Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

८८ प्रतिशतले भूकम्पपीडितले पाएनन् दोस्रो किस्ता

पर्वत। गोरखा भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि यहाँ पीडितले अझै दोस्रो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता बुझेर घर बनाउन थालेका पीडितलाई दोस्रो किस्ता लिन झञ्झटिलो प्रक्रिया छ । जिल्लाका पूर्ण क्षति भएका भूकम्पका पीडितमध्ये हालसम्म १२ प्रतिशतले मात्रै दोस्रो किस्ता लिएका छन् । पूर्ण क्षति भएका पाँच हजार २६९ लाभग्राहीमध्ये हालसम्म ५८५ जनाले मात्र दोस्रो किस्ताको रकम लिएका हुन् । स्थानीय तहबाट भुक्तानीका लागि सिफारिश गर्न ढिलाइ भएका कारण पीडित लामो समयसम्म पनि दोस्रो वा तेस्रो किस्ता पाउनबाट वञ्चित बनेका छन् । रकम नपाउँदा कतिपयको निर्माणाधीन आवास नै अलपत्र परेका छन् । जिल्लाका सातै स्थानीय तहमा पुस मसान्तमा मात्र प्राविधिक खटिएका थिए । विहादी, पैंयु र जलजला गाउँपालिकामा खटिएका निकै ढिलो गरी कार्यक्षेत्रमा पुगेका थिए । पहिलो किस्ता लगेकाहरु काम शुरु गरी अन्तिम चरणमा पुगेको भए पनि दोस्रो किस्ताबारे अन्योल हुँदा मारमा परेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार भूकम्पमा परी जिल्लाका पाँच हजार २६९ घर पूर्ण क्षति भएका थिए । तीमध्ये हालससम्म चार हजार ७७४ जनाले सम्झौता गरेर पहिलो किस्ताको रकमवापत रु ५० हजार लगिसकेका छन् भने अझै ४९५ जना पहिलो किस्ता लिन आएका छैनन् । दोस्रो किस्ता लिनका लागि चार हजार ६८५ जना सिफारिश लिनै नआएको एकाइ प्रमुख तथा जिल्ला इञ्जिनीयर जगदीश शर्माले जानकारी दिए । उनका अनुसार स्थानीय तहलाई छिटो भुक्तानी सिफारिश गरेर पठाउन ताकेता गरिएको भए पनि अझै आइसकेका छैनन् । घर बनाइसकेकाको पनि अनुगमन र भूकम्प प्रतिरोधी छ या छैन भनेर परीक्षण नगरिँदा दोस्रो किस्ता वितरण गर्नमा ढिलाइ भएको पाइएको छ । हालसम्म पहिलो किस्तावापत रु २३ करोड ८७ लाख वितरण भइसकेको छ भने दोस्रो किस्तावापत रु आठ करोड ७६ लाख वितरण भइसकेको छ । कतिपयको नाम परिवर्तन भएको, अर्काको जग्गामा बसोबास गरेको र दुई घर भएकाको पहिचान गर्न कठिनाइ भएकाले पनि पुनःनिर्माणमा समस्या देखिएको कार्यालयले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies