Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आपत्कालीन हटलाइन टेलिफोन सेवा शुरू

\"\"रसुवा । वर्षायाममा हुन सक्ने विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रसुवामा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार प्राकृतिक प्रकोप वा आकस्मिक घटनामा आम नागरिकलाई तुरुन्तै खबर दिन हट लाइन टेलिफोन सेवा सञ्चालनमा ल्याइएको हो । जडान भएको ०१०५४००१९ नंको आपात्कालीन हटलाइन टेलिफोन चौबीसै घण्टा सञ्चालनमा आउने र विपद्का साथै शान्ति सुरक्षा, सरकारी कार्यालयको सेवा प्रवाह, स्थानीय तहले गरेका अनियमिततासम्बन्धी गुनासा सुन्ने र सो गुनासोको प्रतिक्रिया सम्बन्धित गुनासोकर्तालाई दिनेसमेतका कार्य उक्त हटलाइनबाट हुने व्यवस्था मिलाइएको उनले बताए । कुनै पनि घटनाको जानकारी लिन चाहने इच्छुक व्यक्तिलाई पाँच मिनेटमै हटलाइनबाट घटनाको विवरण उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको बताइएको छ । यस्तै जिल्ला प्रशासन र सबै सरकारी कार्यालयबाट प्रशासनिक कार्य चुस्त पारी आमनागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न थालिएको छ । विगतका विसङ्गतीलाई हटाउँदै आजको काम आजै सम्पादन गर्नुपर्छ भन्ने भावनाका साथ सम्बद्ध कर्मचारीले स्थानीय तहबाट प्रमाण पु¥याई आएका निवेदन दर्ता हुनासाथ सम्बन्धित व्यक्तिलाई सुशासनको प्रत्याभूति गराउन थालेको अनुभूति भएको सेवाग्राही उत्तरगया गापा–५ का ईश्वरलाल श्रेष्ठले बताए । युवा प्रशासक कृष्णप्रसाद पौडेलको प्रयासबाट थालिएको सुधारात्मक कार्य बमोजिम उक्त कार्यालय पुग्ने सोवाग्राहीलाई आरादायी कुर्सी, वाइफाई, कालो चियाको, बच्चा भएका महिला सेवाग्राहीलाई स्तनपान गराउने छुट्टै स्थान, महिला र पुरुषलाई छुट्टाछुट्टै शौचालय र बाहिरी भागमा फूलबारीसहितको स्वच्छ वातावरणको व्यवस्था गरिएकाले प्रशासन सुधारमा निकै परिवर्तन आएको पाइएको सेवाग्राही श्रेष्ठले चर्चा गरे । परम्परागत कार्यशैलीलाई परिवर्तन गर्दै सुधारका कार्य द्रुतरुपमा अगाडि बढिरहेको बताउँदै प्रजिअ पौडेलले जिल्लाको भौगोलिक विशेषता तथा राजनीतिक स्थितिबारे स्थानीय जनतालाई जानकारी गराउन रसुवाका पाँचवटै गाउँपालिकाको भूगोल झल्कने स्तम्भसमेत निर्माण गरिएको बताए। सो स्तम्भमा कुन गाउँपालिका कुन दिशामा पर्छ भन्नेकुरा जानकारी पाउन र भौगोलिक बनोटको अवस्था अध्ययन गर्न र सेवाग्राहीलाई दिनुपर्ने सेवा र सुविधाबारे जानकारी लिनसमेत सहज भएको सम्बद्ध व्यक्तिले बताएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies