Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

पशु प्राविधिक ! जसको दिन दुर्लभ चरा खोज्दै बित्छ

जाजरकोट। बारेकोट गाउँपालिका–५ तोलखानका ४९ वर्षीय गोविन्दबहादुर सिंह पेसाले पशु प्राविधिक छन् । ३१ वर्षदेखि पशु प्राविधिकको रूपमा सरकारी सेवामा कार्यरत उनि गत ५ वर्षदेखि जाजरकोटका जंगलमा दुर्लभ चराहरुको बासस्थान खोज्दै हिँडेको हो । विश्वमा दुर्लभ र लोपोन्मुख मानिएका चरा र जनावरको खोजीमा रातदिन सक्रिय गोविन्दलाई आफ्नो जीवन र जागिर भन्दा पंक्षी सरंक्षणमा मात्र चिन्ता छ । सन् २०६९ फागुनमा काठमाडौँमा सेवारत रहँदा एक कार्यक्रममा गिद्ध र अन्य चराबारे छलफलमा सहभागी उहाँले यी चरा हाम्रो जाजरकोटमा पाइन्छन् भन्दा अन्य सहभागीले जाजरकोटमा त दुर्लभ चरा होइन झाडापखाला मात्र पाइन्छ होला भनेर जिस्काएको पिडा सुनाउँदै त्यसैबेलादेखि आफूले चरा खोजीको काम शुरु गरेको र पाँच वर्षको अवधिमा विश्वमा लोपोन्मुख तथा दुर्लभ मानिएका आधा दर्जन चरा र अन्य केही जनावरसमेत भेटिएको बताउछन् । उनले फेला पारेका चरा र जनावरलाई पक्षी विज्ञ र अन्य सरोकारवालाले प्रमाणित समेत गरिसकेका छन् । जाजरकोटका जंगलमा चार थरीका दुर्लभ एवं लोपोन्मुख अबस्थाका सुनगिद्ध, सेतो गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध पाइन्छ । विश्वकै दुर्लभ चरा चिरकालिज, जलेवा चराको गुड, लाटो कोसेरोको प्रजाति हप्सीलो हुचिल, मलाहा, हुचिल, विश्वकै दुर्लभ जनावर हाइना, हिँउचिुतुवा, वनकुकुर, ब्वाँसो र कस्तुरी रहेको उनी बताउछन् । जाजरकोटमा भेटिएका चार जातका गिद्ध, अन्य दुर्लभ चरा र जनावर पक्षी तथा पशु विशेषज्ञले नै प्रमाणित गरिसकेको सिंह बताउछन् । पाँच वर्षको अवधिमा साविकका १६ गाविसका जंगलमा डुलेको र सो क्रममा ३३ वटा हिमाली गिद्धका गुँड, तीन वटा हाडफोर गिद्धका गुँड, दुई वटा सेतो गिद्धका गँुड र एउटा सुनगिद्धको गँुड फेला परेको पनि गोविन्द जानकारी दिन्छन् । रात दिन चरा भेटिने समय मिलाएर दुर्लभ चराको वासस्थानको खोजीमा जंगलको यात्रामा हिँडेका सिंह आफूलाई अहिलेसम्म कसैले सहयोग नगरेको र कोही सरोकारवाला निकायले समेत सहानुभूति समेत नराखेकोमा गुनासो गर्छन् । अहिलेसम्म क्यामेरा तथा अन्य सामग्रीको लागि व्यक्तिगत रु पाँच लाख बढी खर्च गरिसकेका गोविन्द जाजरकोटलाई दुर्लभ चरा र जनावरको वासस्थान हो भनेर नेपाल र नेपाल बाहिर चिनाउनका लागि आफूले रातदिन दुःख गरेर जंगल डुल्ने गरेको बताउछन् । उनका अनुसार नेपालमै पहिलो पटक भेटिएको जलेवाको गँुड नलगाड नगरपालिकाको रग्दाको चौखामा पाइन्छ भने वारेकोटको–९ काप्तीको जंगलमा लाटोकोसेरो प्रजातिका चरा भेटिएका छन् । यस्तै भेरी नगरपालिकाको कुदु र कुसेको पैंकमा हाइना भेटिएको उनि बताउछन् । आफूले बारेकोट र भेरी नगरपालिकामा भेटाएका दुर्लभ एवं लोपोन्मुख गिद्धका गुँड, दुर्लभ चरा र अन्य पक्षीको अध्ययन गर्न पक्षी विज्ञ डा हेमसागर बराल, जीवविज्ञ डा करण शाह पनि जाजरकोट पुगेको र उनिहरूले जाजरकोट विश्वका दुर्लभ चराको सुरक्षित वासस्थान भएको प्रतिक्रिया दिएको जानकारी दिन्छन् । बारेकोट गाउँपालिका गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह आफूहरुले पनि रेडपाण्डा लगायतका विश्वकै दुर्लभ चराको संरक्षणका लागि केही बजेट छुट्याउनुका साथै कार्यक्रम बनाउने गरेको र आगामी वर्षदेखि यस विषयमा विशेष पहल गर्ने सोचिरहेको बताउछन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies