने कीरा, फट्याङ्ग्रा, उडुस, उपियाँलगायतले टोक्ने र विभिन्न छालाको एलर्जी र कीटजन्य रोग यो बेला देखिन्छ । बालबालिकामा संक्रमण धेरै हुने भएकाले उनीहरुको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्छ । मुख्यतयाः स्वयं व्यक्तिले विशेष सावधानी अपनाउने हो भने धेरै रोगहरु नलाग्ने चिकित्सकको भनाइ छ । ज्वरो आए, कुनै संक्रमण भए चिकित्सकको सल्लाहमा औषधि लिनसमेत स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । पानी उमालेर खानुपर्ने, सफा र ताजा खानेकुरा खानुपर्ने, घर वरपर सरसफाइ गर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नुपर्ने र बाहिर हिँड्दा पूरा ढाकेको कपडा लगाउनुपर्ने, खेतबारीमा काम गर्दा पनि लामो बाउला भएको लुगा लगाएर काम गर्नुपर्ने, राम्ररी सरसफाइमा बस्नुपर्ने र हात धोएर खानुपर्ने चिकित्सकको सुझाव छ । वर्षाको समयमा पानीमा ढल मिसिने सम्भावना बढ्छ । पानी दूषित हुने र वातावरणसमेत प्रदूषित भएर हैजा, झाडापखाला, हेपाटाइटिस ए, एलर्जीलगायतका संक्रमण हुन सक्ने कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा दीपेन्द्र खतिवडा बताउछन् । चितवनको हकमा भन्नुपर्दा सर्पसमेत बस्तीमा आउने तथा वन्यजन्तुसमेत बाहिर निस्किने भएकाले पनि यसतर्फ सचेतता अपनाउन उनी सम्झाउछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies