Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

मलको उपयोगिताबारे बुझाउन अभियान

चितवन। बालीनालीका लागि आवश्यक खाद्यतत्व र माटोको उर्वराशक्ति वृद्धि गर्ने बहुतत्वयुक्त गैरअनुदानको मलबारे कृषकलाई बुझाउन अभियान थालिएको छ । कृषकलाई मलको अभावबाटमुक्त गराउन र जमिनको उर्वराशक्ति बढाइ उत्पादन वृद्धि गर्न सरकारी स्वीकृतिमा साल्टटे«डिङ कर्पोरेशन लिमिटेडले बिक्री गरिरहेको उक्त मलको विशेषता बुुझाउन गाउँगाउँमा अभियान थालिएको हो । हाल बिक्री शुरु भएको गैरअनुदानको रासायनिक मल अहिलेको अनुदानको मलभन्दा थप प्रभावकारी भएकाले कृषकलाई चेतना दिन अभियान थालिएको साल्टटे«डिङ कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । उक्त अभियान अन्तर्गत आजसम्म करीब ३०० किसानलार्ई भेटेर सो विषयमा जानकारी गराइएको छ । अभियान अन्तर्गत मल प्रयोग भएको बालीको समेत स्थलगत निरीक्षण र अनुगमन गर्ने तथा अवस्था बुझ्ने काम जारी छ । मल प्रयोग गर्ने एक कृषकको अनुभव अर्को कृषकलाई सुनाउने कामसमेत भइरहेको कर्पोरेशनका कर्मचारी विकास अधिकारी बताए । अहिलेसम्म जिल्लाका ५० वटा सहकारीमा पुगेर जानकारी दिइसकिएको छ । कृषि मन्त्रालयको मल विभागमा लामो अनुभव लिनुभएका मल सम्बन्धीका जानकार भगवान खतिवडा कर्पोरेशनबले बिक्री गरिरहेको मल बोटबिरुवा र मोटोका लागि फाइदाजनक भएको बताउछन् । सरकारी अनुदानको मल अभाव हुने भएकाले आपूर्ति सहज बनाउन र बोट बिरुवाका लागि चाहिने खाद्यतत्वको मात्रा बढी भएकाले गैर अनुदानको मल प्रभावकारी रहेको उनको भनाइ छ । “यसले माटोको उर्वराशक्ति बढाउँछ र खाद्यतत्व बढी भएकाले उत्पादनसमेत बढाउँछ,” उनले भने । जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठ युरिया डिएपीमा छुट्टै सल्फर हालिरहनुपर्ने भएकाले यो मलमा भने त्यही मिसिएर आएकाले छुट्टै हाल्नु नपर्ने बताउछन् । साल्ट टे«डिङले अघिल्लो वर्षबाट उक्त मल बिक्री गर्न शुरु गरेको हो । एसएसपीको प्रति बोरा मलको मूल्य रु ९६५ पर्छ भने एमोनियम सल्फेटको रु एक हजार ३९० पर्छ । हालसम्म एसएसपी मल तीन हजार ६६५ बोरा र एमोनियम सल्फेट दुई हजार ८७८ बोरा बिक्री भैसकेको छ । विगतमा तोरीमा प्रयोग गरिएको उक्त मलले उत्पादनमा बृद्धि गरेको साल्ट टे«डिङले जनाएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies