Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बीस करोडको लागतमा चन्द्रनहर मर्मतकार्य सम्पन्न

\"\"सप्तरी। गत साउन महिनाको अन्तिम सातामा आएको भीषण बाढी र पहिरोबाट पूर्णरुपमा क्षतिग्रस्त भएका चन्द्रनहर सिँचाइ प्रणाली९आयोजना० को मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ । रु २० करोडको लागतमा सो नहरको मर्मत एवं निर्माण कार्य सम्पन्न भएको छ । नेपालको सबैभन्दा पुरानो नहरको मर्मत कार्य सम्पन्न भएपछि किसानलाई खेतीका लागि पानी उपलब्ध गराइएको छ । सो नहरबाट सिचाई भएपछि धान रोपाइँ शुरु भएको छ । कोशी पम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय सप्तरी राजविराजद्वारा क्षतिग्रस्त चन्द्रनहरसहित पम्प नहर प्रणाली तथा वितरण नहर प्रणाली समेतको मर्मत तथा भौतिक पूर्वाधारको निर्माण गरिएको प्रमुख प्रशुन मिश्रले जानकारी दिए । गत साउनमा आएको बाढीले चन्द्रनहर, वितरण नहर र पम्प नहरमा तोडफोड गरी रु ४३ करोड बराबरको क्षति पु¥याएको थियो । जसकारण मुख्य तथा सहायक नहर एवं हेडवक्र्स क्षतिग्रस्त, बालुवा तथा माटो नहरमा पुरिएको, लाइनिङ टुटफूट भएको, प्लान्ट, जेनेरेटर, पाइप तथा मेसिनरी सामग्री र अन्य भौतिक पूर्वाधार पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । तोडफोड र क्षतिग्रस्तका कारण किसानलाई खेतीका लागि पानी समेत उपलब्ध गराउन नसक्दा किसान चिन्तित हुनुका साथै तत्काल मर्मत गर्न पटक÷पटक आग्रह गर्दै आएको थियो । क्षतिग्रस्त नहरको मर्मत सम्भार तथा भौतिक पूर्वाधारको निर्माण कार्यलाई गुणस्तर तथा प्रभावकारी बनाउन स्थानीय प्रशासन र उपभोक्ताबाट अनुगमन निरीक्षण समेत गरिएको छ । निरीक्षणको क्रममा नहर निर्माण गर्दा बालुवा, सिमेन्ट र रडको प्रयोग मापदण्ड अनुसार भएको सो कार्यालयका सूचना अधिकारी रमन साहले बताए । ९५ वर्ष अगाडि विस १९८० मा तत्कालीन प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा निर्माण भएको सो नहर नेपालको सबैभन्दा पुरानो नहरको रुपमा रहेको छ । तर लामो समयदेखि सरकारी ढिलासुस्ती, राजनीतिक अस्थिरता र बजेट अभावका कारण पूर्णरुपमा दीगो विकास हुन नसकेको चन्द्रनहरलगायत तीनवटै प्रणालीको विगत तीन वर्षमा धेरै सुधार भएको कडरियाका इन्जिनियर शतिस झाको भनाइ छ । सप्तरीमा ७० हजार हेक्टर जमीनमा धानखेती हँुदै आएकोमध्ये ३५ हजार हेक्टर जमीनमा चन्द्र नहरको तीन वटै प्रणालीबाट सिँचाइ सुविधा पुर¥याउँदै आएको सूचना अधिकारी साहको दाबी छ । कार्यालयका अनुसार चन्द्रनहर प्रणालीबाट १० हजार ५०० हेक्टर जमीन, पम्प नहर प्रणालीबाट १३ हजार हेक्टर जमीन र वितरण नहर प्रणालीबाट ११ हजार हेक्टर गरी कूल ३४ हजार ५०० हेक्टर जमीनमा सिचाइ हँुदै आएको छ । हाल चन्द्रनहरबाट बाह्रैमहिना किसानलाई सिँचाइ उपलब्ध गराइएको छ भने अन्य नहर प्रणालीबाट वर्षको दुई पटक पानी उपलब्ध गराइएको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार पम्प नहर प्रणाली अन्तर्गत पम्प हाउस ‘वी’ को तल मुख्य नहर क्यानलमा रु एक करोड ८९ लाखको लागतमा पक्की लाइनिङ, माटो भराइ, रिटेनिङवाल, आउटफल तथा बालुवा सफाइ गरिएको छ । त्यस्तै क्षतिग्रस्त मूल नहरको घोरदह, मुतनी, खोला नहर, कजरा, सितबाही, भक्राहा मूलनहरसहित ५ नं र शाखा, मलेठ नहर चौक, आर्मी माइनर, डि जिरो शाखा, सिगयोन माइनर शाखा, विहारपुर माइनर शाखालगायतका अन्य विभिन्न नहर तथा उपनहर शाखाको बैंक मर्मत, आरसिसी पक्की लाइनिङ, कल्भर्ट निर्माण बालुवा सफाइ, माटो ग्राभेल, हेडवक्र्स मर्मत लगायतका कार्य गरिएको छ । गत साउनमा आएको बाढीबाट क्षतिग्रस्त नहरको मर्मतका लागि यही वैंशाख १७ गते रु पाँच करोड मात्र अपुग रकम सिँचाइ मन्त्रालयले उपलब्ध गाएको थियो । तर क्षति रु ४३ करोड बराबर भएकोले बजेट अभावको बाबजुद आन्तरिक स्रोतबाट क्षतिग्रस्त पूर्वाधारको मर्मत गरिएको त्यहाँका प्राविधिकले बताएका छन् । –––
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies