Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कालीगण्डकीमा बेपत्ता भनिएका चालक एक सातापछि सम्पर्कमा अाएपछि...

म्याग्दी । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै गरेको लु २ च २४५४ नम्बरको जिप तिप्ल्याङ खण्डको सडकबाट करीब ३० फिट तल कालीगण्डकीमा खस्दा चालक बेनी नगरपालिका–९ का ३१ वर्षीय रवि (इन्द्रबहादुर) खड्का र घराम्दीकी २० वर्षीया सविता नेपाली बेपत्ता भएका थिए । कालीगण्डकी नदीमा जिप खसेर दुर्घटना भएपछि वर्षाका कारण पानीको बहाव बढेका कारण दुवैजनालाई बगाएर बेपत्ता बनाएको प्रारम्भिक अनुमान गरिएको थियो । तर दुर्घटना भएको छ दिनपछि बुधबार सो जिपका चालक खड्का प्रहरीको सम्पर्कमा आएका छन् । दुर्घटनालगत्तै बेपत्ता भएका खड्का र नेपालीको परिवारसमेत सुरक्षा निकायकै समन्वयमा कालीगण्डकी नदीमा खोजीकार्यमा जुटेका थिए । दुर्घटना भएको झण्डै एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । दुर्घटना भएको यतिधेरै दिनपछि चालक सम्पर्कमा आएपछि घटनाको बारेमा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिए । दुर्घटनाग्रस्त जिपका चालक खड्काले गाडी अकस्मात् दुर्घटनामा परेपछि आफू खोलामा उछिट्टिएको र पौडी खेलेर बाहिर निस्कन सफल भएको बयान दिएका छन् । तर दुर्घटनापछि लुकेर एक सातापछि चालक प्रहरीको सम्पर्कमा आएपछि कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको छ । खड्काले प्रारम्भिक बयानका क्रममा घराम्दीबाट पोखरा जाने यात्रु भएको भनेर बोलाएर गाउँमा भेला भएका गाउँलेले सविता नेपालीलाई गर्भवती बनाएको भनी लगाएको आरोप स्वीकार गरेर बेनी ल्याउने क्रममा दुर्घटना भएको बताएका छन् । दुईजना मात्रै सवार गाडी चलाउने क्रमम आफू तनावमा परेको र नियन्त्रणभन्दा बाहिर गएर दुवैजना कालीगण्डकीमा खसेको खड्काले बताएका छन् । आफू उछिट्टिएर खोलामा परेको र १०० मिटर तल कालीगण्डकीमा पौडी खेलेर बाहिर निस्किई अरुले आक्रमण गर्ने डरले उज्यालो भइञ्जेल सडकमुनिको ओडारमा लुकेर बसेर पैदलै हिँडेर गलेश्वरदेखि पर्वतको बगरफाँट हँुदै मिलनचोक पुगेर गाडी चढेर पोखरा पुगेको खड्काले बयान दिएका छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies