Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नब्बे प्रतिशत योजना सम्पन्न

म्याग्दी। धौलागिरि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेका अधिकांश योजना सम्पन्न भएका छन् । पूर्वाधारतर्फका ११०, लक्षितवर्गका ११ र रकमान्तर गरिएका १९ गरी १४० वटा योजना तथा कार्यक्रमका लागि रु ११ करोड ३८ लाख ८४ हजार विनियोजन भएको थियो । एक सय २५ वटा योजना तथा कार्यक्रम सम्पन्न भइ अन्तिम भुक्तानी पनि दिइएको र बाँकी योजना पनि भुक्तानीको प्रक्रियामा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । आर्थिक वर्षको अन्तिमसम्म पुँजीगततर्फ विनियोजितमध्ये रु १० करोड १० लाख बजेट खर्च हुने उनको भनाइ थियो । यही असार १० गते सम्पन्न गाउँसभाले आगामी आवका लागि रु ३२ करोड २८ लाखको बजेटसहित नीति तथा कार्यक्रम पारित गरिसकेको छ । मराङमा पुगेको, मुना–मुदी सडकको सिम्बाङसम्म मार्ग खुलेको, धारापानीमा विद्युतीकरण शुरु गरिएको, फेदीस्थित दाङखोलामा बेलीब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको, तीन ठाउँमा झोलुङ्गे पुल बनाइएको, मुदीमा टेलिकमको टावर स्थापना गरेर गाउँपालिकाको केन्द्रमा सञ्चार सेवा विस्तार गरिएको, मुनामा सामुदायिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको, गुर्जाको तातोपानी कुण्ड निर्माण, स्थानीय सरकार सञ्चालनसम्बन्धी कानून निर्माणलाई गाउँपालिकाले गत वर्षको मुख्य उपलब्धि मानेको छ । दरबन्दीअनुसारका कर्मचारी, बैंकको अभाव, केन्द्रको विवाद, भौगोलिक विकटताका बाबजुद बस्तीस्तरमा राज्यको उपस्थिति गराउन र विकासको पहुँच बढाउन उत्साह र सक्रियताका साथ लागिपरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । पाध्यक्ष रेशम छन्त्यालले ताकममा असार महिनाभित्रै प्रभु बैंकको शाखा स्थापना हुन लागेको जानकारी गराउँदै स्थायी कार्यालयबाट नियमित सेवा प्रवाहलाई सहज बनाउने प्रतिबद्धता जनाए । स्थानीय सरकार सञ्चालनसम्बन्धी सात वटा कानून निर्माण भएको र न्यायिक समिति गठन गरेर काम शुरु गरिएको उहाँले जानकारी दिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले दुर्गमस्थानमा पूर्वाधार र पर्याप्त जनशक्तिको अभाव भएपनि उक्त गाउँपालिकाले विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको चर्चा गर्दै आवश्यक जनशक्तिको व्यवस्थापन र विकासका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरिने बताए । यसैबीच धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविरमा पुग्ने पदमार्ग निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा बगरदेखि दोभानसम्मको विभिन्न तीन ठाउँमा पदमार्ग र काठको पुल निर्माण गरिएको हो । रु २० लाखको लागतमा तीन किलोमिटर पदमार्ग र दुई वटा काठका पुल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर तिलिजाले जानकारी दिए । पदमार्ग निर्माणका लागि मन्त्रालयले रु २० लाख अनुदान उपलब्ध गराएको थियो । घाप्दादेखि अपरवास धारासम्म एक किलोमिटर, अर्चेसदेखि दोभान खोलासम्म एक हजार ३०० मिटर, कैचिभिरदेखि तलित्रेसम्म र दोभान खोलामा दुई वटा काठका पुल निर्माण गरिएको उनले बताए । भिर र जंगलमा मानिस, गाईबस्तु र घोडा खच्चर हिँड्न सक्ने बाटो बनाइएको छ । नयाँ पदमार्ग निर्माण भएपछि धौलागिरि आधार शिविर पुग्न तीन घण्टा समय लगाएर घुमाउरो बाटो हिँड्नुपर्ने समस्या हटेको स्थानीयवासी चन्द्र छन्त्यालले बताए । धाप्चाभिर र कैचीभिरमा दुई काठका पुल बनाइएको छ । मिलनचोक–जलजला केबुलकार सडक पूर्वाधार, कृषि उपजको बजारीकरण, आयआर्जन र सार्वजनिक शिक्षाको गुणस्तर सुधारका योजनालाई प्राथमिकता दिएको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि करीब रु ३८ करोडको बजेट सार्वजनिक गरेको छ । धाइरिङको मिलनचोकदेखि जलजलासम्म काठमाडौँको चन्द्रगिरिको जस्तै केबुलकार निर्माण गर्न सम्भाव्यता अध्ययनलगायतका कामका लागि लगानीकर्ताको खोजी गरिने उक्त गाउपालिकाका अध्यक्ष यामबहादुर मल्लले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ । सो गाउँसभामा उपाध्यक्ष सीमा गर्बुजा पुनले रु ३७ करोड ९० लाखको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । दरवाङमा सिसी क्यामरा मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारको सुरक्षालाई चुस्त बनाउन सिसी टिभी क्यामरा जडान गरिएको छ । दोस्रो व्यापारिकस्थल र गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै वडाको प्रस्तावमा गाउँपालिकाको सहयोगमा सिसी टिभी क्यामरा जडान गरिएको हो । इलाका प्रहरी कार्यालय, गाउँपालिकाको कार्यालय र स्याउली बजार क्षेत्रमा पाँच थान सिसी क्यामरा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष मिराज गौतमले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालयबाट सिसी टिभी क्यामराले खिचेका दृष्य निगरानी गर्न सकिने व्यवस्था मिलाइएको छ । सिसी क्यामरा जडानका लागि गाउँपालिकाले चालू आवमा रु दुई लाख विनियोजन गरेको थियो । आगामी वर्ष तल्लो बजार र अन्य ठाउँमा पनि सिसी क्यामरा विस्तार गर्ने योजना रहेको वडाध्यक्ष सन्तोष सुवेदीले बताए । घलेम्दीको आइपिओ खुला अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले आइपिओ (साधारण शेयर) खुल्ला गरेको छ । प्रवद्र्धक घलेम्दी हाइड्रो लिमिटेडले आयोजना प्रभावित अन्नपूर्ण गाउँपालिकाका सर्वसाधारणका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर खुल्ला गरेको हो । शुक्रबारदेखि साउन ४ गतेसम्म अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका बासिन्दाले शेयर लगानीका लागि आवेदन दिन सक्ने कम्पनीका अध्यक्ष किशोर सुवेदीले जानकारी दिए । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले रु पाँच करोड ५० लाखबराबरको शेयर लगानीको अवसर पाएका छन् । एकजनाले रु पाँच हजारदेखि रु दुई लाख ७५ हजारसम्मको शेयर आवेदन दिन सक्नेछन् । आगामी असोज महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको बाँध र सुरुङ निर्माणको काम सकिएको कम्पनीका सचिव विमल रिजालले बताउनुभयो । विद्युत्गृह निर्माण ८० प्रतिशत सकिएको छ । विद्युत्गृहमा जडान गर्ने उपकरण खरिद गरेर आयोजनास्थलमा ढुवानी भइसकेको छ । सो बाँधबाट एक हजार ७०० मिटर लामो सुरुङमार्ग हुँदै ल्याइने पानीलाई निलगिरि खोलाको किनारमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गरिने आयोजनाका प्रबन्ध निर्देशक प्रमोद श्रेष्ठले बताए । जिल्लाकै उद्योगी व्यवसायीको नेतृत्वमा २०७१ सालदेखि निर्माण शुरु भएको यस आयोजनाको हालसम्म ९२ प्रतिशत काम सकिएको छ । रु ८५ करोड कूल लागत अनुमान गरिएको घलेम्दीमा संस्थापकको ३८ करोड ५० लाख संस्थापक शेयर लगानी छ । बाँकी झण्डै रु ४५ करोड भिबोर सोसाइटी विकास बैंक, सिद्धार्थ विकास बँंक, सिद्धार्थ रिटायरमेन्ट फण्ड र टुरिजम् डेभलपमेन्ट बैंकले लगानी गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले दानामा निर्माण गर्न लागेको सबस्टेशनको पूर्वाधार तयार नहुँदासम्म यस आयोजनाबाट उत्पादित विद्युत् नारच्याङकै घरापमा रहेको सबस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies