Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

एक सय एक ठाउँ बाढी पहिरोको खतरामा

\"\"बागलुङ । जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ । जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो । जसमध्ये ढोरपाटन नगरपालिका क्षेत्र बढी जोखिममा रहेको कार्यालयका भू–संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताए । त्यहाँ पर्ने बोबाङ, अधिकारीचौर र नगरपालिकाको केन्द्र बुर्तिबाङसमेत प्राकृतिक विपद्को जोखिममा छ । यस्तै तमानखोला गाउँपालिका, निशीखोला गाउँपालिकाको बोङ्गादोभान, खुङ्खानीमा बाढीपहिरोको बढी जोखिम छ । त्यस क्षेत्रमा बग्ने निसी, भुजी र तमानखोलाले बाढीपहिरोको जोखिम बढाउने गरेको अधिकृत श्रेष्ठले बताए । “पश्चिम भेग विशाल पहाडी भू–भागले घेरिएको छ, वर्षा हुँदा खोलाको बहाब एक्कासी बढ्छ”, उनले भने, “जसका कारण तटीय क्षेत्रमा प्रकोप निम्तने खतरा छ ।” भूगर्वको कमजोर संरचना, भौगोलिक बनावट, भिरालो जमिन, नाङ्गा पहाड, जथाभावी खनिएका सडकजस्ता कारणले बाढीपहिरो निम्तने गरेको उनको भनाइ छ । दुई वर्षअघि निसी, भुजी, तमानखोला र बडीगाड खोलामा आएको बाढीले करोडौँको भौतिक सम्पतिमा क्षति पु¥याएको थियो । प्राकृतिक प्रकोपले वर्षेनीजसो मानवीय क्षति पनि व्यहोर्नुपरेको अधिकृत श्रेष्ठले बताउनुभयो । उनका अनुसार गलकोट नगरपालिकाको हरिचौर, पाण्डवखानी, दुदिलाभाटी, काठेखोला गाउँपालिकाको लेखानी, रेशलगायतका क्षेत्र पनि प्रकोपको जोखिममा छन् । यस्तै बागलुङ नगरपालिका भित्र मात्रै सानाठूला गरी ९३ वटा पहिरो रहेको जनाइएको छ । प्राकृतिक प्रकोपको जोखिम बढे पनि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम, बजेट भने कार्यालयसँग छैन । चालु आवको सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला कार्यालयले कुनै पूर्वतयारीका काम गर्न सकेन । “पहिले जनचेतना अभिवृद्धिदेखि विपद् रोकथाम र न्यूनीकरणका लागि कार्यक्रम र बजेट आउँथ्यो”, अधिकृत श्रेष्ठले भने, “अहिले सबै स्थानीय तहमा गएको छ ।” स्थानीय तहले भने यो वर्ष प्राकृतिक प्रकोप नियन्त्रणको कुनै प्रभावकारी योजना बनाएका छैनन् । केहीले विपद् कोष खडा गरे पनि जनशक्ति अभाव र अनुभवको कमीले पनि विशेष कार्ययोजना लागू गर्न नसकेका हुन् । जिल्ला प्रशासन कार्यालय बागलुङले भने प्राकृतिक प्रकोपका घटनाको व्यवस्थापन, उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गरिने जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies